कोरोना संक्रमणबाट दाङका बालक र रुपन्देहीकी महिलाको मृत्यु

तुलसीपुर । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको तिलोतमा नगरपालिका–३ निबासी ६६ बर्षकी कोरोना संक्रिमत महिलाको उपचारको क्रममा आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

रुपन्देहीको प्रादेशिक र धागो अस्पतलामा आईसीयु बेड नभएपछि उनलाई थप उपचारका लागि गएराति साढे १० बजे बेलझुण्डी ल्याइएको थियो । उनलाई असोज २२ गते रुपन्देहीको प्रादेशिक अस्पतालमा भर्ना गरीएको थियो । मृतक कोरोना संक्रमित महिलाको शव व्यवस्थापन नेपाली सेनाले गरेको छ ।

कोरोना पोजेटिम देखिएपछि उपचारका लागि बेलझुण्डीमा आएका ५ सय ५ जना मध्य ४ सय ४ जना उपचारपछि घर फर्किसकेको र ९ जनाको अहिले पनि कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ । जसमध्य २ जनाको आईसीयुमा र ७ जनाको जनरल वार्डमा उपचार भइरहेको व्यवस्थापक वलीले जानकारी दिए ।

कोरोना घोराहीका बालकको कोहलपुरमा मृत्यु
कोरोना संक्रमित दाङका एक बालकको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका–३ गोग्लीका १५ बर्षीय किशोरको उपचारका क्रममा हिजो साँझ आठ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनलाई असोज १९ गते कोरोना पुष्टि भएको थियो । योसंगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी