प्रदेश १ मा गठन भयो नेपाल चलचित्र कलाकार संघ

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको प्रदेश १ मा प्रदेश शाखा गठन भएको छ । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यतामा इटहरीमा सम्पन्न कलाकारहरूको भेलाले अभिनेता पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय तर्दर्थ समिति गठन गरेको छ ।

सो समितिको सहसंयोजकमा दिनेश कोइराला र सदस्यहरूमा भीम लामा, जतिन ताम्राकार, माधव पौडेल खत्री, लेजिना सुवेदी, रेश्मा घिमिरे, प्रवलदीप विश्वास, नवीन सुब्बा, रेखा लिम्बु, गणेश राउत, मिलन सुवेदी, हरिप्रसाद सुब्वा, मेघराज लिम्बु (गोपाल), श्याम कटवाल, ईश्वर गुरुङ, सुजन ढकाल, शारदा शाक्य, ममता चौधरी, धर्मेन्द्र आचार्य र तुलसी घिमिरे छन् ।

प्रदेश १ का चलचित्र कलाकारलाई संघमा जोड्नका लागि शाखा गठन गरिएको संयोजक पुष्प श्रेष्ठले कार्यक्रममा बताए । भेलाको सभापतित्व चलचित्र निर्देशक समाजका सचिव अरुणकुमार प्रधानले गरेका थिए । यो शाखाले कलाकारको हकहितका लागि उल्लेख्य कार्य गर्ने विश्वास प्रधानले व्यक्त गरे । सो कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी पर्शुराम चौधरीलगायत पूर्वाञ्चलका विभिन्न संघसंस्थाका प्रतिनिधि अतिथि थिए ।

नेपाल चलचित्र कलाकार संघको विधानले नेपाल राज्यभरि र प्रवासमा समेत शाखा खोल्ने व्यवस्था भएकाले प्रदेश १ शाखा गठन भएको केन्द्रीय अध्यक्ष रवीन्द्र खड्काले बताए । खड्काका अनुसार यसरी गठन भएका शाखाहरूले केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय भएपछि वा अनुमोदन भएपछि वैधानिकता प्राप्त गर्नेछन् । विधानको व्यवस्था अनुरूप नेपालका सातवटै प्रदेशमा शाखा खोल्ने प्रकया तयारी भइरहेको पनि अध्यक्ष खड्काले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार