गालीबाट म विचलित भएको छैन : घनश्याम भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले गालीबाट विचलित नभएको बताएका छन् । मन्त्री भुसालले ४० औ विश्व खाद्य दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । मन्त्री भुसालले इतिहासका असफलता र असक्षमताका कारण वर्तमानले गाली खानु परिहेको उल्लेख गर्दै गालीबाट विचलित नभइ आफु अघि बढ्नुको विकल्प नरहेको बताए । उनले कृषि क्षेत्रको विकासका लागि कम्तिमा पनि हरेक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था अनिवार्य शर्त भएको बताए ।

मन्त्री भुसालले खाद्य बाली जीवनको अस्तित्वसँग जोडिएकोले संविधानले खाद्य अधिकार र खाद्य सम्प्रभुताको ग्यारेन्टी गरेको बताए । स्वास्थकर खान पाउने अधिकारको विषय संवैधानिक र राजनीतिकरुपमा सम्बोधन गर्न अझ धेरै बाँकी रहेको बताए । मन्त्री भुसालले त्यसका लागि कृषि प्राविधिकहरुले आफ्नो क्षेत्रमात्र नभइ समग्र कृृषि क्षेत्र विकासको सोच राखेर अघि बढ्नुपर्ने आवश्यकता बताए । उनले भने,‘म मन्त्री भएर आएपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग राय सुझावका लागि ८ सयभन्दा बढीसँग भेट गरेँ तर अधिकांश कृषि विज्ञको सोचाइ असाध्य प्राविधिक छ, माटो विज्ञ माटोमा मात्रै केन्द्रित भएको छ, कीट विज्ञ त्यसैभित्र हराएका छन्, । यसरी कृषि क्षेत्रको विकास हुनसक्दैन, कृषि क्षेत्रको विकासका लागि समग्र कृषिको सुधार हुने गरी सोच्नुपर्छ, ’मन्त्री भुसालले भने ।

मन्त्री भुसालले उत्पादनमा मात्र जोड नदिई वितरणमा समेत उत्तिकै जोड दिए उत्पादन भएको खाद्यान्न समान रूपमा वितरण हुने बताए ।

अब फरक तरिकाले खेती गर्नुपर्छ

खाद्यका लागि कृषि अभियनता उद्धव अधिकारीले कृषि विकासको लागि अब फरक तरिकाले सोच्नुपर्ने बताए । उनले रासायनक केमिकल हालेर धरै र ठूलो उत्पादन गर्ने तर्फ लाग्नाले कृषिलाई जंघारतिर धकेलिरहेको बताए । उनले वर्षेनी कृषि उपजको आयात उच्च हुने हो । कृषि प्रधान भनेर चिनिने देशलाई कृषि उपज आयात गर्ने देश भनेर चिनिने बताउँदै रासायनिक खेती गरेर पनि उत्पादन नबढकोले अब प्रांगारिक खेतीतर्फ नै जोड दिनुपर्ने बताए । ‘हामीले रासायनि मल प्रयोग गरेपनि उत्पादन बढ्न सकेको छैन ।

मन्त्रालयलमा प्रांगरिक कृषि प्रवद्धनका लागि कार्यदल गठन भएपनि केही काम हुन नसकेको बताउँदै उनले भने, ‘प्रांगरिक कृषिका लागि कार्यदल गठन भएको थियो । कार्यदलले प्रतिवेदन बनाएर बुझाएको पनि थियो । अहिलेसम्म केही प्रतिक्रिया आएको छैन ।’

कृषि विभागका महानिर्देशक डा.गोविन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कृषि मन्त्रालयका सचिव राजेन्द्र भारीले सबैको खाद्यको पहँुच पुर्याउन र दीगो विकासको लागि मन्त्रालयले कृषको वर्गीकरणको लागि आवश्यक काम गरिरहेको बताए ।

कृषि विज्ञ डा कृष्ण पौडेलले ४० आंै विश्व खाद्य दिवसको साताव्यापी अभियानले विद्यमान खाना र खेतीपाती प्रणालीलाई परिवर्तन गर्नुृपर्ने विषयलाई थप उजागार गरेको बताए । साताव्यापि कार्यक्रममा खाद्य तथा कृषिसँग सम्वन्धित १४ वटा सम्वाद भएको र २६० जनाले टिप्पणी गरेको उनले जानकारी गराए । उक्त कार्यक्रमका लागि चार लाख ५० हजार रुपैयाँ खर्च भएको र केही रकम बचतसमेत भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनराज र मञ्जु जीत नजिक