Sunday, May 9, 2021
Home Not-to-be-missed सरकारी अस्पतालका डाक्टरलाई क्लिनिक खोल्न दुरी तोकिन्छ : मन्त्री ढकाल

सरकारी अस्पतालका डाक्टरलाई क्लिनिक खोल्न दुरी तोकिन्छ : मन्त्री ढकाल

,



मोरङ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले निश्चित दुरी छाडेर मात्र क्लिनिक सञ्चालन गर्ने परिपाटी बसाइने बताएका छन् । शनिवार विराटनगरमा विराट एक्स्पोको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री ढकालले भने,‘सरकारी अस्पतालमा सम्पर्क बिन्दु राख्ने अनि छेउमै टाँसेर क्लिनिक सञ्चालन गर्ने काम बन्द हुनुपर्छ ।’ नजिकैको क्लिनिकमा सरकारी अस्पतालको डाक्टर भन्दै ठूलो विज्ञापन गर्दै निजीलाई प्रोत्साहित गर्नु दुरुपयोग हो मन्त्री ढकालले भने त्यसलाई समयक्रममा सुधारीने छ ।’


स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले एक नम्बर १ मा रहेको संघीय सरकार मातहतको कोशी अस्पतालको क्षमता विस्तारमा सरकारको ध्यान गएको बताए । उनले कोशी अस्पताललाई मुकलुकै नमुना बनाई सर्वसाधारण जनताहरुले सुलभ ढंगले स्वास्थ्य परिक्षण गर्ने ठाउँको रुपमा विकास गर्नुपर्ने बताए । उनले भने सवैभन्दा पहिला कोशी अञ्चल अस्पतालले भोगिरहेको दुर्दशाबाट मुक्त गर्नुपर्ने बताए । उनले भने,‘सुकम्बासीको बस्तिको जस्तो घेरीएर, टहराहरुको बिचमा कैदी जीवन बिताइरहेको कोशी अंचल अस्पताल सवैभन्दा पहिलो त्यो दुर्दशाबाट मुक्त हुनुपर्छ,त्यसमा केन्द्रीय सरकारको ध्यान गइसकेको छ ।’ कोशी अस्पतालको स्तर बृद्धि गर्न साधन, स्रोत र पैसाको अभाव नहुने भन्दै मन्त्री ढिकालले विकास गर्न सक्ने व्यवस्थापनको जिम्मा लिने पक्ष तयार हुनुपर्नेमा जोड दिए ।


राजनितिक अस्थिरता हुँदा मात्र आफ्नो भविष्य देख्ने नेताको मनोबृत्ति मुलुकमा स्थायीत्व र स्थिरताको निम्ति पनि बाधक बनेको उनले आरोप लगाए । जनतालाई स्थिर सरकार आएर राम्रै भएको छ, मन्त्री ढकालले भने तर ६–६ महिनामा मन्त्रि नफेरीदा मन्त्री मण्डलमा समावेश हुनबाट बञ्चित भएको पिडा बोक्नेका कारण अराजकता र अस्थिरता ननिम्त्योस भन्नेमा सवै नेपाली सचेत हुन आवश्यक रहेको बताए ।
यस्तै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री प्रदर्शनी स्थल निर्माणको लागि रित पु¥याएर आए संघीय सरकार बाधक नबन्ने बताए । त्यसले यसकालागि सवैले आ–आफ्नो जिम्मेवारी पुरा गरेर अघि बढ्न सुझाव दिए । विकास निर्माण सवै तहमा भएकाले गर्ने हो भन्दै उनले भने,‘जनताले विकास गर्न ज–जसलाई जिम्मा दिएका छन्, नबाझिकन, अन्तरबिरोध कायम नगरिकन हामी जनताको सेवामा समर्पित गर्ने गरि लाग्ने हो ।


मन्त्री ढकालले समापनको दिनमा समेत देखिएको सहभागिताले एक्स्पो भव्यरुपमा सफल भएको अनुभूति आफूलाई भएको प्रतिक्रिया दिए ।
समापन समारोहमा विराटनगरपालिकाका मेयर भीम पराजुलीले औद्योगिक तथा कृषि प्रदर्शनीका लागि स्थायी स्थल बनाउन आवश्यक रहेको बताए । उनले यसकालागि सरकारी जग्गा प्रर्याप्त रहेको भन्दै संघीय सरकारलाई सहयोग गर्न आग्रह गरे । महानगरपालिका आर्थिक सिमितताका कारण गर्न नसकेको भन्दै उनले निजी क्षेत्र र तीनै तहका सरकारको पहलमा निर्माण गर्नुपर्नेमा जोड दिए । यस्तै उनले कोशी अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए ।


उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रदर्शनी स्थल नहुँदा निजी क्षेत्रले पिडा भोग्नुपरिरहेको बताए । ‘सरकारी प्रकृयाका कारण हामी दिक्क भइसकेका छौं’, उनले भने,‘सरकार साझेदार नबन्ने हो भने निजी क्षेत्र आफैले निर्माण गर्ने छ ।’एक्स्पोका संयोजक भोलेश्वर दुलालले प्रदर्शनी मेलाले सवै खालका साना ठूला उद्योगहरुका उत्पादन प्रवद्र्धनमा सहयोग पुगेको बताए । मेलामा ३ लाख ५० हजारजना भन्दा बढीले अवलोकन गरेको उनले जानकारी दिए ।

(Visited 644 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

साताका लोकप्रिय समाचार

उपत्यकाको निषेधाज्ञा एक साता थपियाे, अब थप कडा

काठमाडाैं ।  काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । अागामी दिनमा निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले...

सेती प्रादेशिक अस्पतालमा थप छको कोरोनाबाट मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो पटक मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ७७...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

ट्रेन्डिङ

वाग्मती प्रदेशका मन्त्री नेपालको सक्रियता

सिन्धुपाल्चोक । बाढी पहिरो लगायत प्राकृतिक विपत्तीको सामना गरिरहेको सिन्धुपाल्चोकका तीन स्थानीय सरकारलाई वाग्मती प्रदेश सरकारले विस्थापितहरुलाई राहत र उद्धारका लागि सहयोग गर्ने निर्णय...

सबै प्रदेशमा खटाइए डीआईजी, कहाँ को ?

काठमाडौं । गृह मन्त्रालयले हालै बढुवा भएका सबै डीआईजीलाई जिम्मेवारी दिंदै पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक...

हजार आइसोलेसन बेड तयारी अवस्थामा

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । स्वास्थ्य...

जलविद्युत् आयोजना निर्माण कार्य ठप्प

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण देश लकडाउन भएपछि निर्माणाधीन जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । यसरी आयोजनाको काम रोक्किँदा लागतसमेत बढ्ने देखिन्छ...

१७ किलाे मलका लागि चार दिन

एक पाखे घाम टाउकैमा आएर ठोक्किएजस्तो छ । खल्खली पसिना । ठाडो उकालो बाटो । धादिङबेसी बजारबाट पश्चिमको सेउली बजारको उकालो निकै बिरसिलो लाग्छ...

प्रधानमन्त्री निवासमा याेगासन (फाेटाेफिचर)

काठमाडाैं ।  राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीलगायतले पलेँटी कसेर याेग गरेका छन् ।  प्रधानमन्त्रीले कोरोनापछि...

एकै थलोमा १० देशका लोकनृत्य

काठमाडौं । यतिबेला नेपालमा विभिन्न देशका कलाकार आफ्ना लोकनृत्य प्रस्तुत गर्न व्यस्त छन् । एभरेस्ट नेपाल कल्चरल गु्रपको अगुवाइमा शनिबारबाट सुरु भएको १०औं संस्करणको...

बाजुरामा ट्याक्टर दुर्घटना, चालकसहित ९ जना घाइते

बाजुरा । जिल्लाको गौमुल गाउँपालिकामा मंगलबार बिहान ट्याक्टर दुर्घटना भएको छ । गाउँपालिकाको वडा नं. ६ स्थित निलासेनबाट घट्मुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त...

दैलेखमा सरकारी विद्यालयको लोकप्रियता

दैलेख । शहर देखी ग्रामिण भेगका अधिकांस सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । ग्रामिण भेगका सामुदायिक विद्यालयले नर्सरी देखी अंगे्रजी माध्यमबाट अध्यापन...

आँगनमा डोजर चल्न थाल्यो, जाने ठाउँ छैन

चुरे मकवानपुर । मकवानपुरको एक निजी उद्योगले आफ्नो स्वार्थको लागि खानी उत्खनन् गर्दा स्थानीय सर्वसाधारणको घरवास उठेको छ । हेटौंडामा उद्योग रहेको रिद्धिसिद्धि सिमेन्ट...

सावधान ! दाेस्रो लहरको जोखिम बढ्यो, सर्तक रहनुहोस्

काठमाडाैं । बढ्दो हेलचेक्र्याइँ र बेवास्ताका कारण कोरोना संक्रमणको दोस्रो लहरको जोखिम अत्यधिक बढेको छ । त्यसैले, फेरि एकपटक सबै जना चनाखो हँुदै सावधानी...

लमजुङमा थप ३ जनामा डेंगु संक्रमण पुष्टि

लमजुङ । लमजुङमा थप ३ जनामा डेंगु संक्रमणको पुष्टि भएको छ । बेसीशहर नगरपालिकाका स्थायी बासिन्दा उनीहरूको उमेर १७ वर्षदेखि २९ वर्षीय रहेका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)