दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमितको संख्या एकै दिन दोब्बर

सोल । दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दोब्बर बनेको छ ।
शुक्रबारयता थप २ सय २९ जनामा कोभिड–१९ गराउने कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । योसँगै दक्षिण कोरियामा कुल ४३३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप एउटा गम्भीर चरणमा प्रवेश गरेको टिप्पणी गरेका छन् ।
अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् । हालसम्म दक्षिण कोरियामा दुई जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको संख्या बढ्न सक्ने देखिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ ।
अहिले डाएगुमा सडकहरू लगभग रित्तो देखिएका छन् । चीनमा अधिकारीहरूले नयाँ संक्रमण र मृत्यु हुने बिरामीको संख्या घटेको बताएकै बेला दक्षिण कोरियामा भने संक्रमित मानिसको संख्या बढेको छ । परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस संक्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ ।
चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस संक्रमणका घटनाको संख्या बढ्न थालेको भन्दै विश्व स्वास्थ्य संठनका प्रमुखले चिन्ता व्यक्त गरेका छन् । उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर साँघुरिँदै गएको चेतावनी दिएका छन् ।
चीनमा अहिलेसम्म ७७ हजार ९१७ जनामा संक्रमण भएको र २ हजार ३६१ जनाको मृत्यु भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा १ हजार २ सय जनाभन्दा बढीमा संक्रमण भएको र आठ जनाको मृत्यु भएको छ । जापानको तटनजिकै क्वारेन्टाइनमा राखिएको एउटा पानीजहाजमा ६ सय जनालाई पनि संक्रमण भएको पुष्टि भएको छ ।
दक्षिण कोरियामा एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको संक्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९ हजार सदस्यलाई आफैँ क्वारेन्टाइनमा बस्न भनेका छन् । चेओङ्डोबाट रोग फैलिएको अधिकारीहरूको आशंका छ ।
त्यहाँ सो धार्मिक समूहका संस्थापकका आफन्तको अन्तिम संस्कारमा धेरै अनुयायीहरू सहभागी भएका थिए । चीनका कारागारमा पनि कोरोनाभाइरस फैलिएको छ । विभिन्न कारागारभित्र रहेका ५ सय जनामा संक्रमण भएको पुष्टि भएको छ । तीमध्ये वुहानस्थित महिला कारागारमा भएका २३० जना छन् ।
पूर्वी प्रान्त शान्डोङ र दक्षिणपूर्वी प्रान्त जेजियाङका कारागारमा भएका कैदी पनि संक्रमित भएका छन् । बेइजिङस्थित एउटा अस्पतालमा भर्ना भएका ३६ जनामा पनि कोरोनाभाइरस भएको पुष्टि भएको छ । जापानको योकोहामामा १४ दिन रोकिएको पानीजहाजबाट कोरोनाभाइरस नभएको पुष्टि भएका यात्रुहरूलाई निस्किन दिइएको छ ।
तर उक्त पानीजहाजबाट आएका ११ अमेरिकी नागरिकमा स्वदेश आइपुगेपछि संक्रमण भएको पुष्टि भएको अधिकारीहरूले बताएका छन् । डाइमन्ड प्रिन्सेस नामक सो क्रुज पानीजहाजबाट ३ सय भन्दा बढी अमेरिकीहरू स्वदेश फर्किसकेका छन् । त्यसैगरी १५० भन्दा बढी अस्ट्रेलियालीहरूलाई सो पानीजहाजबाट उद्धार गरेर डार्विन लगिएको छ । उनीहरूलाई त्यहाँ दुई हप्ता क्वारेन्टाइनमा राखिनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 312 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हाम्रो पदयात्रा नसकिदैँ ढल्न सक्छः ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा–१८ मा फेरि मतगणना गर्न अदालतको आदेश