Friday, June 18, 2021
Home भर्खरै प्रदेश–२ का मुख्यमन्त्री राउतको पद धरापमा !

प्रदेश–२ का मुख्यमन्त्री राउतको पद धरापमा !

,

जनकपुरधाम । प्रदेश २ सरकारले काम नगरेको भनेर चारैतिर आलोचना भइरहेको बेला जनता समाजवादी पार्टीका नेताहरु सरकार परिवर्तनको मांग खुलेर गर्न थालेका छन । यसरी खुलेर मांग गर्न थालेपछि मुख्यमन्त्री लालबाबु राउतको कुर्सी खतरामा परेको विश्लेषण गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा तत्कालीन राजपा र समाजवादी पार्टीबीच एकतापछि भएको पहिलो संयुक्त संसदीय दलको बैठकमा सांसदले राउत नेतृत्वको सरकारको चर्को आलोचना गरेका छन् । हिजो बिहीबार मुख्यमन्त्री निवासमा बसेको दलको बैठकमा मुख्यमन्त्री राउतसँगै सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायले छोरालाई नै राखेर मन्त्रालय चलाएको भन्दै चर्को आलोचना भएको एक सांसदले बताए ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले जनताप्रति उत्तरदायी काम गर्न नसकेको र स्वेच्छाचारी ढंगले केहि व्यक्तिको ईशारामा पदीय मर्यादासमेत ख्यालै नगरी पदको दुरुपयोग गरेको सम्मका आरोप लगाएको छ ।

बैठकमा सहभागी अर्का प्रदेशसभा सदस्यका अनुसार बैठकमा बोलेका २४ जना सांसदमध्ये १९ जनाले प्रदेश सरकारको आलोचना गरेका थिए । उनका अनुसार सांसदहरू उपेन्द्र महतो, रीना यादव, मनिष सुमन, रमेश पटेल, गौरी नारायण साह, अशोक यादव, जानकी शरण साह, राम किशोर यादव, पारसप्रसाद साह, जयनुल राइन, प्रहलाद गिरी, बबिता यादव, सुरिता साह, रानी शर्मा तिवारी, नेत्रविक्रम साह, शेख अब्दुल कलाम, संजय यादव र विन्देश्वरप्रसाद यादवले सरकारको खुलेरै आलोचना गरेका थिए ।

विधान बनिसकेपछि दसैं, दीपावली तथा छठलगतै नयाँ संसदीय दलको चयन प्रक्रिया अघि बढ्ने, दलको नेता सहमतिअनुसार नचुनिए निर्वाचनमार्फत नै चयन गरिने

तीमध्यै केहीले तत्काल मुख्यमन्त्रीसहित मन्त्रीहरू हेरफेर गर्नुपर्ने बताएका थिए । यसैगरी सांसदहरू बच्चा यादव र रामअशिष यादव तटस्थ धारणा राखेका थिए भने सिंहासन सिंह कलवार, जनत अन्सारी र परमेश्वर साहले सरकारको खुलेरै प्रशंसा गरेका थिए । परमेश्वर यो सरकारबाट सबैभन्दा बढी लाभ लिने सांसदको रुपमा चिनिने गरिन्छ ।

बैठकमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेशमा काम गर्न खेपेका चुनौती र गरेका कामको व्याख्या गर्दै मन्त्री र कर्मचारीले आफूलाई नटेरेको गुनासो पोखेका थिए । बैठकमा सहभागी सांसदका अनुसार नयाँ चुनिने संसदीय दलको नेतालाई आफूले समेत स्वीकार गर्ने उनले बताएका थिए ।

हालसम्म तत्कालीन राजपा र समाजवादी पार्टीको अलगअलग संसदीय दलका नेता रहेकाले पार्टी समायोजनपछि नयाँ संसदीय दलका लागि विधान बनाउन पाँच सदस्यीय विधाययन समिति गठन भएको छ । समितिमा प्रदेशसभा सदस्यहरू मनिष सुमन, उपेन्द्र महतो, रामअशिष यादव, परमेश्वर साह र रानी शर्मा तिवारी रहेका छन् । सो समितिलाई सातदिनको समय दिइएको छ ।

आन्तरिका मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार पार्टी अध्यक्ष यादवले एक साताभित्र विधान बनाएर केन्द्रीय समितिलाई बुझाउन भनेका छन् । ‘हाम्रो पार्टीको पहिलेको विधान छँदैछ । त्यसैलाई तलमाथि गर्ने र केही बुँदा मात्र परिवर्तन गर्नुपर्ने छ । दुई दिनभित्रै विधान बनिहाल्छ,’ उनले भने ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जनता समाजवादी पार्टी नेपाल गठन भएको ६ महिना वितिसक्दा पनि प्रदेशसभामा सांसदहरु दुई दलको रुपमा बाँडिएर बस्दै आएका छन् । उनीहरुले सेवा सुविधा पनि फरक फरक दलको नाममा बुझ्दै आएका छन् ।

विधान बनिसकेपछि दसैं, दीपावली तथा छठलगतै नयाँ संसदीय दलको चयन प्रक्रिया अघि बढ्ने मन्त्री यादवको भनाइ छ । दलको नेता सहमतिअनुसार नचुनिए निर्वाचनमार्फत नै चयन गरिने उनले बताए । संसदीय दलका नेताका लागि मुख्यमन्त्री राउतसँगै भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, सांसदहरू रामअशिष यादव, उपेन्द्र महतो, मनिष सुमनले केन्द्रीय नेतृत्वसमक्ष लबिङ तीब्र बनाएका छन् ।

यस्तै, पछिल्लो समय ती नेताहरूले सांसदहरूलाई आफ्नो पक्षमा तान्ने प्रयास जारी राखेका छन् । तर, बैठकमा जसपा अध्यक्ष यादवले भने संसदीय दलका नेता को बन्ने वा नबन्ने विषयमा केही नबोलेको कानुनमन्त्री यादवको भनाइ छ । ‘हामीलाई वैकल्पिक राजनीतिक शक्ति बन्नुपर्ने भएकाले त्यहीअनुरूप प्रदेश सरकारले काम गर्नसक्नुपर्छ भनेर भन्नुभयो,’ उनले थपे ।

(Visited 333 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

साताका लोकप्रिय समाचार

अब ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने...

अस्वभाविक सेयर मूल्य बढाउने ५१ कम्पनीलाई कार्वाही ! (सूचीसहित)

  काठमाडाैं ।  सेयर बजारमा ‘कर्नरिङ’ हुने गरेको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पुष्टि गरेको छ । बोर्डले गरेको अध्ययनले ५१ वटा कम्पनीको सेयरमा कर्नरिङ...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने

काठमाडौं । सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने प्रक्रिया सुरु गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य...

ट्रेन्डिङ

अदालतको आदेश अवज्ञा गर्दै नगरप्रमुख

बारा । बाराको महागढिमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले अदालतको आदेश अवज्ञा गर्दै मन्दिर शिलान्यास गरेका छन् । नगरपालिकाले वडा नम्वर २ बरैया टोलमा सार्वजनिक...

एमसिसी देशको पक्षमा छ : ऊर्जामन्त्री रायमाझीले

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको...

सांसद प्रभु साह : जसले जनतालाई बुझाउछन् वार्षिक हिसाबकिताब

रौतहट । रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आर्थिक वर्ष २०७६÷०७७ मा आफ्नो निर्वाचन क्षेत्रमा भएका काम कारवाहीको विवरण सार्वजनिक गरेका छन्...

विपद् कोषमा थन्कियो ४ अर्ब

काठमाडौं । सरकारी विपद् कोषमा ४ अर्बभन्दा बढी रकम मौज्दात छ तर बाढीपहिरोबाट प्रभावित भएका झन्डै ७ हजारले प्रभावकारी रूपमा राहत पाउन नसकेको देखिएको...

रुपन्देहीकाे गाई फारममा पाँच जनाकाे सामुहिक हत्या

लुम्बिनी । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा...

सिरिया युद्धमा ३ लाख ८४ हजारको मृत्यु

बेरुत । सिरियामा जारी युद्ध नवौं वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्चमा सुरु भएको गृहयुद्धका कारण १ लाख १६ हजार सर्वसाधारणले...

दुई पक्षको नक्कली फेसबुक बनाएर चरित्रहत्या

काठमाडौँ । एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न...

चेल्सीको पुनरागमन

लन्डन । लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । चेल्सीले घरेलु टोली एस्टन भिल्लालाई २–१ को जित निकाल्दै शीर्ष चारमा...

कंगनालाई उर्मिलाको चेतावनी

मुम्बई । बलिउड अभिनेत्री उर्मिला मातोडकर यतिबेला शिबसेना पार्टीमा आबद्ध भएकी छन् । अर्की अभिनेत्री कंगना रनौतले शिवसेनाको गतिविधिको विरोध गरिरहेको बेला उनी यो...

तेनाली रामामा निरिषा बनिन् चिनिया युवती

काठमाडौं । नेपाली अभिनेत्री निरिषा बस्नेत पछिल्लो समय मुम्बईका विभिन्न टेलिफिल्ममा छाउन थालेकी छन् । यसैक्रममा उनले नयाँ धारावाहिक टेली शृंखला ‘तेनाली रामा’मा काम...

सर्लाहीमा एकै दिन ९९ जना कोरोना संक्रमित थपिए

सर्लाही । सर्लाहीमा आज (सोमबार) एकै दिन ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय, सर्लाहीको तथ्यांक अनुसार सर्लाहीमा आज सबैभन्दा...

रुसी विपक्षी नेता नल्भानी एयपोर्टबाटै पक्राउ

म्युनिख । स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै एयरपोर्टबाटै हिरासतमा लिइएको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)