Saturday, October 31, 2020
Home भर्खरै अन्योलमा ओली, दाहाल र प्रदेश पदाधिकारी छलफल

अन्योलमा ओली, दाहाल र प्रदेश पदाधिकारी छलफल

नेकपा कर्णाली प्रदेश सत्ता संघर्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र कर्णाली प्रदेश पदाधिकारी छलफल अन्योलमा परेको छ । कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेकपाकै १८ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि विवाद बढेको हो ।

कर्णाली प्रदेश विवाद समाधानका लागि ओली र दाहालले ‘सबै पक्षस“ग संयुक्त छलफल गर्ने’ भन्दै काठमाडौं बोलाएका हुन् । तर, बिहीबार नै गर्ने भनिएको छलफल ‘अब कहिले हुने ?’ भन्ने अनिश्चित बनेको छ ।

नेकपा कर्णाली प्रदेशका एक सांसदले ‘काठमाडौं आएको दुई दिन बितिसक्दा पनि छलफल कहिले हुने ? भन्ने निश्चित नभएको’ बताए । दसैं लागिसकेकाले आज शनिबार पनि छलफल नभए आफूहरू जिल्ला फर्किने उनले प्रस्ट पारे ।
‘काठमाडौं बोलाइयो तर छलफल कहिले गर्ने कुनै टुंगो छैन,’ ती सांसदले शुक्रबार साझ राजधानीसँग भने, ‘समय नै नदिएपछि किन बोलाउनु ? दसैं लागिसक्यो काठमाडौंमै बस्ने कुरा भएन । शनिबार पनि छलफल भएन भने हामी जिल्ला फर्किन्छौं, यहाँ कुरेर काम छैन ।’

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीको कार्य व्यस्तताका कारण छलफल अनिश्चित बनेको छ । बिहीबारका लागि तय छलफल ओलीले समय नदिएकै कारण अनिश्चित बनेको स्रोतको दावी छ । शनिबार छलफल हुने भनिए पनि समय अझै निश्चित भएको छैन ।

कर्णाली प्रदेश सांसद एवं अविश्वास प्रस्ताव दर्ता गर्ने नेता यमलाल कँडेलले पार्टीको निर्देशनअनुसार आफूहरू काठमाडौं आएको बताउ“दै अहिलेसम्म छलफलका लागि समय नपाएको जानकारी दिए ।

‘पार्टी निर्देशन भयो हामी काठमाडौं आयौं तर छलफल कहिले हुने हो थाहा छैन,’ कँडेलले भने, ‘सम्भवतः शनिबार छलफल हुनसक्ने भए पनि समय अझै तोकिएको छैन ।’

दाहालले भेटे असन्तुष्ट नेता
यसैबीच, नेकपा अध्यक्ष दाहालले कर्णाली प्रदेशका असन्तुष्ट नेतालाई शुक्रबार भेटेका छन् । अविश्वास प्रस्ताव दर्ता गर्ने कँडेल, नेकपा प्रदेश कमिटी सचिव मायाप्रसाद शर्मा, निलम्बित प्रमुख सचेतक गुलाबजंग शाहीलगायत नेतासग दाहालले छलफल गरेका छन् ।

दाहालले पार्टीको स्थायी कमिटी निर्णयअनुसार संघीय र प्रदेश सरकार पुनर्गठन तयारी भइरहेकै बेला अविश्वास प्रस्ताव आउनुले समस्या थपेको बताए । छलफलमा सहभागी शर्माका अनुसार ‘दाहालले अविश्वास प्रस्तावले अन्य प्रदेशमा समेत समस्या बढाउनसक्ने भन्दै अविश्वास प्रस्ताव दर्ता गर्नुअघि पार्टीमा छलफल गर्दा राम्रो हुने’ बताएका छन् ।

‘हामीले प्रदेशमा देखिएको समस्याबारे कुरा राख्यौं, अध्यक्ष कमरेड प्रचण्डले सबै कुरा सुन्नुभयो,’ शर्माले भने, ‘उहाँले हाम्रो कुरा सुनेपछि एकपटक पार्टीमा सल्लाह गरेको भए राम्रो हुन्थ्यो भन्नुभयो ।’

छलफलमा सहभागी अर्का एक नेताका अनुसार दाहालले अविश्वास प्रस्तावले अन्य प्रदेशमा समेत भाँडभैलो मच्चिनसक्ने औंल्याए थिए । पार्टी एकतालाई नै प्रभाव पार्नेगरी अविश्वास प्रस्ताव सबैतिर आउन थालेपछि समस्या बढ्दै जाने प्रचण्डले उल्लेख गरेका हुन् ।

‘अविश्वास प्रस्तावले कुनै अमुक व्यक्तिलाई फाइदा त होला तर देश र जनतालाई कही“कतै फाइदा गर्दैन,’ दाहालको भनाई उद्धृत गर्दै ती सांसदले भने, ‘यसले पार्टी एकतालाई समेत प्रभावित पार्न सक्छ, स्थायी कमिटीको निर्णयअनुसार हामी संघीय र प्रदेश सरकार पुनर्गठन गृहकार्यमा रहेकै बेला अविश्वास प्रस्ताव नआउँदा सही हुन्थ्यो ।’

असन्तुष्ट नेतासँग शुक्रबार छलफल गरेका दाहालले बिहीबार मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सांसद चन्द्रबहादुर शाहीलगायतसँग छलफल गरे । वरिष्ठ नेता माधवकुमार नेपालको सहभागितामा भएको छलफलमा कर्णाली प्रदेशको अवस्थाबारे शाहीसहितका नेताले ‘ब्रिफिङ’ गरेका छन् ।

पार्टीका बहुमत सांसदले अविश्वास प्रस्ताव दर्ता गराएपछि संकटमा परेका मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गर्ने नेपालनिकटका सात सांसद सम्झौतापछि मंगलबार पछि हटेका थिए ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर । विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला...

मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

काठमाडौं । मुख्यसचिव शंकर बैरागीलाई कोरोना संक्रमण भएको छ । बैरागीले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले केही...

दसैं मान्न दुई लाख यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं । कोरोना संक्रमणका कारण यस वर्ष थोरै मान्छेले मात्रै काठमाडौं छाडे । विभिन्न नाकाहरुबाट उपत्यका छाड्ने यात्रुको संख्या दुई लाखको हाराहारीमा रहेको छ...

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ८ जना पक्राउ

काठमाडौ । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने ८ जनालाई ट्राफिक प्रहरीले दशै अवधिमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसाद चौधरी, दिपकबहादुर कुमाल, अभिनन्दन...

ट्रेन्डिङ

कावासोतीका क्वारेन्टाइनबाट फरार ३ जना भेटिए

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ ।शनिबार भारतबाट आएका एक जना...

जनप्रतिनिधिले तलबको सट्टा भत्ता पाउने

हेटौँडा । वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ...

मृतक अधिकांश दीर्घ रोगी, कोरोना थपिँदा धेरैको निधन

वीरगन्ज । वीरगन्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बाराको महागढिमाई नगरपालिका १० का ६० बर्षीय पुरुषको गएराति निधन भयो । उनी मधुमेयका दीर्घ रोगी...

सबै सीमा नाका बन्द गर्ने तयारी

काठमाडौं । नेपाल र भारतले सबै नाका बन्द गर्ने तयारी गरेका छन् । करिब १८ सय किलोमिटर सीमा–नाका अघोषित रूपमा बन्द गर्ने...

अब धोती पाटा फेरेर भान्सामा जाउँ

६ वर्ष पूरा हुन केही महिना बाँकी थियो, घरमा कुरा चल्यो ब्रतबन्धको । मलाईभन्दा पनि बालाई छोराको ब्रतबन्ध गर्ने रहर...

बागलुङ बाढी पहिरो: मृतकको पहिचानमा कठिनाइ, आठ जनाको सनाखत

बागलुङ । बागलुङको भुजीखोलाको बाढीले तटीय बस्ती बगाउँदा १४ जनाको मृत्यु भएको छ । जसमध्ये ८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय...

भारतमा कोरोनाबाट एकैदिनमा झण्डै २० हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या प्रतिदिन बृद्धि हुदै गएको छ । विश्वभरी महामारीका रूपमा फैलिएको महामारीबाट भारतमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी...

क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको रिपोर्ट नेगेटिभ

डडेल्धुरा । मंगलबार राति क्वारेनटाइनमा मृत्यु भएकी गन्यापधुरा गाउँपालिका २ बडालकी ३० वर्षीय सविता विकको कोराना परिक्षण नेगेटिभ आएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

रौनक नभएको दसैं

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण मुलुकको आर्थिक गतिविधि ठप्प भएको र कोरोना संक्रमितको संख्या पनि दैनिक रूपमा गुणात्मक हिसाबले बढेको छ...

हैदरावादसामू दिल्ली निरीह

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराईजर्स हैदराबादसामू दिल्ली क्यापिटल्स निरीह सावित भयो । हैदरावादले दिल्लीलाई ८८ रनले पराजित ग-र्यो...

सप्तरीमा मुस्लिम समुदायले मनाए पैगम्बरको जन्मजयन्ती (फोटो फिचर)

राजविराज । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९१ औं जन्म जयन्ति (मोहम्म्द डे) शुक्रबार विविध कार्यक्रमको आयोजना गरी सप्तरीमा मनाइएको छ । कोरोनाको...

दशैँमा सुनसान गुल्मीका शक्तिपिठ

तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक बाहुनगाउँस्थित कुमारीदेवी मन्दिरमा गत बर्ष सातवटा पञ्चल, १४ पाडा र २६ पाठा बली चढाइयो । उक्त बली चढाउदा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)