वीरगञ्जबाट नक्कली डाक्टर पक्राउ

वीरगञ्ज । वीरगंज महानगरपालिका–२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरबाट नक्कली डक्टर पक्राउ परेका छन् ।
बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

तेलीले डाक्टर शिवशंकरको नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी दिने गरेका थिए । गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी माथी जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी