उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका बनाउने  निर्णय

काठमाडाैं ।  सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका बनाउने  निर्णय गरेको छ । सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेकका अपरेशन नगरे संक्रमित बिरामीलाई आईसीयु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए । कोभिड अस्पतालका रूपमा सेवा दिने सरकारी अस्पतालमा स्वास्थ्य सेवा विभागले आईसीयु, भेन्टिलेटर र अक्सिजनलगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 193 times, 1 visits today)

epaper

ताजा समाचार

संस्कृत विश्वविद्यालय सुधारसम्बन्धी प्रतिवेदन हस्तान्तरण