Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picksदिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

दिउँसै मापसे चेकिङ, एपबाटै चालकको निगरानी

दसैं सुरक्षा योजना

,
sharethis

काठमाडौं । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा चाडबाडका समयमा हुने दुर्घटना न्यूनीकरण गर्न र यात्रुलाई ठगिनबाट समेत जोगाउन चाडपर्व विशेष सुरक्षा योजना ल्याएको हो ।

ट्राफिक प्रहरीले बनाएको सुरक्षा योजनामा लामो दुरीमा चल्ने सवारी साधनमा दुई जना चालक अनिवार्य भए नभएको हेर्नेदेखि सवारी साधनभित्रै भाडा दरको सूची अनिवार्य रूपमा राख्नुपर्ने भनिएको छ । यस्तै, लामो दुरीमा चल्ने सवारीलाई बसपार्कबाट बाहिरिनुअघि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्न व्यवस्था मिलाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याइएको बताए ।

उनले ट्राफिक व्यवस्थापन मात्र नभएर चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई छाड्ने, कोरोना संक्रमणपछि लागू गरिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता विषयमा कडाइका साथ निगरानी गरिने जनाए ।

– लामो दुरीमा चल्ने सवारीमा दुई चालक राख्नैपर्ने
– बसभित्र भाडासूची अनिवार्य
– उपत्यकाबाहिर जाने सवारीलाई बसपार्कमै यान्त्रिक परीक्षण

उनका अनुसार लामो दुरीमा चल्ने सवारी साधनमा दुई चालक भए नभएको विशेष प्रविधिबाट निगरानी गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि ट्राफिक कम्युनिकेसन एप प्रयोग गरिनेछ ।

‘लामो दुरीमा सवारी चलाउन दुई ड्राइभर राख्नै पर्छ, यस पटक त्यसको कडा निगरानी हुन्छ, नागढुंगामा राखिएको विशेष प्रविधिको यन्त्रबाट सोबारे निगरानी गर्ने व्यवस्था मिलाइएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशखाका प्रमुख ढकालले राजधानीसँग भने ।

यसैगरी, भाडाका सवारीको टिकट काटिने काउन्टर तथा सवारी साधनभित्र यात्रुले देख्ने गरी भाडा रकमको सूची राख्नुपर्नेछ । टिकट काट्ने सम्बन्धित कम्पनीका व्यक्तिहरूले परिचयपत्र तथा ड्रेस अनिवार्य लगाउनुपर्नेछ भने एक व्यक्तिलाई दिइएको सिटको टिकट फेरि अर्को व्यक्तिलाई झुक्याएर काट्न वा दिन पाइनेछैन ।

यसैगरी, भाडाका यात्रुवाहक सवारीमा देखिने गरी वा छतमा मालसामान राख्न पाइनेछैन । यस्तै तीव्र गतिमा तथा जिकज्याक गरेर सवारी चलाउन पनि पाइनेछैन ।

यस्तै, निजी तथा साना सवारी साधनहरूमा समेत यी नियम लागू हुनेछन् । ओभर स्पिडमा चलाउने, ओभरलोड गर्ने, छतमा यात्रु तथा मालसामान राख्न पाइनेछैन । सोबारे सीसीटीभीमार्फत निगरानी गरिनेछ ।

यी विषयमा सवारी चालकले ध्यान दिए नदिएको तथा नियमपूर्वक सवारी चलाए नचलाएको अनुगमन दैनिक रूपमा गरिनेछ । त्यसका लागि ट्राफिक प्रहरीहरू दैनिक आकस्मिक चेकिङमा समेत परिचालित हुनेछन् । बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँच हुनेछ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

यस्तै मापसे सेवन गरे नगरेको दिउँसो समेत चेकजाँच गरिनेछ । उपत्यकाभित्र र बाहिरिने नाकाहरूमा तथा आवश्यकताअनुसार अन्य स्थानहरूमा समेत छड्के चेकजाँच हुनेछन् ।

नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा यात्रु सहायता कक्ष राखिनेछ ।

यस्तै, लामा दुरीमा चल्ने सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरिएको छ । बसपार्कसहितका बढी भीडभाड हुने स्थानहरूमा सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटिनेछन् ।

हाल उपत्यकामा दैनिक १ सय ७२ स्थानमा ट्राफिक प्रहरीहरू सुरक्षाका लागि परिचालन गरिँदै आइएकामा सो संख्या समेत बढाइनेछ भने करिब १२ सय ट्राफिक प्रहरी परिचालित हुनेछन् । हाल भने ९ सय ट्राफिक प्रहरी उपत्यकाका सडकमा दैनिक खटिँदै आइरहेका छन् ।

यात्राको क्रममा कसैलाई कुनै समस्या परे १०३ मा फोन गर्न समेत ट्राफिक प्रहरीले सबै यात्रुहरूमा आग्रह गरेको छ ।

काठमाडौंमा ३७ सय प्रहरी खटाइँदै, कुकुरबाट समेत गस्ती
महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंमा चाडपर्व लक्षित सुरक्षाका लागि ३ हजार ७ सय ७ जना प्रहरीलाई खटाउने तयारी गरेको छ । काठमाडौंमा विशेष तालिमप्राप्त कुकरसमेत दसैं सुरक्षका लागि परिचालन गरिँदै छ ।

सादा पोसाक, रात्रीकालीन गस्ती, एम्बुस ड्युटी, एरिया सर्च, सवारी गस्ती, सेफ्टी पिन गस्ती, पैदल गस्ती, क्युआरटी गस्ती गरी नेपाल प्रहरी तर्फबाट काठमाडौंमा ३ हजार ७ सय ७ जना प्रहरी दसैं सुरक्षाका लागि खटिँदै छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कपनमा ढलमा खसेर बालक बेपत्ता

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दसैं सुरक्षाका लागि ३ हजार ७ सय ७ जना प्रहरीलाई खटाउने तयारी भएको र बसपार्क क्षेत्रसहित बढी भीडभाड हुने क्षेत्रहरूमा परिचालनसमेत गरिएको जानकारी दिए ।

उनका अनुसार नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा रखिएका यात्रु सहायता कक्षहरूमा साद पोसाकमाा समेत गस्ती टोली खटाइएको छ ।

सादा पोसाकमा मात्रै ३८ टोली परिचालन गरिएको छ । यस्तै क्युआरटी टोली ९६ वटा मोटरसाइकलमा परिचालन गर्ने तयारी छ भने २४ मोबाइल गस्ती तथा ६० टोलीले पैदल गस्ती गर्नेछन् ।

तपाइको प्रतिक्रिया

(Visited 248 times, 1 visits today)

आजको समाचार

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

सेनालाई राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

  काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

साताका लोकप्रिय समाचार

माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

  पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप लगाएका छन् । पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै...

‘फलामको टुक्रा होइन प्रदेश सरकारको भावना हो’

  सप्तरी । प्रदेश २ का समाजिक विकासमन्त्री नवल किशोर साहले गृह जिल्ला सप्तरीमा शनिबार छात्रालाई साइकल र शारीरिक आपांगता भएकालाई ह्विलचियर वितरण गरेका छन्...

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी...

मेयरलाई मुक्का हान्ने कार्यकर्तामाथि एमालेले मुद्दा नचलाउने

  बुटवल । एमालेले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियु रुपन्देहीका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ । नेकपा एमाले बुटवलले मंगलबार पत्रकार...

ट्रेन्डिङ

आक्रमक बन्दै कांग्रेस, दबाब बढाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस सरकारको गतिविधि कोरोना नियन्त्रणतर्फ केन्द्रित हुन नसकेको भन्दै सरकारप्रति आक्रामक बनेको छ । दिनानुदिन संक्रमण फैलिँदै जाँदा सरकार कछुवा...

राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमले प्रमाणित गरेको छ : लोहनी

काठमाडौं । पार्टी र गुटगत स्वार्थभन्दा माथि रहने निष्पक्ष संस्थाको रूपमा राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमले प्रमाणित गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा....
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)