सरकार र डा. केसीबिच सहमति, आइतबार अनशन तोड्ने

काठमाडौं । डा. गोविन्द केसी र सरकारी टोलीबीच ८ बुँदे सहमति भएको छ । अनशन बसेका २७ औं दिनको दिन सहमति भएको हो ।

सहमति भएसँगै डा. केसीले आइतबार बिहान अनशन तोड्ने भएका छन् । बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन गरेको गरेको थियो भने डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्य वार्ता टोली बनेको थियो । चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै डा. केसी १९ औं पटक अनशन बसेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 164 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष