Sunday, May 9, 2021
Home Breaking News विपन्न तथा गरिबको घरमा सरकार

विपन्न तथा गरिबको घरमा सरकार

तीन वर्षभित्रै खरको छानोमुक्त

,

काठमाडौं । सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुरूप सहरी विकास मन्त्रालयले ‘खरको छानोमुक्त अभियान’ सञ्चालनमा ल्याएको हो ।

विपन्नका लागि ल्याइएको अभियानअन्तर्गत सरकारले विपन्नका घर खरमुक्त गरी टिनको छानो बनाइदिनेछ । चालु आर्थिक वर्ष २०७७-७८ मा सातै प्रदेशका गरी १ लाख ४३ हजार २ सय १८ घरधुरी खरमुक्त बनाउने लक्ष्य छ । त्यसअनुसार खरको धुरीमुक्त अभियान तीव्रतासाथ अघि बढाइएको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनका अनुसार खर हटाएर टिनको धुरी बनाइनेछ ।

आर्थिक वर्ष २०७५-७६ देखि नै सुरु भए पनि कार्यविधि नभएकाले अभियानले तीव्रता पाउन सकेको थिएन । अहिले यसका लागि स्पष्ट कार्यविधि बनाएर अभियानलाई तीव्रता दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा १ लाख ४३ हजार २ सय १८ घरपरिवारलाई खरमुक्त गर्न कुल ७ अर्ब १६ करोड ९ लाख बजेट विनियोजन गरिएको छ । विकास व्यवस्थापनविज्ञ थपलियाले खरको छानोमा बस्दै आएका नागरिकलाई टिन किन्न प्रतिपरिवार ५० हजार उपलब्ध गराइने जानकारी दिए ।

गरिब तथा विपन्न जनताको अनुहारमा चमक ल्याउने प्रधानमन्त्रीको ‘भिजन’अन्तर्गत ‘खरको छानोमुक्त अभियान’ सञ्चालन गरेका हौं, तीन वर्षमा खरको छानोमुक्त गरिनेछ ।
– गजेन्द्र थपलिया, प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ

अभियान सहरी विकास मन्त्रालयअन्तर्गत रहे पनि कार्यान्वयन भने सम्बन्धित नगर तथा गाउ“पालिका वार्डमार्फत गरिने कार्यविधि बनाइएको छ । खरको छानो भएका विपन्नको पहिचान सम्बन्धित वार्ड कार्यालयले नै गर्नेछ । त्यसमार्फत खरको छानो भएकालाई टिन राख्न प्रतिपरिवार ५० हजार रुपैया“ उपलब्ध गराइन लागिएको हो ।

विकास सल्लाहकार थपलियाले प्रधानमन्त्रीको ‘गरिब विपन्न जनताको अनुहारमा खुसी र चमक ल्याउने योजना’अन्तर्गत खरको छानोमुक्त अभियान सञ्चालन गरिएको जानकारी दिए ।

‘खरको छानोमा पानी चुहिने र विभिन्न समस्या भोग्नुपर्ने भएकाले गरिब विपन्नलाई त्यसखाले समस्याबाट मुक्त गर्न अभियानले महŒवपूर्ण भूमिका खेल्नेछ,’ थपलियाले शुक्रबार राजधानीसँग भने ।

अझै पनि ग्रामीण तथा विकट जिल्लामा गरिब विपन्न आर्थिक अभावमा खरको छानामुनि दिन गुजारा गर्न बाध्य छन् । एक वा दुई वर्षभित्रै खर नष्ट हुने र कुहिने भएकाले उनीहरू वर्षाको समय पानी चुहिने, बस्न र सुत्नसमेत नपाउने समस्याबाट ग्रसित छन् ।

सरकारले खरको छानो विस्थापित गरी निःशुल्क टिन दिने भएपछि गरिब विपन्नले राहत अनुभव गर्ने स्थानीय जनप्रतिनिधिको विश्वास छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश १ मा सबैभन्दा बढी ४१ हजार ४ सय ५० खरको छानो विस्थापित गरी टिनयुक्त बनाइनेछ । प्रदेश २ मा २९ हजार ५ सय ९० घरधुरी खरमुक्त बनाइने योजना सरकारको छ ।

यसैगरी, बाग्मती प्रदेशमा ९ हजार ५५, गण्डकी प्रदेशमा १२ हजार ६ सय ५९ र लुम्बिनी प्रदेशमा २५ हजार ८ सय ८५ धुरी खरमुक्त बनाएर टिनयुक्त बनाउने लक्ष्य राखिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशमा ११ हजार १ सय ६४ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय १५ धुरी खरमुक्त बनाई टिनमा रूपान्तरण गरिने योजना रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

(Visited 307 times, 3 visits today)
Loading comments...

आजको समाचार

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

 माेरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी...

साताका लोकप्रिय समाचार

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

अस्पतालमा ठाउँ नभएपछि खुल्ला आकाशमुनि काेराेना संक्रमितकाे उपचार

धनगढी । धनगढीस्थित सेती प्रादेशि अस्पतालमा कोरोनाबाट संक्रमित भएकाको संख्या दिन प्रतिदिन बढ्न थालेपछि अस्पतालमा उपचार गर्न ठाउँको अभाव भएको छ । यो अस्पतालको आकस्मिक...

बिहेको भोज खाँदा तनहुँमा ३५ जना बिरामी

तनहुँ ।  व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन् । स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी...

सुदूरपश्चिममा एकैदिन १२ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ५ जना, कञ्चनपुरका ४ जना, बझाङका...

बाग्मती किनारमै ‘चिता’

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए...

ट्रेन्डिङ

घुम्थाङ गाउँ : तंग्रिने तरखरमा

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका–७ घुम्थाङको भिरखर्कबाट आएको पहिरोमा पुरिएका ३१ मध्ये १४ जनाको शब फेला परेको छ । १७ अझै बेपत्ता छन् । बेपत्ता...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो, ४ हजार ७०६ को मृत्यु

नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५...

शहरी तथा भवन निर्माण कार्यालयको लापरवाही, सडक निर्माणले लिएन गति

वीरगञ्ज । समयमा साइट क्लियरेन्स नहुदाँ वीरगञ्ज महानगरपालिकाको विभिन्न वडामा सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले दिएको सडक निर्माण कार्यले गति लिन सकेको...

अरिङ्गालको टोकाईबाट तुलसीपुरमा दुई महिला बिरामी

तुलसीपुर । अरिङ्गालको टोकाईबाट तुलसीपुरको रानागाउँका दुई महिला बिरामी भएका छन् । घर नजिकै रहेको जंगलमा घाँस काट्न गएका तुलसीपुर उपमहागनरपालिका–३ रानागाउँ निबासी २४...

जलवायु परिवर्तनको असरको रूपमा हिमपात र शीतलहर

केही दिनदेखि देशभर मौसममा विषमता देखापर्दा शनिबार राजधानी सहर रहेको काठमाडौं उपत्यकावरपर रहेका पहाडी क्षेत्रलगायत देशभरका उच्च पहाडी क्षेत्रमा हिमपात भयो । हिमपात हुनुअघिका...

तीन महिनासम्म अभिनय सिक्दै प्रदीप खड्का

काठमाडौं । आफ्ना नयाँ चलचित्रको अझै तीन महिना छायांकन सुरु नहुने भएपछि अभिनेता प्रदीप खड्काले अभिनय कक्षा सुरु गरेका छन् । उनी अभिनय सिक्नकै...

फागुनको अन्तिम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ । भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार...

डा. सिके राउतले शंख फुकेर कोरोना बिरुद्ध एकता प्रदर्शन

जनकपुरधाम । कोरोना भाइरस विरुद्धको संघर्षमा एकता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज आफ्नै घरमा शंख बजाएका छन् ।...

छोराद्वारा बाबुको हत्या

कञ्चनपुर । कञ्चनपुरमा एक छोराले आफ्नै बुवाको हत्या गरेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा...

महामारीमा शिक्षा र स्थानीय सरकार

विश्व कोभिड–१९को संक्रमणबाट मानव सभ्यतालाई बचाउन बिभिन्न चुनौतीको सामना गर्दै अघि बढिरहेको अवस्था छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको आतंकबाट बच्न हदैसम्मका गम्भीर...

युरोकप १२ देशको १२ सहरमै

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण अर्काे वर्षलाई सरेको युरोकप युरोपको १२ देशको १२ सहरमा नै आयोजना हुने भएको छ । युरोपियन फुटबलको...

तपाईले प्रयोग गरेको मास्क कति सुरक्षित छ ? जान्नुहोस् कसरी लगाउने

एजेन्सी । कोरोना भाइरस संक्रमणवाट विश्वका १८६ देशमा फैलिएको छ । यहि संक्रमणकाको कारण १४ हजार ७ सय ४९ जनाको मृत्यु भएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)