Friday, April 23, 2021
Home अर्थ एउटा कुखुरामा २७० रुपैयाँ घाटा बेहोर्दै कुखुरा पालक किसान

एउटा कुखुरामा २७० रुपैयाँ घाटा बेहोर्दै कुखुरा पालक किसान

,

चितवन । कुखुराको मासु सस्तो हुँदा शहर बजारका उपभोक्ता मख्ख छन् । काठमाडौंका कतिपय मासु पसल सञ्चालकले ब्रोइलर कुखुराको मासु प्रतिकिलो १९० रुपैयाँ भनेर विज्ञापन गरिरहँदा कुखुरा पालक किसान भने मुल्य पाइएन भनेर रोइरहेका छन् ।

अहिले प्रतिकिलो ९० रुपैयाँ नोक्सानी व्यहोर्नु परेको किसानको भनाई छ । नेपाल ब्रोइलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले किसानले ब्रोइलर कुखुरा प्रतिकिलो ११० रुपैयाँ हाराहारीमा बिक्री गर्ने गरेका छन् । जसको लागत मूल्य नै प्रतिकिलो २०५ रहेको उनको भनाइ छ । जबकि एउटा ब्रोइलर कुखुरा बिक्री गर्न योग्य हुँदा दुई देखी तीन किलोको हुने गर्छ । अहिलेको अनुपातमा किसानले एउटा कुखुरा बिक्री गर्दा २७० सम्म घाटा खाने गरेका छन् ।

चितवनमा प्रतिकिलो प्रतिकिलो २०० र काठमाडौँमा २२० देखि १९५ सम्ममा उपभोक्ताले पाउने गरेका छन् । अहिले मुलुकभर एक सयदेखि १० हजारसम्म ब्रोइलर कुखुरा पाल्ने किसान ४५ हजार हाराहारी छन् । अहिले उत्पादन भएको कुखुराको चल्ला किन्दा किसानले प्रतिगोडा ६५ रुपैयाँ तिरेका थिए । सरदर प्रतिकिलो ३० रुपैयाँको दाना खुवाएको बताउछन् ।

एउटा ब्रोइलर कुखुरा बिक्री गर्न योग्य हुँदा दुई देखी तीन किलोको हुने गर्छ । अहिलेको अनुपातमा किसानले एउटा कुखुरा बिक्री गर्दा २७० सम्म घाटा खाने गरेका छन्

नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घका केन्द्रीय अध्यक्ष जेतनारायण पाण्डेले साना किसान धेरै प्रभावित बनेको धारणा राखे । उत्पादन नै बढी हुँदा समस्या भएको उनको भनाइ छ । उत्पादन बढी र खपत कम हुँदा दुई किलो भएका कुखुरा खोरबाट उठाउनुपर्नेमा तीन किलो पाँच सय ग्रामसम्मका कुखुरा पनि उठ्न नसकेको उनले जानकारी दिए ।

पछिल्लो समय ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत ब्रोइलर कुखुरा पालेका कारण उत्पादन बढेको उनको भनाइ छ । होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको पाण्डेको भनाई छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले अहिले सातामा ३५ लाख ब्रोइलर चल्ला उत्पादन हुने गरेको जानकारी दिए । यी सबै चल्ला बिक्री भएका छन् । १५ प्रतिशत हाराहारी मरे पनि अरु हुर्किन्छन् । दैनिक आठ लाख ५० हजार किलो मासु उत्पादन हुने गरेको उनको भनाइ छ ।

पोखरेलका अनुसार खपतमा निकै गिरावट आएको छ । काठमाडौँमा दैनिक पाँच लाख किलो मासु खपत हुनेमा अहिले झण्डै आधामा झरेको छ । जसले गर्दा मासु बिक्री हुन नसक्दा मूल्य नआएको उनको भनाइ छ ।

कुखुराको मूल्य नआएपछि चल्ला राख्न किसान डराएका छन् । जसका कारण चल्लाको मूल्य प्रतिगोटा ६५ बाट घटेर २० देखि ३० मा बिक्री हुने गरेको छ । भारतमा चल्लाको मूल्य बढी भएपछि यहाँका व्यवसायी भारततर्फ चल्ला पठाउन थालेका छन् । भारतमा प्रतिगोटा भारु ४५ हाराहारीमा बिक्री हुने गरेको व्यवसायी बताउछन् ।

नेपालमा झण्डै दुई महिनाअघि जिउँदो ब्रोइलर कुखुराको मुल्य प्रतिकिलो २७० रुपैयाँ थियो । म
पछिल्लो समय कुखुराको दानामा प्रयोग हुने मकै र भटमासको मूल्य पनि निकै बढेको छ ।

(Visited 163 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

साताका लोकप्रिय समाचार

शैलुङ चिनाउन म्युजिक भिडियो

काठमाडौं । दोलखाको सुन्दर शैलुङ क्षेत्रलाई चिनाउने उद्देश्यले नयाँ गीत ‘मेरो शैलुङ गाउँ’ स्रोतामाँझ ल्याइएको छ । शनिबार काठमाडौंमा एक समारोहबीच गीत मेरो गाउँ...को...

भूकम्पपछि मानसिक समस्यामा थिए श्यामदास बैष्णव

काठमाडौं । कवि तथा साहित्यकार श्यामदास बैष्णव अब हामीमाँझ रहेनन् । पछिल्लो समय मानसिक समस्यामा रहेका बैष्णवको ९८ वर्षको उमेरमा निधन भएको छ ।...

अस्पतालमा कार्यरत ७ जना ‘नक्कली’ डाक्टर पक्राउ

काठमाडौं । अस्पतालमा काम गरिरहेका ७ जना डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरेको आरोपमा उनीहरुलाई प्रहरीले आज पक्राउ...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

भारतबाट फर्केका पुरूषकाे काेराेनाबाट मृत्यु, एक सातामा पाँचकाे निधन

पर्सा ।  कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४...

ट्रेन्डिङ

सलह किरा रुख र जमिनमा बसेर खान थाले

काठमाडौं । नेपालमा शनिबार बिहान भारतबाट सलह किरा नेपाल प्रवेश गरेको पुष्टि भएको छ । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्ला बारा,...

लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी...

शनिबार २२२५ नयाँ संक्रमित थपिए, २८४६ जना संक्रमणमुक्त (तथ्यांकसहित)

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार २ सय २५ जना नयाँ संक्रमित फेला परेका छन् । १३ हजार ८ सय ४६ जनामा पीसीआर...

आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको महिलाले गरिन् हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय...

मिथिलाञ्चलमा घरमै बरको रुख स्थापना गरेर सम्पन्न भयो बटसावित्री पर्व

जनकपुरधाम । कोरोना भाइरस र लकडाउनका कारण मिथिलाञ्चलका अधिकांश पर्व प्रभावित भए । बटसावित्री पर्वमा पनि त्यसको प्रभाव प-यो । बरको रुख नजिक गरिने...

प्रहरी प्रधान कार्यालयका थप २८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुरुमा संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको...

राउटे युवतिका पिडा : विवाह गर्न मन छ, उमेर पुगेको पुरूष छैन

दैलेख । गैरराउटे समुदायले प्रणय दिवस मनाईरहँदा नेपालको सम्पदा मानिने राउटे समुदायकी युवती भने विहेका लागि भने जस्तो पुरुष नपाईने चिन्तामा थिए । प्रेमदिवसबारे...

नेपाली नागरिकताका व्यावहारिक सवाल

मान्छेको अस्तित्व पहिचानमा निहित हुन्छ, किनकि पहिचानको अभावमा मानिस अस्तित्वको संकटमा पर्दछ । मातृभूमिप्रति उसको अपनत्व र वैद्यताको गाँठो व्यक्तिको हृदयमा प्रश्न बनेर रहेको...

सुर्खेतमा क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

सुर्खेत । पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा...

भर्चुअल प्रदर्शनीमा सेटिब्रेटीका कार्टुन चित्र

काठमाडौं । विगतमा प्रत्यक्ष प्रदर्शन हुँदै आएको क्यारिकेचर तथा कार्टुन कला प्रदर्शन कोरोना संक्रमणका कारण यसपटक अनलाइनमार्फत सुरु भएको छ । ‘नेपाली क्यारिकेचर ०७७...

उपमेयर कप विजेता टोलीलाई सम्मान

बैतडी ।  बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न तेस्रो संस्करणको क्रिकेट प्रतियोगितामा उपाधि विजेता टोलीलाई सम्मान गरिएको छ । उपाधि हात पार्ने दशरथचन्द नगरपालिका २ देहिमाडौंको...

डिजल तस्करीमा संलग्नलाई पक्राउ गरेकोमा स्थानियको विरोध

सप्तरी, राजविराज । भारततर्फ डिजल निकासी गर्ने क्रममा पक्राउ परेकालाई रिहाईको माग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकामा स्थानियले आइतबार दिउँसो प्रदर्शन गरेका छन् । डिजल बोकेर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)