केन्द्र सरकारले उपेक्षा गरेको प्रदेश मन्त्री साहको आरोप

सप्तरी, राजविराज । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले विश्वमा संघियता भएका मुलुकले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत स्वायत छोडेको भएपनि नेपालमा अझैं त्यस्तो नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलबार जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित दुई दिने वार्षिक समिक्षा गोष्ठिको उद्घाटन गर्दै उनले यस्तो असन्तुष्टि पोखेका हुन् ।

केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा पनि प्रदेशलाई पूर्ण स्वायत्त नराखेका कारण बजेटको समस्यासँग सँगै नीति निर्माणमा समेत प्रतिकुल प्रभाव पारेको उनको भनाई छ ।

केन्द्रले दिने सीमित बजेटले मात्र नपुग्ने भन्दै उनले प्रदेश सरकारले क्षमताले भ्याएसम्म स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र यस क्रममा प्रदेशमा रहेका केन्द्र मातहतका स्वास्थ्य संस्थाहरुलाई समेत सहयोग गरिरहेको उनले बताए ।

सबै प्रदेशलाई बराबर बजेट बाडेर जनसंख्याको अनुपातलाई उपेक्षा गरिएको भन्दै उनले यसले सिधा प्रभाव प्रदेश २ मा परेको जिकिर गरे । “जहाँ जनसंख्या बढी छ, त्यहाँ बजेट पनि बढी चाह्निछ उनले भने, तर यसको पालना गरिएको छैन् ।”

उनले विगतमा पंचायति व्यवस्था तथा संसदीय व्यवस्थाकालमा मधेशका जनतासँग गरिएको विभेद अहिले संघीय व्यवस्थामा समेत कायमै रहनु दुःखद भएको भन्दै आफूहरु अहिले पनि संघर्षमै रहेको बताए ।

उनले स्थानिय, प्रदेश र संघीय गरि तीन तहमा गरिएको अधिकार विभाजन पनि विभेदपूर्ण र नमिलेको भन्दै यसको उचित व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

सीमित साधान श्रोत र कोरोना जोखिमका बाबजुद यहाँका स्वास्थ्यकर्मीहरुले देखाएको सक्रियता प्रसंशनीय रहेको भन्दै मन्त्री साहले स्वास्थ्यकर्मीहरु प्रति धन्यवाद समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले स्वास्थ्यसेवा प्रदान गर्ने क्रममा भइरहेको समस्या, उपकरणहरुको अभावसहित आर्थिक वर्ष २०७६/७७ मा गरिएको स्वास्थ्य गतिविधि तथा भावी कार्यक्रम ’bout जानकारी गराएका थिए ।

दुई दिनसम्म चल्ने कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मातहतका १८ वटै स्थानिय तहमा कार्यरत स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी