दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नं १ लप्चीवासीलाई चीन सरकारले चरणका लागि खर्कमा रोक लगाएको छ ।
२०४२ साल देखी नेपाल सरकारले दोलखाको बिगु गाउँपालिका वडा नं १ लमाबगरमा सिमा प्रशासन कार्यालय स्थापना गरि दुई देश बिच सहमती गर्दै लप्चीवासीलाई चरनका लागि खर्क उपयोग गर्न छुट दिएकोमा यस बर्षबाट रोक लगाएको हो ।
नेपालका लप्चीवासीको पेशा चौरिपालन भएकोले खर्कमा रोक लगाएपछि उनीहरु समस्यामा परेको गाउँपालिका अध्यक्ष युधिष्टिर खड्काले बताए । २०७२ सालको भुकम्पपछि चीन सरकारले लप्चीको सिमानामा छरिएर रहेका बस्तीहरुलाई एकिकृत बस्तीका रुपमा स्थान्तरण गरेपछि नेपालीहरुलाई यतिबेला दैनिक उपभोग्य बस्तु खरिदमा समेत समस्या परेको छ ।
चीनीया नागरिकलाई समेत चीन सरकारले अनुमती बिना नेपाल प्रवेशमा रोक लगाएको छ । नेपालीहरुलाई चीनीया भुभाग प्रवेशमा रोक लगाएपछि लप्चीबासी थप पिडामा परेका छन् । लप्चीवासीको उद्धारको लागी सरकारी निकायले पहल गरिदिन बिगु गाउँपालिका अध्यक्ष खड्काले आग्रह गरेका छन् ।
नेपालीहरुलाई चीनीया भुभाग प्रवेशमा रोक लगाएपछि लप्चीबासी थप पिडामा परेका छन्
दोलखाको चीन जोड्ने उत्तरी नाका लामाबगरमा सशस्त्र प्रहरी बलको ‘बिओपी’ स्थापनाको उद्घाटन समारोहमा बिगु गाउँपालिकाका अध्यक्षले अब सिमनाबाट हुने चोरी शिकारी नियान्त्रण हुने बिश्वास गरेका छन ।
गत असार २९ को मन्त्रीपरिषद्को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा बिगु गाउँपालिका वडा २ लामाबगरमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो । दोलखाको सिमनामा नेपालका ५५,५६,५७,५८,५९, ६० र ६१ नम्बरमा सात वटा पिलर रहेका छन् ।
सीमा र जनताको सुरक्षाका लागि सशस्त्र प्रहरी बलले लामाबरमा अहिले अस्थायी प्रकृतिको पोष्ट स्थापना गरेको छ । बिगुगाउँपालिकाले सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि १५ रोपनी जमिन उपलब्ध गराउने निर्णय गरेको छ । अब क्याबिनेटकबाट मात्र पास गर्न बाँकी रहेकोछ ।
मातृभूमि रक्षाका लागि सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणका लागि स्थानीय, प्रदेश र संघ सरकार मिलेर अघि बढ्ने पालिकाले जनाएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले सीमा सुरक्षा पोष्ट स्थापना संगै सीमाबाट हुने चोरी निकासी नियान्त्रण हुने बताए ।
तत्काललाई प्रहरी निरीक्षक गोविन्द प्रसाद पोखरेलको नेतृत्वमा ५० जना सशस्त्र प्रहरीको टोली रहने छ । कोभिड १९ को कारण हाल २५ जनाको टोली मात्र लामाबगरमा नाकामा क्याम्प बनाएर बसेको छ ।