उच्च अदालतको ८४ न्यायाधीश सरुवा सिफारिस

काठमाडौं । न्यायपरिषद्ले देशभरका उच्च अदालतमा कार्यरत ८४ न्यायाधीश सरुवा सिफारिस गरेको छ । परिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीहरूको सरुवा गर्नेछन् ।

न्यायपरिषद्को बुधबार बसेको बैठकले दुई वर्षदेखि कार्यरत न्यायाधीशको सरुवा सिफारिस गरेको हो । परिषद्ले न्यायाधीश प्रकाशचन्द्र गजुरेललाई राजविराज इजलासबाट उच्च अदालत जनकपुरमा सरुवा गरेको छ ।

त्यस्तै, पाटन उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास सरुवा भएका छन् । सुर्खेत उच्च अदालतबाट न्यायाधीश विनोद शर्मा उच्च अदालत पाटन सरुवा भएका छन् । उनीहरू दसैंपछिमात्रै अदालतमा हाजिर हुन्छन् । यसअघि, न्याय परिषद्ले गत सातामात्रै ठूलो संख्यामा जिल्ला न्यायाधीश सरुवा गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 459 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरको मेयर माओवादीलाई छाडेको भन्दै चितवन कांग्रेस सभापतिको कार्यकक्षमा तालाबन्दी