आफ्नो खाता भएको जुनसुकै बैंकबाट नयाँ नोट पाइने

काठमाडौं । यसपाली दशैंमा नयाँ नोट साटन नेपाल राष्ट्रबैंकमा लाइन बस्न नपर्ने भएको छ । आफ्नो खाता भएको जुनसुकै बैंकबाट नयाँ नोट साट्न पाइने छ । कोरोना भाइरस प्रकोपलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

प्रवक्ता भट्टका अनुसार नयाँ नोट केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउनेछ । सर्वसाधारणले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट लिन सक्नेछन् ।

यसअघिका दशैंमा केन्द्रीय बैंकले निश्चित शाखाहरु तोकेर नयाँ नोट वितरण गर्दै आएको थियो भने नयाँ नोट लिन उक्त शाखाहरुमा सर्वसाधारणको भीड लाग्ने गरेको थियो । कोरोना माहामारीका कारण लाइन लगाउन सम्भव नभएपछि केन्द्रीय बैंकले आफ्नो खाता रहेको बैंकको शाखाबाट नै सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउन लागेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 251 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोली चल्दा एकको मृत्यु