Saturday, October 31, 2020
Home बिचार संघीय संविधान र शासकीय संस्कारको द्धन्द

संघीय संविधान र शासकीय संस्कारको द्धन्द

संविधान राज्यको मुल कानून हो । राज्य शक्तिको बाँडफाँड गर्ने दस्तावेज हो । यो राज्य संचालनकर्ताको लागि मागदर्शन कानून हो । यो शासक र नागरिक बीच शासकीय पद्धति र प्रणालिको सम्बन्धमा भएको सामाजिक सम्झौता हो । जसले शासकीय अधिकारको प्रयोगलाई वैधानिकताको कसिमा जाँच्ने आधार प्रदान गर्दछ । यो सभ्यताको परिचायक पनि हो ।

संघीयता राष्ट्र भित्रका फरक फरक एकाईहरुबाट राज्य शक्तिको अभ्यास गर्ने शासकीय स्वरुप हो । विधायकी, कार्यकारीणी र न्यायिक अधिकार राज्यका फरक फरक एकाईबाट अभ्यास गर्ने शासकीय शैली हो । यो सन्जालीकृत शासन व्यवस्था हो । जनताको नजिकबाट शासन गर्ने व्यवस्था हो । गाउँ–गाउँमा सिंघदरबार स्थापना पर्ने शासकीय व्यवस्था हो । शासकीय अधिकार विकेन्द्रीकरणको उच्चतम विन्दु संघीयता हो । यसमा राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको अभ्यास राज्यको तल्लो तहबाट गरिन्छ । आर्थिकसामाजिक रुपान्तरण एवं विकास र समृद्धिको जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्व समेत शासकीय तहमा नै रहन्छ । संघलाई बाह्य सुरक्षा, नीतिगत स्थिरता र स्थायित्वको अधिकार, प्रदेशलाई विकास निर्माणको अधिकार र स्थानीय तहलाई सार्वजनिक सेवा प्रवाहको अधिकार अभ्यास गर्ने परिकल्पना नेपालको संविधानले गरेको छ ।

दुई शताब्दी भन्दा बढी एकात्मक राज्य व्यवस्था रहेको नेपालमा संघीयताको अभ्यास भएको अर्ध दशक पार भएको छ । यो बीचमा संघीयता कार्यन्वयनको सवालमा उल्लेख्य बहस र छलफल भएका छन । निजामती प्रशासन र प्रहरी प्रशासनको संघीय ढाँचामा रुपान्तरण गर्ने अभियान विट मार्ने चरणमा पुगेको छ । वित्तीय संघीयताको अभ्याससमेत सबल बन्दै छ । राजनीतिक दलहरुले समेत संघीय संरचना अनुसारका आफ्ना संगठनहरु निर्माण गरिरहेको छ भने सबै तहमा निर्वाचित पदाधिकारीहरुले जिम्मेवारी लिएको समेत ३ बर्ष भन्दा बढी भइसकेको छ ।

एकात्मक राज्य व्यवस्थामा अभ्यस्त नेपालको लागि संघीयता नौलो अभ्यास हो । त्यसैले संघीयता कार्यन्वयनले जुन गति पकड्नु प-र्थो त्यो गति पकड्न सकेन । कतिपय अवस्थामा संघीयताको लयलाई समेत समात्न सकेन । प्रदेश सरकार बनेको २ बर्ष भन्दा बढी हुँदा समेत २ वटा प्रदेशले आफ्नो प्रदेशको नाम र राजधानी अझै निश्चित गर्न सकेको छैन । राजधानी र नामाकरण यकिन गर्ने प्रदेशहरुसमेत उपयुक्त नाम र स्थान छनौटमा चुकेको तथा प्रदेश सभाले स्वायत्तताको अधिकार गुमाएको भन्ने जस्ता आलोचनाबाट मुक्त हुन सकेन ।

संविधानमा उल्लेखित साझा अधिकारको सम्बन्धमा संघले समयमा कानून नबनाउँदा प्रदेश र स्थानीय तहले शासकीय अभ्यास आङ फुकाएर गर्न नपाएको गुनासो गर्दै आएको छ

नामकरण र स्थान छनौटमा भएको केन्द्रीय हस्तक्षेप संघीयताको मर्म विपरीत रहेको विज्ञहरुको राय रहेको छ । लुम्बिनी प्रदेशको राजधानी रहेको स्थानको छनौट सम्बन्धमा विधायकहरुले देखाएको आक्रोस र क्रियाकलाप संसदीय मर्यादा बिपरीत थियो भने संघीयताको मर्म अनुसार अभ्यास गर्न नपाएको अभद्र गुनासो पनि हो । निजामती कर्मचारी समायोजन समेत कर्मचारीको तत्कालीन सेवाका शर्त र सुविधालाई कुण्ठित गरेको तथा संघीय निजामती सेवासम्बन्धी कानून नबनाई लागु गरिएको कारण नतिजामुखी हुन सकेन । संघीय राजधानीको सुरक्षा व्यवस्था संघीय प्रहरीबाट गर्ने व्यवस्था राखी गरेको संघीय प्रहरी समायोजन सम्बन्धी कानूनी व्यवस्थामा बागमती प्रदेशले आफ्नो अधिकार खोसिएको अनुभूति गरेको छ भने प्रहरी संगठन भित्र असन्तुष्टि बढेको छ । प्रदेशको महत्वपूर्ण प्राकृतिक स्रोतको रुपमा रहेको सागरनाथ बन भोगचलन सम्बन्धमा प्रदेश नंं. २ र संघ बीचको विवाद अदालतले फैसला गर्नुपर्ने अवस्थामा पुग्यो ।

संविधानमा उल्लेखित साझा अधिकारको सम्बन्धमा संघले समयमा कानून नबनाउँदा प्रदेश र स्थानीय तहले शासकीय अभ्यास आङ फुकाएर गर्न नपाएको गुनासो गर्दै आएको छ । समयमा संघीय निजमाती सेवा ऐन र कर्मचारी पदपूर्ति सम्बन्धी मागदर्शन कानून नबन्दा प्रदेश र स्थानीय तहले कर्मचारी व्यवस्थापन गर्न पाएको छैन । हाम्रो संघीयता समन्वय, सहकार्य र सहकारीतामा आधारित छ । तर व्यवहारमा एकले अर्कोलाई सहयोग र समन्वय नगरेको गुनासो व्याप्त छ । संघ र प्रदेशले अनावश्यक हस्तक्षेप गरेको स्थानीय सरकार गुनासो रहेको छ । कार्यक्षेत्र र जिम्मेवारी अधिक दिएको र साधन स्रोत केन्द्रमा अधिक राखेको उसको सिकायत छ । साझा अधिकार र स्थानीय तहको कार्यक्षेत्रमा समेत संघ र प्रदेशले छुट्टाछुट्टै कार्यक्रम कार्यन्वयन गर्ने, कार्यन्वयन संयन्त्र स्थापना गर्ने जस्ता कार्य संघीयताको भावना विपरित रहेको स्थानीय सरकारको बुझाई रहेको छ । ठूला पूर्वाधार विकासमा स्थानीय प्राथमिकता र आवश्यकतालाई संघ र प्रदेशले सम्वोधन गर्न नसकेको जस्ता गुनासो स्थानीय सरकारमा व्याप्त छ । आफ्नो निर्देशन र आदेश पालना नगर्ने स्थानीय तहहरु लगाम विनाको घोडाजस्ता भएको प्रदेश र संघको ठम्याई छ । पालिकाहरु वडा कार्यालयहरुको सेवा प्रवाहलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन, सेवा सुविधा व्यवस्थापन र अधिकार प्रत्यायोजन गर्न चुकेको जस्ता आलोचनाबाट उम्कन सकेको देखिदैन । संघीय र प्रदेशका सांसदहरु वडा अध्यक्षभन्दा कमजोर भइयो भनेर वकालत गर्दै छन ।

तीनै तहको सरकारको शासकीय शैली र अभ्यासलाई नजिकबाट नियाल्ने हो भने हाम्रो शासकहरु शक्ति केन्द्रीत मानसिकताबाट ग्रसित छन भन्ने महसुुस हुन्छ । शक्ति संचय गर्ने होडबाजी चलेको देखिन्छ । नागरिक सेवा प्रभावकारी बनाउन होइन आफूलाई शक्तिशाली बनाउने पर्यत्नमा छन भन्ने लखकाट्न सकिन्छ

नागरिकहरुलाई घर आँगनको सरकार सबल चाहिएको छ । नागरिक आफ्ना हरेक सरोकारको बिषयमा बोलाउँदा सुन्ने ठाउँको सरकारबाट सम्बोधन होस भन्ने चाहन्छन । जन्म देखि मृत्यु संस्कारसम्मका नागरिकका क्रियाकलापमा सहभागि हुने सरकार चाहिएको छ नेपाली समाजलाई । पालिकाबाट होइन वडा कार्यालयबाट सबै सेवा प्रवाह होस भन्ने चाहन्छन आम नागरिक । नागरिकलाई हरेक समस्या र समाधानको सम्भावना देख्ने स्वच्छ र सक्षम सरकार चाहिएको छ । पहुँच र प्रभाव विना, विचौलियाको प्रयोग नगरीकन र थप दस्तुर र नजराना भुक्तानी नगरे पनि मुस्कान सहितको सेवा दिने सरकार चाहिएको छ नेपालीलाई ।

संघीयताको ५ बर्षे अभ्यास र भोगाईको मिहिन अध्ययन गर्ने हो तीन तहको सरकार बीच पर्याप्त सहकार्य हुन नसकेको आभास हुन्छ । तीनै तहको सरकारको शासकीय शैली र अभ्यासलाई नजिकबाट नियाल्ने हो भने हाम्रो शासकहरु शक्ति केन्द्रीत मानसिकताबाट ग्रसित छन भन्ने महसुुस हुन्छ । शक्ति संचय गर्ने होडबाजी चलेको देखिन्छ । नागरिक सेवा प्रभावकारी बनाउन होइन आफूलाई शक्तिशाली बनाउने पर्यत्नमा छन भन्ने लखकाट्न सकिन्छ । अधिकार तल्लो तहलाई निक्षेपण गरे कमजोर र निम्छरो भइने डर नेतृत्वमा व्याप्त छ । सबै सरकार आफूसम्म अधिकार आओस तलतिर नजाओस भन्ने मानसिकता हुर्काउँदैछन । शक्तिका वरिपरिमात्र भक्ति गाउनेहरु हुन्छन भनी दिक्षीत हाम्रो नेतृत्व संज्ञानले भन्दा शक्तिले सामथ्र्य नाप्दै छन । संविधानले दिएको एकल अधिकारको कुशल अभ्यास गर्न नसक्ने तर अर्काको अधिकारमा हस्तक्षेत गर्न उद्धत छन सबै सरकार । सबै शासकलाई ‘पपुलारिटी मेनिया’ले गाँजेको छ । सफलता लिने, अकुशलता अघिल्ला शासक र विपक्षीलाई दोषारोपण गरेर उम्कने शासकीय मनोविज्ञान जब्बर बन्दै छ । जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्वबाट भाग्ने कोसिस गर्दैछन । शक्ति संघर्षले अकुशलता निम्त्याउँछ । संघीय शासन माथि आलोचना चुलिदै जान्छ र व्यवस्था परिवर्तनको आधार बन्दछ । संघीयताले विदाईको साइत कुरेर बसेको छ भन्ने मत बाक्लिदै गएको छ ।

शासकीय शक्ति अभ्यास गर्ने व्यवस्था र नेतृत्व फेरेको जनताबाट शासकीय संस्कार फेर्न नसकेको आमनागरिकको अनुभूति रहेको छ । शासन व्यवस्था परिवर्तन गर्ने नेपाली जनता केन्द्रीकृत र भक्तिमा आधारित शासनको रौं चिरा गर्नबाट चुकेको आभाष भएको छ । सवारी र सडक जतिसुकै राम्रो र सुविधा सम्पन्न भएपनि चालकको संस्कार ठीक नभए दुर्घटना अवस्यभावी छ भन्ने कथन महाव्यधी कारोना भाइरसको नियन्त्रणमा देखिएको शासकीय अकुशलता र अभ्यासले प्रमाणित गरिसकेको छ । समाजवाद उन्मुख अर्थतन्त्रको जगमा फुल्ने समृद्ध नेपाल सुखी नेपालीको सपना संस्कार परिवर्तन नगरेसम्म प्राप्त नहुने लगभग निश्चित भइसक्यो ।

ढिलो चाँडो संस्कार परिवर्तनलाई स्वीकार नगरेसम्म ‘डेलिभरी’ र ‘गर्भनेन्स’लाई प्रभावकारी बनाउन सकिदैन । ‘डेलिभरी’ र ‘गर्भनेन्स’ बलियो नभएसम्म मुलक बन्दैन । यो अभियानलाई सार्थक बनाउन पाटि भन्दा माथि, बाद भन्दा पृथक निष्ठा, आदर्श र सादगी नागरिक र नेतृत्व चाहिएको छ

हाम्रा हरेक क्रान्ति र आन्दोलनहरु उल्टोे चक्रमा हिडेको प्रमाण हो संस्कार परिवर्तन विनाका व्यवस्था परिवर्तन । लड्नु पर्ने संस्कार परिवर्तनको लडाई, लडिएछ व्यवस्था परिवर्तनको । ७ दशकमा ७ वटा संविधान जारी ग-यौ, शासकीय स्वरुप परिवर्तन गरायौ तर नेपालीको अवस्था परिवर्तन गर्न नसक्नुको सवेद कारण हो संस्कार परिवर्तन । शताव्दी देखिको मलजलमा हुर्केको खराब संस्कारमा सहजै सुधार हुने देखिदैन । बल्की नयाँ नयाँ स्वरुपमा देखा पर्दैछ । संस्कार परिवर्तनको क्रान्ति शासन व्यवस्थाको क्रान्ति भन्दा झन पिडादायक र लामो हुने देखिन्छ । यो संस्कार परिवर्तनको आन्दोलन आफूबाट सुरु गर्नुपर्ने छ आजका युवा बर्गले, नागरिक समाज, विद्धत बर्ग अनि आमनागरिकले । शक्तिको भक्तिमा लिप्त युवा बर्ग सहजै यो अभियानमा सामेल हुने देखिदैन । नेतृत्वको गलत कार्यको नतमस्तक भएर स्वीकार गर्ने आजको युवापक्ति नेतृत्वउपरको शक्तिहिनता, डर र त्रास कायम रहेसम्म यो अवस्था रहिरहन्छ । फुनगीको पाउँमा लिप्त कार्यकर्ता र दलीयकरणमा आधारित दोहन, दादागिरी र दलालीमा अभिसप्त युवा आवाज यो अभियानका जघन्य अवरोध हुन ।

आज हामिलाई वादको उल्झन भन्दा संस्कारको विसंगती महँगो भएको छ । यो अभियानमा व्यक्तिगत त्याग बढी हुनेछ । स्वाभावैले आफूलाई अहित हुने कुरामा मनुष्यको अरुची बढी हुन्छ । ढिलो चाँडो संस्कार परिवर्तनलाई स्वीकार नगरेसम्म ‘डेलिभरी’ र ‘गर्भनेन्स’लाई प्रभावकारी बनाउन सकिदैन । ‘डेलिभरी’ र ‘गर्भनेन्स’ बलियो नभएसम्म मुलक बन्दैन । यो अभियानलाई सार्थक बनाउन पाटि भन्दा माथि, बाद भन्दा पृथक निष्ठा, आदर्श र सादगी नागरिक र नेतृत्व चाहिएको छ । युवाको आँट र साहस, नागरिक समाजको खबरदारी र आमसँचारको माध्यमबाट व्यापक बहस गरी शासकीय सोच, शैली र व्यवहारलाई जनजनमा पु-याउनु पर्नेे छ । सुशासन, सदाचार र नैतिकतामा अब्बल नागरिकलाई नेतृत्वमा प्रवद्र्धन गरिनुपर्दछ । ‘हाम्रो भन्दा राम्रो’लाई चयन गर्ने थिति बसाल्नु पर्ने छ । लोककल्याणकारी राज्य व्यवस्थाका मूल्यहरु प्राप्त गर्न शासकीय संस्कारलाई शिरमा राख्ने नेतृत्व खोजी आम नागरिकको आजको कर्तव्य हो । यसलाई गाँस, बास, कपास जस्ता आमनागरिकलाई आधारभूत अधिकार कै रुपमा बहस गर्नु पर्ने देखिन्छ ।

(Visited 420 times, 1 visits today)
Loading comments...

आजको समाचार

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

साताका लोकप्रिय समाचार

कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

यस्ताे छ गायिका नवनीतकाे दसैं गीत

काठमाडौं। लोक गायिका नवनीत आदित्य वाइबाले दशैँको महिमा झल्काउने 'तिन धाङ तिन धाङ मादल बज्यो' बोलको गीतको भिडियो सार्वजनिक गरेकी छिन्। गायिका नवनीत आदित्य वाइबाको...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

सामसुङका अध्यक्ष ली कुन–हीको निधन

सियोल । विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उहाँ ७८ वर्षका हुनुहुन्थ्यो । कम्पनीले जारी...

ट्रेन्डिङ

लकडाउन ५ जेठसम्म थपियो

काठमाडौं । सरकारले लकडाउनलाई ५ जेठसम्म थप्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २५ वैशाखमा सकिन लागेको लकडाउन थप्ने निर्णय गरेको हो...

आफ्नै भए पनि, दक्ष त खोजौं

हामो देशमा आर्थिक विकास र सुशासनको पर्खाइमा रहेका नागरिकले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक हिनामिना, ढिलासुस्ति, दलगत आन्तरिक द्वन्द्व, कलह, महँगीलगायतका विषयमा आधारित बनेका...

सचिव फेरबदल हुने क्रम बढ्दै, यस्ता छन् बिदा हुने र नयाँ आउने सचिव

काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर...

२ सय ७० जना सिनेकर्मीलाई राहत सामग्री

काठमाडौं । लकडाउनका कारण करिब आठ सातादेखि कामविहीन भएर अभाव झेलेका २ सय ७० जना सिनेकर्मीलाई शुक्रबार एक समारोहबीच काठमाडौंमा खाद्यान्न राहत प्रदान गरिएको...

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच टेलिफोन वार्ता

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार टेलिफोनवार्ता भएको छ । सो अवसरमा दुइ देशका...

दसैं मान्न दुई लाख यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं । कोरोना संक्रमणका कारण यस वर्ष थोरै मान्छेले मात्रै काठमाडौं छाडे । विभिन्न नाकाहरुबाट उपत्यका छाड्ने यात्रुको संख्या दुई लाखको हाराहारीमा रहेको छ...

उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण, औपचारिक पुष्टि हुन बाँकी

उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्रियुगा नगरपालिका– ३ भुल्केस्थित जामे मस्जिदमा रहेका...

कोरोना संकट सामनातर्फको यात्रा

मानव इतिहास र सभ्यताको विकासमा सदैव प्रकृति र मानवको अनवरत युद्ध जारी छ । आज फेरि उही प्रकृतिको अर्को विनाशकारी स्वरूप भाइरसविरुद्ध...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

भर्खरै

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

टिकाको दिन कुमार बिकको खुट्टा छिनाउने पक्राउ

तुलसीपुर । तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका...

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडाैं ।  धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा...

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

धेरै पढिएका

बाबुले गराइदिए छोराको चौरासी पूजा

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

विदेशमा यो साता थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार...

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि आमन्त्रण गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक अगाडि सभापति देउवाले सोमबारका लागि...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)