कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरिने संकेत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपाका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कै १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेकपा संसदीयदलका नेता समेत रहेका मुख्यमन्त्री शाहीको कार्य शैली प्रभावकारी नभएको, सरकार जनस्तरमा अलोकप्रिय बन्दै गएको र मुख्यमन्त्रीले पार्टीको भावना अनुसार काम गर्न नसकेको भन्दै सांसदहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा केन्द्रको सहमति अनुसार कर्णालीमा तत्कालिन माओवादीले मुख्यमन्त्री पाएको थियो । त्यसयता कर्णालीमा तत्कालिन एमालेका सांसदहरु असन्तुष्ट थिए

सांसदहरुले नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई उक्त प्रस्ताव बुझाएका छन । नेकपाको संसदीयदलको विधानअनुसार अविश्वासको प्रस्ताव दर्ता गरिएको नेकपा कर्णाली प्रदेशका धर्मराज रेग्मीले बताए ।

कर्णाली प्रदेशमामा नेकपाका ३३ जना सांसद छन् । जसमध्ये एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसद रहेका छन् । ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । जसमा नेकपाका बहुमत सांसदले प्रस्ताव दर्ता गराएकाहुन् । प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ । प्रदेश सभामा ४० जना सांसद छन् । जसमध्ये नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन् ।

तत्कालीन एमाले र माओवादीबीच एकता हुँदा केन्द्रको सहमति अनुसार कर्णालीमा तत्कालिन माओवादीले मुख्यमन्त्री पाएको थियो । त्यसयता कर्णालीमा तत्कालिन एमालेका सांसदहरु असन्तुष्ट थिए । कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन् । यस्तै साविकमा ओवादीका १३ जना सांसद छन् ।

तर,अविश्वासको प्रस्तावमा साविक माओवादीका सांसदहरुले पनि हस्ताक्षर गरेका छन् । आफूहरुले संसदीयदलको विधानअनुसार प्रस्ताव दर्ता गरेकाले अब प्रक्रिया अनुसार यसको टुंगो लगाउनुपर्ने सांसद शुसील थापाले बताए ।

दलका नेता विरुद्ध अविश्वास दर्ता भएकाले अब प्रमुख सचेतकले दलको बैठक बसाल्नुपर्ने सांसदहरुले बताएका छन् । कर्णालीमा अहिले संसद अधिवेशन चतेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले मतपत्र च्यात्न सक्छन्, आँखा झिमिक्क नगर्नुस् : ओली