Monday, May 17, 2021
Home Breaking News सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप, दुई प्रहरी घाइते

सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप, दुई प्रहरी घाइते

चार राउण्ड हवाई फायर

,

राजविराज । सप्तरीमा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपका क्रममा दुई जना प्रहरी घाइते भएका छन् ।
झडप भएको ठाउँबाट प्रहरीले तस्करले प्रयोग गरेको एक थान मोटरसाइकल बरामद गरेको छ ।

राजविराज नगरपालिका १३ मुसहरनियाँस्थित नहर सडक खण्ड हुँदै केही दिनदेखि रातीको समयमा तस्करहरु सक्रिय भएको तथा भारतबाट भन्सार छलेर विभिन्न सामाग्रि भित्राउने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सूचना प्राप्त भएपछि उक्त क्षेत्रलाई निगरानीमा राखिएको थियो । सोही क्रममा मंगलबार राती १०ः३० बजेतिर भन्सार छलेर चार पाँच वटा मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको सरसामान नियन्त्रणमा लिने तथा तस्करहरुलाई पक्राउ गर्न खोज्दा तस्कर समूह र प्रहरीबीच झडप भएको हो ।

प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार प्रहरीले पक्राउ गरेका सात/आठ जना तस्करहरुलाई छुटाउन स्थानिय केही व्यक्ति समेत मिलेर प्रहरीमाथी घरेलु हतियारले आक्रमण सुरु गरेका थिए ।सो क्रममा प्रहरी हवलदार कमलदेव यादव र प्रहरी जवान दिपेन्द्र साह घाइते भएका छन् । दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीमाथी आक्रमण हुन थालेपछि जिल्ला प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मी पठाइएको र सुरक्षाका लागि चार राउण्ड हवाई फायर गरिएपछि तस्करहरु फरार भएको प्रहरी उपरिक्षक धमलाले बताए ।

घटनास्थलबाट प्रहरीले तस्करहरुले प्रयोग गरेका मध्येका एक जनाको मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका सात÷आठ जना तस्करलाई छाडिदिन ४०÷५० जनाको संख्यामा जम्मा भएका स्थानियले छाडिदिन चर्को दबाब दिएका थिए । तर प्रहरीले नमानेपछि केही स्थानिय र तस्करहरु मिलेर आक्रमण सुरु गरेको प्रहरीको भनाई छ । प्रहरी उपरिक्षक धमलाले घटनामा संलग्न अपराधिहरुको व्यापक रुपमा खोजिकार्य भइरहेको जानकारी दिएका छन् ।

(Visited 164 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना नियन्त्रणमा अन्तर्राष्ट्रिय क्षेत्र सक्रिय

काठमाडौं । अन्तर्राष्ट्रिय क्षेत्रले नेपालमा कोभिड नियन्त्रणका लागि पहल अघि बढाएका छन् । नेपालमा कोभिड–१९ दोस्रो लहर फैलिएसँगै दैनिक संक्रमित र मृत्यु हुने दर...

ग्रान्डी अस्पतालले बिरामीसंग क्षमा माग्दै भन्याे ‘अक्सिजन सकियाे,अब नयाँ बिरामी भर्ना लिँदैनाैं’

काठमाडाैं ।  काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना...

भारतमा कोभिड संक्रमित घट्न थाले, २४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा,...

कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी...

माधव नेपालसहित चार नेताकाे कार्वाही फुकुवा

काठमाडाैं ।  नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र...

ट्रेन्डिङ

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई...

१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री...

मुक्तक संसार : मुक्तकिला मनका सारथि

यिनलाई चिन्नुभयो ? उही क्या त, प्रत्येक सोमबार राति दस बजेपछि रेडियो नेपालमा पोटिला मुक्तक लिएर गुञ्जन छन् नि ! हो अब भने ठ्याक्कै...

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

राज्य सिर्जित विभेद

विश्व परिदृश्यमा नै समाजको चरित्र विभेदजन्य छ । मानव सभ्यता जब ढुंगे युगबाट कृषियुगमा प्रवेश ग¥यो, तब समाजमा विभेद र थिचोमिचो सुरु भयो ।...

संक्रमितका लागि तत्काल औषधि र अक्सिजन व्यवस्था गर : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति सहज व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले मंगलबार...

महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी घोषणा

काठमाडौं । मंसिर दोस्रो साता हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । उनले सोमबार...

फूलपातीबाट टिभीमा ‘समर लभ’

काठमाडौं । सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’ मा आधारित सिनेमा ‘समर लभ’ले यही फूलपातीबाट स्याटालाइट यात्रा थालेको छ । निर्देशक मुस्कान ढकालले फिल्म...

भलिबल पहिलो प्रेम : कप्तान अरुणा

काठमाडौं । हरेक आमा बुबाले जस्तै कमला शाही र कुबीर शाहीले पनि सोचेका थिए, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन ? चिन्ता स्वभाविक...

‘मसंगको सम्बन्ध दुरुपयोग गरेर मेरा आफन्तले लाभको पद लिएका छैनन्’

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले आफ्ना कुनै पनि नातेदारले लाभको पद नलिएको बताएका छन् । ‘परिवारका कुनै सदस्य वा नाता सम्बन्धमा रहेका...

नेकपा संकटमा ‘आइसब्रेक’ !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

सिड्नीमा ३० वर्षयताकै ठूलो वर्षा, महिनौदेखिको डढेलो निभ्यो

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ । वर्षापछि आएको बाढीका कारण सिड्नीमा यातायात सेवा अस्तव्यस्त बनेको छ भने जनजीवन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)