सुनाम, कुनाम वा बदनाम कुन रोज्ने ?

नामका पनि भेद छन् : कुनाम, सुनाम र बदनाम । जीवनकालमा समाज र राष्ट्रका लागि भलाइ हुने काम गर्ने व्यक्ति वा व्यक्तित्व प्रशंसनीय हुन्छन् । पौराणिक कालमा गौतम बुद्ध, राजा जनक, सीता, भृकुटीले समाजमा सुनाम कमाएर गए । असल छाप छाडेर अस्ताए । राजनीति क्षेत्रमा देशको इतिहासलाई गर्व गर्न लायक बनाउन सफल राष्ट्र निर्माता पृथ्वीनारायण शाह, भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापाले देशका लागि ठूलो योगदान दिएर अस्ताए । समयको मागअनुसार देशको लागि जीवन अर्पन गरे । उनीहरूको नाम सुन्दा अहिले पनि सच्चा नेपालीको शीर श्रद्घाले झुक्छ । गर्वको अनुभूति हुन्छ ।

यसैगरी, प्रजातन्त्रका सेनानी विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारीलगायतका नेतागणले पनि इतिहासको कालखण्डमा समाज र देशको लागि योगदान दिए । समाजले बिर्सन नसक्ने काम गरेर गए । सुनाम फैलाएर अस्ताए । अहिले समाजले उनीहरूको योगदानको कदर गरेको छ । इतिहासका विभिन्न कालखण्डमा समाज र देशका लागि सत्कर्म गरेर योगदान दिने वीर वीरङ्गनाको योगदानको ’boutमा अध्ययन गर्दा हाम्रो मुटु गर्वले फुल्दछ । शिर ठाडो हुन्छ ।

अहिले निःस्वार्थ भई समाज र देशको हितमा काम गर्नेभन्दा आफ्नो स्वार्थ सिद्घ गर्नेको बिगबिगी छ । देशमा असल काम गरेर सुनाम कमाउने राजनेताको अभाव छ । आदर्श समाज निर्माण गर्ने अनुशासित व्यवस्थापकको खडेरी छ । समाजमा भ्रष्ट आचार, लोभ, लालच, बिचौलियालगायत सम्पत्ति आर्जनका लागि जस्तोसुकै अपराध कर्म गर्न पछि नहट्ने आर्थिक समूहको चलखेल छ । समाजका विभिन्न तह र तप्कामा काम गर्ने व्यक्ति वा व्यक्तित्व लोभ, लालच र स्वार्थमा लागेको देखिन्छ । वर्तमान समाजमा देखापर्ने घटनाको अनुभूतिले मानिस बदनाम हुनबाट डराउन छाडेको भान हुन्छ । समाज अराजक बन्दै गएको अनुभूति हुन्छ ।

इतिहासमा नेपाली समाजले प्रजातन्त्र वा लोकतन्त्रका लागि लामो संघर्ष ग¥यो । राजनीतिक व्यवस्था फेरिँदै गए । नागरिकले मौलिक अधिकार प्राप्त गरे । तर, प्राप्त अधिकार पूरा गर्ने र गराउने दिशामा न त राज्य नै लाग्यो न त समाजका अग्रज नै । अहिले समाजमा अधिकारका विषयले ठाउँ पाउने गरेका छन् । मानिसको कर्तव्य छायामा पर्दै गएको अवस्था छ । कर्तव्यबिनाको अधिकारले व्यक्ति, समाज र देशको भलो हुन सक्दैन । कर्तव्यबिना राज्यका निकाय अनुशासित हुन सक्दैनन् । सामाजिक सद्भाव कायम हुन सक्दैन ।

प्रजातान्त्रिक अभ्यासका तीन दशकमा देशको राजनीतिक विसंगतिले गर्दा सामाजिक मनोविज्ञानमा नकारात्मक प्रभाव परेको छ । राजनीतिक क्षेत्र सबै मानिस खराब छन् भन्न खोजिएको होइन । तथापि एउटा भिंmगाले गिलास भरिको दूध प्रदूषित गराएजस्तै केही खराब आचरण भएका मानिसले यो क्षेत्रलाई बदनाम गरेका छन् । राजनीतिक क्षेत्रबाट देशमा हुने गरेका ठूलाठूला भ्रष्टाचार प्रकरणले गर्दा राजनीति गर्ने समूहप्रति नै नागरिकको वितृष्णा बढ्दो छ । धन आर्जनलाई नै जीवनको उद्देश्य बनाउनेले कहिल्यै सुनाम कमाउन सक्दैनन् ।

इतिहासमा राम्रो काम गरेर सामाजिक प्रतिष्ठा आर्जन गरेका अधिकारयुक्त पदमा पुगेपछि लोभ, लालच र तृष्णाको रापबाट जोगिएर असल काम गर्न चुकिरहेका छन् ।

त्यसो त भ्रष्टाचार मौलाउनुमा शासक र प्रशासकको मात्र दोष छैन । आफ्नो दुहुनो सोभ्mयाउनका लागि घुस खुवाउने नागरिक पनि त्यत्तिकै दोषी छन् । जति मूल्य बढाए पनि सामाग्री किन्न तछाडमछाड गर्ने नेपाली उपभोक्ता उत्तिकै दोषी छन् । पृथ्वीनारायण शाहको दिव्य उपदेशमा घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन भनिएको छ । राजनीतिक क्षेत्रलाई भ्रष्ट बनाउनमा देशका ठूल्ठूला ठेकेदार, व्यापारी, बिचौलियाको मुख्य हात रहेको पाइन्छ । यदि नागरिकले राजनीतिक नेतृत्व र कर्मचारीलाई घुस दिएर आप्mनो स्वार्थ पूरा गर्ने कार्य बन्द गरेमा भ्रष्टाचार स्वतः कम हुँदै जान्छ । विश्व प्रख्यात कवि कार्ल कोरसले भ्रष्टाचार अत्यन्तै खराब कार्य भएको र यसले भ्रष्टलाई नैतिक पतन गराउनुका साथै सम्पूर्ण देशको नैतिकता नै ध्वस्त पार्ने धारणा राखेका छन् ।

देशको राजनीतिक क्षेत्र प्रदूषित भएकाले समाजका हरेक क्षेत्र प्रभावित भएका छन् । समाजमा सत्कर्म गर्ने चिन्तन र निःस्वार्थ भावनामा ह्रास आउनु आदर्श समाजको विपरीत कुरा हो । समाजमा ठूलालाई इज्जत, सानोलाई माया, सहिष्णु आचरण, लोक कल्याणकारी काम र सकारात्मक सोंचको अभाव हुँदै गएमा समाज लथालिंग हुन्छ । अराजक बन्छ, राजनीतिक क्षेत्रका कतिपय नेतागणले स्वार्थको चस्मा लगाएकाले हेक्का नै नभइकन बदनाम कमाइरहेका छन् । इतिहासमा राम्रो काम गरेर सामाजिक प्रतिष्ठा आर्जन गरेका अधिकारयुक्त पदमा पुगेपछि लोभ, लालच र तृष्णाको रापबाट जोगिएर असल काम गर्न चुकिरहेका छन् ।

कुनामदेखि तर्सनुपर्दछ र सुनाम आर्जन गर्ने बाटोमा लाग्नुपर्दछ

सुनाम त्यो हो, जसले पदमा रहन्जेल मात्र नभएर उसले गरेको कामले समाज, राष्ट्र र सिंगो देशको भाग्य र भविष्यमा ठूलो योगदान पु¥याएको हुन्छ । दृष्टान्तका लागि दक्षिण अफ्रिकाका राजनेता नेल्सन मन्डेला । उनको नामलिँदा अफ्रिकी जनतालाई मात्र नभएर विश्व जगत्का नागरिकले उनले गरेका कार्यहरूबाट प्रेरणा लिने गर्दछन् । उनको बायोग्राफी अध्ययन गर्दा पाठकहरूले ऊर्जा प्राप्त गर्दछन् । यसैगरी, भारतका महात्मा गान्धी, सिंगापुरका लि क्वान युलगायतका राजनेताको कामले ती देशहरूले स्वाधीनता, स्वतन्त्रता र विकासको रस पान गर्न सफल भए । देशको विकास र नागरिकको भविष्य निर्माण गर्न सफल भए ।

त्यसो त मनिसका दृष्टिकोण फरक हुन्छन् । फरक दृष्टिकोण नभएको भए महाभारतको युद्ध हुने थिएन । महाभारतको युद्धमा धृतराष्ट्र र दुर्योधनले कुनाम कमाए । उनीहरूबाट समाजले राम्रो काम सिक्ने ठाउँ भएन । अर्जुन र विदुरले सुनाम कमाए । पाण्डवले सत्यको बाटोमा लागेको हुनाले सुनाम कमाउन सफल भए । सत्य मेव जयते भनिन्छ, सत्य तीतो हुन्छ । पच्दैन । सत्यको बाटो पनि असजिलो हुन्छ । तर, अन्त्यमा सत्यको जित हुन्छ भन्ने कुरा मानिसले बिर्सनुहुँदैन ।

समसामयिक नेपाली समाजको अध्ययनले राज्य सत्तामा मात्तिनेले सत्यको पहिचान गर्न नसक्दा रहेछन् भन्ने कुराको सन्देश दिन्छ । खराब नियतले काम गरिरहेको ठाउँमा सज्जनले इज्जत पाउँदैनन् । भरखर सेवाबाट निवृत्त भएका कुलमान घिसिङको पक्षमा सिंगो समाजले हृदयदेखि नै सम्मान व्यक्त ग¥यो । उनको कामको अनुभव सबै नागरिकले देख्न पाए । भोग्न पाए । अनुभव गर्न पाए । उनको पक्षमा नेपालीले आवाज उठाए । तर, राज्यले उनको कामको सम्मान गर्न सकेन । उनको सुनामप्रति राज्य चिढिएको छ ।

नाममा भेदहरूमा के कमाउने सुनाम, कुनाम वा बदनाम भन्ने कुरा व्यक्तिले गर्ने कर्मको आधारमा आर्जन हुन्छ । बदनाम कार्यमा अभ्यस्त भइरहेकाको हातमा सत्ताको बागडोर भएसम्म सुशासन र असल कार्य हुन सक्दैन । खराब नियत भएका सत्ता र भत्तामा रहुन्जेल आनन्दको अनुभूति गरे तापनि इतिहासले उनीलाई बद्नामको पगरी गुथाइदिनेछ । उनीहरू अहिलेको समाजमा मात्र नभएर आगामी पुस्ताका पनि नफरतका पात्र साबित हुन्छन् । त्यसैले, जीवनमा आआप्mनो ठाउँबाट असल काम गर्नुपर्दछ ।

कुनै पनि पद, पेसा वा स्थानमा रहेका व्यक्ति एवं व्यक्तित्वले आफ्नो गन्तव्य निर्धारण गर्न आवश्यक हुन्छ । माहुरी भएर उड्न सकियो भने फूलमा गएर बस्न सकिन्छ । सुगन्धित रसपान गर्न सकिन्छ । जम्मा गरेको फूलको रसबाट मह बनाउन सकिन्छ । झिंगा भएर उडियो भने उसको गन्तन्व्य फोहर हो । ऊ फोहरमा गएर बस्छ । त्यो फोहर आफूले मात्र उपयोग गर्दैन, अरूलाई समेत रोग सार्दछ । एउटा भिंmगाबाट सरेको रोगले समाज महामारी फैलिन सक्दछ । त्यसैले हामीले अरुको कुभलो होइन, भलो हुने काम गर्नु पर्दछ । बदनामदेखि डराउनुपर्दछ । कुनामदेखि तर्सनुपर्दछ । सुनाम आर्जन गर्ने बाटोमा लाग्नु पर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 319 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मतगणना धमाधमः कांग्रेस एमालेबीच नै टक्कर