काठमाडौं । जेभियर इन्टरनेशनल कलेज एसियन स्पिच कम्पिटिसनको ताज बङ्गलादेशका एय्मान साबितले जिते। यसैगरी दोस्रो स्थान नेपालकी स्मारिका नेउपाने र तेस्रो बङ्गलादेशकै इश्रत एह्मद स्स्रोअतले जितिन् ।
सेप्टेम्बर २५ मा सुरु भएको सो प्रतियोगिता अक्टोबर ५ मा सम्पन्न भएको हो। कार्यक्रममा नेपालसहित बंगलादेश, कम्बोडिया, फिलिपिन्स, भारत, श्रीलंका र भुटान गरी ७ देशको सहभागिता थिए।
गत सोमबार सम्पन्न एसियन स्पिच कम्पिटिसनमा निर्णयक मण्डलमा जेभियर इन्टरनेशनल कलेजका सहप्रधानाध्यापक दिपेन दाहाल, कविता के बिष्ट, अमिना जोशी र बालकृष्ण पौडेलका साथै भारतका अरुनभा ब्यानर्जी, बङ्गलादेशका वारिस अजिज आकाश र कम्बोडियाकी लिसा च्चेन्ग थिए । जेभियर इन्टरनेशनल कलेजका सिइओ लोकबहादुर भण्डारी र कलेजका प्रधानाध्यापक गोपाल भण्डारी कार्यक्रमका सल्लाहकार थिए।
युवाहरुले युवाकै लागि सुरु गरेका साइफेल स्ट्रेटजिक पार्टनरको रुपमा सहभागी थियो। त्यसैगरी लियो क्लब अफ काठमाण्डू आउटरिच पार्टनरको रुपमा थियो भने अन्तर्राष्ट्रिय पार्टनरको रुपमा द चेन्चर्स र कम्बोडिया पब्लिक स्पीकिंग कम्पीटिसन एन्ड डिबेट एसोसिएसन रहेका थिए। त्यसरी नै मिडिया पार्टनरको रुपमा राजधानी डेली रहेको थियो।