सिन्धुलीवासीले सुरक्षा मापदण्ड अपनाएर घरमै दशैं तिहार मान्न पाउने

सिन्धुली । दशैं तिहारमा जिल्ला बाहिरबाट भित्रिने नागरिकका कारण कोभिड १९ को जोखिम बढ्ने र त्यसको नियन्त्रणमा समस्या आउने आँकलन सिन्धुलीले दर्शै तिहार कोभिड योजना बनाएको छ । मंगलबार बसेको जिल्ला स्तरको सर्वदलिय सर्वपक्षिय बैठकको निर्णय अनुसार जिल्लामा भित्रने नागरिकको निगरानी, स्वास्थ्य सुरक्षा लगायतका विषयमा काम गर्नका लागि हरेक ८९ वटा वडामा वडा स्तरको कोभिड १९ व्यवस्थापन तथा सहजीकरण समिति र टोल टोलमा एक्सन टिम निर्माण गरिने भएको छ । एक्सन टिम र कोभिड १९ व्यवस्थापन टिम ५/५ सदस्यीय रहने छन ।

जसका लागि सबै पालिकामा पत्राचार समेत भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए । उनका अनुसार कोभिड संक्रमणको अवस्था भयावह बन्न सक्ने भएकाले नागरिकको स्वास्थ्यलाई मध्येनजर गरि समितिहरु निर्माण गरि काम थालिएको हो । जिल्लाका नौ वटै स्थानीय तहका सबै वडामा वडाध्यक्षको संयोजकत्वमा स्वास्थ्य चौकीको प्रतिनिधि, प्रहरी चौकीको प्रतिनिधि, राजनीतिक दलको प्रतिनिधि, महिला स्वयम् सेविका, स्थानीय समाजसेवी रहने गरि कोभिड १९ व्यवस्थापन तथा सहजीकरण समिति निर्माण गरिने छ ।

यस्तै ४० देखि ५० घर समेट्ने गरि प्रत्यक्ष निगरानी गर्न र स्वास्थ्यमा समस्या आएमा उपचारका लागि स्वास्थ्य संस्था पु¥याउने, ट्रयाकिङ गर्ने, सूचना प्रवाह गर्ने गरि एक्सन समिति निर्माण गरिने भएको हो ।

एक्सन समितिले आफ्नो क्षेत्रमा को को जिल्ला बाहिरबाट भित्रिए, उनीहरुको स्वास्थ्य अवस्था के छ ? उनीहरुको आवतजावतको अवस्था के छ ? भनि निगरानी गर्ने छ भने कोहि विरामी परेमा स्वास्थ्य संस्थामा पु-याउन वा चेकजाँचका लागि समन्वय गर्ने काम गर्ने छ ।

जिल्लामा भित्रनेहरुको तथ्यांक लिनुका साथै सम्भावित जोखिमलाई कम गर्नका लागि उक्त योजना बनाई कार्यान्वयनका लागि सबै स्थानीय तहलाई पत्र पठाईएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताएका छन् । कमलामाई नगरपालिका लगायतका स्थानीय तहले कार्यान्वयन सुरु गरिसकेको जानकारी दिएको उनले बताए ।

यस्तै दशैं तिहार लगायतका चाडवाडलाई लक्षित गरि प्रशासनले आइसोलेट, क्वारेन्टाईन लगायतका मापदण्ड पनि बनाएको छ । जोखिमलाई मध्येनजर गरि होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्ने व्यवस्थालाई समेत व्यवस्थापन गरिने गरि काम हुन थालेको पनि पाण्डेले बताएका छन ।

यस्तै जिल्लामा धेरै मानिसको भेला हुने, खेलकुद, सार्वजनिक कार्यक्रमहरु गर्ने, विद्यालय खोल्ने लगायतका भिडभाड हुने कार्य नगर्न नगराउन पनि प्रशासनले अनुरोध गरेको छ । यो सँगै मास्कको प्रयोग, दुरी कायम र सेनिटाईजर प्रयोग तथा हात धुने कुरालाई अनिवार्य समेत गरेको छ ।

कार्ययोजना सहित गरिएको निर्णयले कोभिड नियन्त्रणमा मद्दत पुग्ने पनि प्रजिअ पाण्डेले बताए । उनका अनुसार कार्तिकको पहिलो साताबाट कोभिड १९ परिक्षणको दायरा बढाईने, ५ वेडको आसियु सहितको ५० शैयाको आइसोलेसन सञ्चालनमा आउने र थप वेडको व्यवस्थापन समेत गरिरहेको पनि उनले जनाएका छन । उनले पिसिआर मेसिन समेत जडानको लागि काम अगाडि बढेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादी जीत नजिक