Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौ : मन्त्री अर्याल

सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौ : मन्त्री अर्याल

,
sharethis

काठमाडौं । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना (२०७७/०७८–२१०२/०३) को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ ।

वोर्डले आज (बुधबार) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे रणनीतिक योजनाको मस्यौदा हस्तान्तरण गरेको हो । रणनीतिक योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका निम्ती रणनीतिक दस्तावेज निर्माण गरेको बताइन् । ‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरु के छन् ? अहिलेसम्म प्राप्त उपलब्धीहरु के छन् भन्ने कुराको चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन’, मन्त्री अर्यालले भनिन् ।

अन्तराष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ती स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले बताइन् । संविधानले ३ खम्बे अर्थनीतिमा सहकारी क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रुपमा लिएको प्रसङ्ग जोड्दै उनले संविधानको कार्यान्वयसँग जोडेर २५ वर्षे रणनीति तयार गरेको उल्लेख गरिन् ।

सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको बताइन् । ‘हामीसँग सहकारीका संख्याहरु धेरै छन् । सहकारी आर्थिक रुपमा सबल छ । सहकारीमा भएका पूँजीलाई अब उद्यमशीलतामा जोड दिँदै उद्यमशील बनाउनुपर्नेछ । व्यवसायिक बन्दै रोजगारी सिर्जना गर्नुपर्ने कुरालाई यो दस्तावेजमा महत्वका साथ उठाइएको छ’, मन्त्री अर्यालले भनिन् ।

संख्यात्मक रुपमा बढेको सहकारीमा सुशासनको विषय पनि उठेको भन्दै सुशासलाई विशेषरुपमा जोड दिइएको उनले बताइन् । सहकारी सम्बन्धी निर्माण गरिएका कानुन कार्यान्वयमा विशेष जोड दिइएको समेत मन्त्री अर्यालले बताइन् । तिनवटै तहको सरकारबीच समन्वय गरी सरकार, नीजि क्षेत्र र सहकारी क्षेत्रबीच साझेदारी गरेर अगाडी बढ्नुपर्ने भन्दै उनले समृद्ध नेपाल खुसी नेपालीको सरकारी लक्ष्य हासिल गर्न यी सबैबीच सहकार्यको जरुरी रहेको बताइन् । ‘सरकारले समृद्ध नेपाल सुखी नेपालीको महान लक्ष्य लिएर अगाडी बढीरहेको छ । दिगो विकास लक्ष्यमा पनि यी कुराहरु उल्लेख गरिएका छन्’, उनले भनिन्, ‘त्यो सपनालाई साकार पार्न सहकारीका माध्यमबाट महत्वपूर्ण योगदान दिन सक्छौ । र त्यो ढंगले हामी अगाडी बढ्नुपर्नेछ ।’

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

मन्त्री अर्याले सहकारी क्षेत्रलाई उद्यमशीलता, व्यवसायिकतामा लगाउनका निम्ती बाधक रहेका ऐनहरुको संशोधन गरेर अगाडी बढ्ने समेत बताइन् । सहकारी विकास वोर्डले तयार पारेको सहकारी क्षेत्रको २५ वर्षे रणनीति मन्त्रालयको तर्फबाट छिट्टै कार्यान्वयनमा ल्याइने समेत बताइन् । सहकारी अभियानलाई यो कार्यमा सहभागी गराउने बताउदै मन्त्री अर्यालले समयसापेक्ष कार्यक्रम बनाउने समेत बताइन् । वोर्डका अध्यक्ष समेत रहनुभएका मन्त्री अर्यालले भनिन्, ‘रणनीतिका विषयमा केही प्रश्न पनि उठेका छन् । यसलाई हामीले कार्यान्वयनमा लैजान कार्यनीति बनाउँछौ । कार्यनीति समय सापेक्ष बन्छ ।’

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले रणनीति २५ वर्षमा सहकारी क्षेत्र कसरी अगाडी बढाउने भन्ने भिजनरी दस्तावेज भएको बताए । उक्त रणनीति सरकारले आवधिक योजना, वार्षिक कार्यक्रममा व्यवस्था गर्दै कार्यान्वयनमा लैजाने भन्दै सचिव पाण्डेले सहकारीलाई समाजवादको आधारशिलामा व्यवस्थित गर्दै अगाडी बढाउने बताए ।

यसैक्रम त्यस अवसरमा राष्ट्रिय सहकारी विकास वोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारीलाई २५ वर्षभित्र कसरी अगाडी बढाउने भन्ने योजनासहित २५ वर्षे रणनीति तयार गरेको बताए । सहकारी क्षेत्रलाई समयसापेक्ष रुपमा प्रविधिमैत्री बनाउदै लैजाने भन्दै सह–अध्यक्ष पौडेलले समग्र सहकारी क्षेत्रको विकासका निम्ती रणनीति तयार गरिएको बताए ।

तपाइको प्रतिक्रिया

(Visited 225 times, 2 visits today)

आजको समाचार

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

साताका लोकप्रिय समाचार

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले...

कांग्रेस महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन फेरि सर्ने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवाद मिलाउन बाँकी रहँदा १३ जिल्लामा वडा तहको अधिवेशनको कार्यतालिका फेरि परिवर्तन हुने भएको छ । कांग्रेसले पहिलो चरणमा...

विश्वकर्मा बाबाको मन्दिर उद्घाटन सम्पन्न

  चितवन । भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनीमा शनिवार आयोजित एक कार्यक्रममा विच विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । भरतपुर महानगर पालिका वडा अध्यक्ष...

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

  काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा...

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

ट्रेन्डिङ

मन्त्री पद खुस्किएपछि सुटकेस बोकेर मोटरसाइकलमा बाहिरिए जितेन्द्र सोनल

  जनकपुरधाम । प्रदेश २ को भौतिक पूर्वाधारमन्त्री पदबाट बर्खास्त जितेन्द्र सोनल एउटा सुटकेश लिएर मोटरसाइकलमा मन्त्री निवासबाट बाहिरएका छन् । सोनलले आज विहानै कर्मचारी...

सुनको मूल्य घट्दा व्यवसायी चिन्तित (फोटो फिचर)

काठमाडौं । कोरना भइरसको संक्रमणले नेपाललगायत विश्व बजारमा सुनको मूल्य झन्डै ७ महिना अघिदेखि नै वृद्धि हुन थालेको थियो । विश्वव्यापी मन्दी एवम् संकटको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)