सिन्धुपाल्चोक । चाडपर्व नजिकदै गर्दा यात्रुहरुको सुरक्षा र दुर्घटना न्युनिकणका लागि सिन्धुपाल्चोक प्रहरीले विशेष अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा दुर्घटना न्युनिकरण २०७७ अभियान सुरु गरेको हो । स्थानीय सरकारका प्रमुखहरु,यातयात व्यावसायी,सवारी चालक र स्थानीयलाई समेत राखेर प्रहरीले सिन्धुपाल्चोकमा दुर्घटना न्युनिकरण अभियान सुरुवातको घोषणा गरेको हो ।
चाडपर्व पनि सुरु भएको र कोरोना भाइरसको महामारी पनि सँगै रहेकाले स्वास्थ्य र यात्रुको जीवन लाई ध्यानमा राखेर यस्तो अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
ट्राफिक प्रहरीसँगको समन्वयमा जिल्लाका प्रमुख राजमार्गहरुमा प्रहरीले सादा पोशाकमा प्रहरी खटाएर सवारी नियमपालना गरे नगरेको अनुगमण गरिने प्रहरी प्रमुख अधिकारीले जानकारी दिए । ‘हामी यो पटक सडकमा नै सवारी साधनको अवस्था कस्तो छ तयो समेत परिक्षण गछौ’ एसपी अधिकारीले भने ‘सवारीको अवस्था ठिक नभए,हामी त्यस्ता साधनमा यात्रु बोक्न नदिने योजनामा छौ ।’ सामान्य त्रुटीले पनि धेरैको ज्यान जाने भएकाले सवारी साधनको नट बोल्टको अवस्था कस्तो छ,त्यो समेत सडकमा नै परिक्षण गर्ने योजनामा प्रहरी रहेको एसपी अधिकारीले जानकारी दिए ।
स्थानीय सरकारका प्रमुखहरु,यातयात व्यावसायी,सवारी चालक र स्थानीयलाई समेत राखेर प्रहरीले सिन्धुपाल्चोकमा दुर्घटना न्युनिकरण अभियान सुरुवातको घोषणा गरेको हो
सवारी चालकहरुको लापरवाही धेरै भएकाले अब देखि चालकहरुको विगतमा गल्ती गरे नगरेको समेत अनुसन्धान गरिने र धेरै गल्ती गर्ने चालकहरुको सवारी लाइसेन्स रद्द गर्नका लागि समेत यायतायत कार्यालयलाई अनुरोध गर्ने समेत प्रहरीले अभियान सुरु गरेको उनले बताए ।
प्रहरीले सुरु गरेको यो अभियानलाई स्थानीय सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । अभियानमा सहभागी भएका बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले प्रहरीले सुरु गरेको यो अभियानमा आफुहरु हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । नेपालमा हरेका वर्ष सडक दुर्घटनाका कारण धेरैले अकालमा नै ज्यान गुमाउनु परेको बताउँदै अध्यक्ष क्षेत्रीले अब यस्ता घटना हुन नदिन सबै पक्ष सहकार्य गर्नुपर्नेमा जोड दिए ।
सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसीले प्रहरीले लाइसेन्स,बिल बुक समातेर कारवाही गर्न खोज्दा,फोन गरेर छाड्न प्रहरीलाई अनाआवश्यक दबाब आउने गरेको बताउदै अध्यक्ष जिसीले त्यस्ता कार्यमा संलग्नहरुलाई छुटाउन प्रहरीलाई दबाब दिन नहुनेमो जोड दिए ।
यातयात व्यावासयीहरुले सडकका कारण धेरै समस्या हुने गरेको बताउँदै आफुहरु कोरोना सचेतना सँगै सुरक्षित रुपमा यात्रुहरुलाई गन्तव्य सम्म पु-याउन लग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सिन्धुपाल्चोक प्राकृतिक विपत्तीसंगै सडक दुर्घटना धेरै हुने जिल्लाको परिचीत रहेको छ । गत वर्ष मात्रै सिन्धुपाल्चोकमा भएको तिन ठुला दुर्घटनामा ६० बढीले ज्यान गुमाएका थिए ।