दिल्ली क्यापिटल्स शीर्ष स्थानमा

युएइ । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्यो । यो जीतसँगै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । दिल्लीको यो पाँचौ जित हो । राजस्थानको भने यो चौंथो हार हो । राजस्थान ६ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

सारजाह क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थान १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो ।

राजस्थानका राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै याशभी जैसवालले ३४ रन जोड्दा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । जोस बट्लर १३ रनमा आउट भए । राजस्थानलाई सस्तैमा समेट्न दिल्लीका कागिसो राबडाले ३ विकेट लिए ।यस्तै रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २(२ विकेट लिए । अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेको नाममा १(१ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । दिल्लीका लागि सिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्रेयस आयरले २२ रन बनाए । ओपनरद्वय पृथ्वी श १९ र शिखर धवन ५ रनमा आउट भए । अक्षर पटेल १७ रन बनाउँदा हर्सल पटेलले १६ रन जोडे ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १÷१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
शीर्ष नेता को कहाँबाट मतदान गर्दै ?