राजेश र एकेन्द्र पुनः राखेप सदस्यमा नियुक्त

काठमाडौं । सरकारले यसअघि पनि राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड सदस्यमा रहेका राजेश गुरुङ र एकेन्द्र कुवँरसहित ९ जनालाई राखेप सदस्यमा नियुक्त गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले थप २ सदस्यलाई मनोनित गरेपछि कुल ११ सदस्यमा मनोनित भएका छन् ।

सदस्यसचिव र उपाध्यक्ष नियुक्त गरेको दुई महिनाभन्दा लामो समयपछि ११ जना सदस्य नियुक्त भएका हुन् । यसअघि ६ जनालाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले मनोनित गरेका थिए । सोमबार बसेको मैत्रीपरिषद् बैठकले हरि खड्का (प्रदेश १) सहित मानदेव हजारा (प्रदेश २), राजेश गुरुङ (गण्डकी), पुरेन्द्रविक्रम लाखे (बागमती), मोहम्मद शेख (प्रदेश २), नन्दा बरूस्याल (कर्णाली), एकेन्द्र कुँवर (सुदूरपश्चिम), चन्द्रा बन्दना राई (प्रदेश १) र सुमित्रा चौधरी (लुम्बिनी)लाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।

राखेपका दर्ता राष्ट्रिय संघहरूको सिफारिसमा मनोननित गर्न पाउने व्यवस्थअनुसार मन्त्री विश्वकर्माले रेणुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई मनोनित गरेका हुन् । १८ असारदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐनअनुसार उनीहरूको नियुक्ति भएको हो । जसमा खेलकुदको विकासमा महŒवूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्ति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूमध्ये सबै प्रदेशबाट प्रनिधित्व हुनेगरी महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू, मुस्मिल पिछडिएको क्षेत्रबाट समेतबाट प्रतिनिधित्व हुनेगरी कम्तीमा तीन महिलासहित सरकारले मनोनित गर्ने व्यवस्था छ ।

मनोनयन हुनेका कम्तीमा ५० प्रतिशत सदस्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूमध्ये हुनुपर्ने ऐनमा समावेश छ । सरकारले १२ साउनमा शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको थियो । मन्त्री विश्वकर्माले यसअघि रिम बहादुर रानाभाट, इन्दिरा निरौला, अर्जुनबहादुर केसी, सम्पन्न श्रेष्ठ, सुभास श्रेष्ठ र गोविन्द्र भट्टराईलाई राखेप बोर्ड सदस्यमा मनोनित गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको धनौजीमा अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी