Saturday, October 31, 2020
Home बिचार स्वास्थ्यको बढ्दो संकटप्रति कहिले सचेत ?

स्वास्थ्यको बढ्दो संकटप्रति कहिले सचेत ?

महिनाैको लकडाउन र निषेधाज्ञाका बाबजुद कोभिड–१९ रोकथाम र नियन्त्रणमा सरकार नराम्ररी चुकेकाले मुलुकको अवस्था झन्झन् डरलाग्दो बन्दै गइरहेको छ । संक्रमितको पारो यति तीव्र गतिमा उकालिँदै छ कि नेपालले आफूभन्दा ४७ गुणा बढी जनसंख्या भएको चीनलाई उछिनिसकेको पनि साता दिन भइसकेको छ । आस्थाका धरोहर मन्दिरका ढोका थुनिए, स्कुल–कलेज बन्द भए, व्यापार–व्यवसाय ठप्प भए तथापि स्वास्थ्य संस्था अहोरात्र खटिरहेका र खुलिरहेका छन् ।
कोरोना खेलबाड होइन ः तनहँु भिमाद–६ का ‘एकै परिवारका तीनको मृत्यु, तीन आईसीयूमा र चार आइसोलेसनमा’ भन्दै एक राष्ट्रिय पत्रिकाले प्रमुख समाचार लेखी कोरोना केही होइन, रुघाखोकी जस्तै हो, बेसार पानी खाएर घर बसे हुन्छ, अस्पताल आउन पर्दैन भनेको सुन्दै, मान्दै र बस्दै गर्दा अन्तिममा अस्पताल जाँदा धन र ज्यान दुवै गयो भन्दै एक कारुणिक व्यथा उल्लेख गरेको छ । सरकारी गैरजिम्मेवारका कारण आफ्ना परिवार गुमाएका सञ्चारमाध्यममा आउन थालेका छन् । बाँकीका कुरा सुन्दा सामान्य जस्तै लागे पनि आफैंलाई पर्दा र आफ्ना गुमाउँदा कति भयानक र खतरनाक रहेछ भन्ने अनुभूति हुन्छ ।

कोरोनाले जति फोक्सोमा संक्रमण गराउन थाल्छ, त्यति नै संक्रमितलाई बाहिरबाट वैकल्पिक अक्सिजन दिनुपर्छ

परीक्षणमा वृद्धि, राम्रो कन्ट्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ पालना भए संक्रमणको दरमा कमी आउन सक्छ । संक्रमण दरमा क्रमिक सुधार नभए, अस्पतालमा भर्ना हुने र डिस्चार्ज हुने दरमा सन्तुलनमा ल्याउन नसके शøया पाउने अवस्था कठिन हुन सक्छ । सबै अस्पताललाई कोरोना अस्पतालमा परिणतको निर्णयपछि अन्य बिरामीको व्यवस्थापन झन् कठिन बनेको छ । उपत्यकामा संक्रमण दर एक अंकबाट दुई अंकमा उकालो निरन्तर लागिरहेकै छ । त्यसो त कोभिड संक्रमण दर २ प्रतिशतसम्म रहिरहे संक्रमितलाई जोखिम कम र स्वास्थ्य सेवा प्रणालीमा दबाब कम हुन्छ तर संक्रमणको दर १२ प्रतिशतभन्दा माथि जाँदा नियमित स्वास्थ्य प्रणाली प्रभावित भई बिरामीले तोकिएको समयमा उपचार पाउन सक्दैनन् । औषतमा एक बिरामी भर्ना भएपछि १४ दिनसम्म अस्पताल बस्छ । जुन अवस्था हिजोआज विद्यमान भइसकेको छ ।

आधा करोड पनि बसोबास नभएको उपत्यकामा संक्रमणको अवस्था भयावह उन्मुख छ, नियन्त्रणबाहिर जाने संकेत देखापरिरहेको छ

कोरोनाले जति फोक्सोमा संक्रमण गराउन थाल्छ, त्यति नै संक्रमितलाई बाहिरबाट वैकल्पिक अक्सिजन दिनुपर्छ । सुरुमा नेजल क्यानुलाबाट १ देखि २ लिटरप्रति मिनेटका दरले भएन भने हाइफ्लो नेजल क्यानुलाबाट ४० देखि ६० लिटरप्रति मिनेटका दरले र यदि भएन भने बाइप्याप मेसिनबाट अर्थात् ननइन्भेसिभ भेन्टिलेटर अक्सिजन सपोर्ट दिनपर्छ । थप नभए भेन्टिलेटर सपोर्टमा राख्नुपर्छ । आईसीयूमा उपचार गराउने बिरामीमध्ये हाल करिब ३० देखि ४० प्रतिशतसम्मको मृत्यु देखिएको र ७० प्रतिशतसम्म निको भएर बाहिर निस्केको देखिन्छ । त्यसैमा उचित समयमा अक्सिजन, रेम्डेसिभिर, प्लाज्माथेरापी चलाउन सकिए निको बनाउने दर बढ्छ ।

सुविधासहित समुदायस्तरमा तत्काल अक्सिजनसहितको सेन्टर वा अस्थायी संरचना बनाउँदा समस्या थप जटिल हुनबाट जोगाउन सकिन्छ । संक्रमितमध्ये लगभग ५ प्रतिशतलाई जटिल संक्रमण हुन सक्ने भएकाले भेन्टिलेटर र आईसीयूू चरणमा पुग्न नदिन अक्सिजन थेरापीले सहयोग गर्दछ । इन्टरनेसनल जर्नल अफ इन्फेक्टियस डिजिजको सेप्टेम्बर अंकमा राति भाइरस बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खड्किन नदिन फोक्सोका बिरामीले अक्सिजन थेरापी गर्नुपर्ने उल्लेख छ । शरीरमा भाइरस बढ्नेक्रम रोक्न तथा त्यसविरुद्धको प्रतिरक्षा प्रणालीलाई सुधार गर्न बेलुका दिइने अक्सिजन थेरापीले कोभिड १९ रोगीलाई थप जटिल हुनबाट बचाउने देखाएको छ । एन्टिभाइरल वा प्रतिरक्षा प्रणालीमा आधारित उपचार नभएको अवस्थामा रोगलाई सामान्यबाट जटिल अवस्थामा जानबाट रोक्न चुनौती छ ।

आइसोलेसनमा बसेको एक साता नाघे पनि न त स्थानीय सरकार, न त संघीय सरकारबाट निगरानी छ । मानसिक तनावमा छन् । शौचालय एउटै छ, कोठामा मिलेर ५/६ जना बसेका छन् । परिवारमा १० जना बढी छन् । शल्यक्रिया गरेका, ज्येष्ठ नागरिक, मधुमेह, श्वासप्रश्वासका बिरामी पनि सँगै छन्

होम आइसोलेसन/किरियापुत्री : स्वाब नमुना दिइसकेपछि पनि आफूलाई परिवार र समाजबाट अलग राख्नैपर्छ । परीक्षणमा नतिजा पोजेटिभ आए घरमा आइसोलेसनको मापदण्ड पूरा हुने भए घरमा नभए संस्थागत आइसोलेसन सेन्टरमा बस्नुपर्छ । लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई होम आइसोलेसनमा रहन तथा कडा लक्षण भएकालाई मात्र अस्पतालमा भर्ना गर्ने मन्त्रालयले गर्दछ । सीमित संस्थागत आइसोलेसन छन् र शøया खाली नहुदाँ होम आइसोलेसनमा बस्नैपर्छ । एकान्तवास वा महिनावारीमा पर सर्नु अर्थात् किरियापुत्रीसरह बस्नु नै आइसोलेसन हो ।

न्यूनतम संक्रमण रोकथाम र नियन्त्रण : आवश्यक न्यूनतम आधारभूत आवश्यक खानेकुरा, पिउने पानीलगायत व्यक्तिगत स्वास्थ्य र सरसफाइका लागि आवश्यक पटकपटक हात धुने र सुरक्षित शौचालय हुनुपर्छ । छुट्टै भाँडाकुँडा, सरसफाइ, घाममा सुकाई पुनः प्रयोग तथा व्यक्तिगत प्रयोगका सामानहरूको व्यवस्थापन हुनुपर्छ । बस्ने कोठा उज्यालो, घाम छिर्न सक्ने र हावा ओहोरदोहोर गर्ने हुनुपर्छ । घरबाहिर ननिस्कने, आफन्तसँग भेटघाट र सम्पर्क नगर्ने, यदि गर्नै परे फोन वा सामाजिक सञ्जालमार्फत गर्ने । भेटघाट गर्नुपर्ने भए न्यूनतम दुई मिटरको दूरी, दुवैले उचित मास्क लगाउने, आमनेसामने नहुने र बढीमा १५ मिनेटसम्म छोटो कुराकानी गर्नेगरी गर्न सकिन्छ ।

पटकपटक हात धुने खास गरी खोक्दा, हाच्छिउँ गर्दा श्वासप्रश्वास प्रणालीबाट निस्कने ड्रपलेट छोएको वा परेको अवस्थामा साथै खानाअघि र शौचालयपछि हातको सरसफाइ साबुनपानीले गर्नुपर्छ । खोक्दा, हाच्छिउँ गर्दा कुहिनाको भित्रि भागले वा टिस्यु पेपरले नाक, मुख छोप्ने, तुरुन्त पेपरलाई बिर्काेसहितको फोहर फ्याक्ने टोकरीमा फाल्ने र त्यसपछि नाक, मुख सफा गर्ने बानीको महत्वबारे सबैलाई बुझाई व्यवहारमा उतार्न लगाउनुपर्छ । अनावश्यक रूपमा नाक, मुख, ओठ, आँखा छुने बानीलाई निषेध गर्नुपर्छ । आइसोलेसनमा बसेकाले आवश्यक स्रोतसाधन सम्भव भए पल्स अक्सिमेट्री, औषधिको व्यवस्था गर्नुपर्छ । १४ दिनभित्र कुनै लक्षण देखिए स्वास्थ्यकर्मीसँग सल्लाह लिने र सास फेर्न गाह्रो, छाती दुख्ने, ओठ तथा अनुहार नीलो, होस हराए वा अन्य जटिल अवस्था देखिए आकस्मिक सम्झी सीआई टिमको स्वास्थ्यकर्मीलाई सम्पर्क गरी एम्बुलेन्समार्फत अस्पताल जानुपर्छ ।

होम आइसोलेसनलाई बेवास्ता : भाइरस लाग्छ भन्नेबाहेक केही व्यावहारिक तथा वैज्ञानिक जानकारी नपाएका संक्रमित केही लक्षण नभएर त केही सामान्य भएर भन्दा संस्थागत आइसोलेसन केन्द्र नपाएर ७० प्रतिशत बढी घरमै आइसोलेसनमा बसेका छन् । आइसोलेसनमा बसेको एक साता नाघे पनि न त स्थानीय सरकार, न त संघीय सरकारबाट निगरानी छ । मानसिक तनावमा छन् । शौचालय एउटै छ, कोठामा मिलेर ५/६ जना बसेका छन् । परिवारमा १० जना बढी छन् । शल्यक्रिया गरेका, ज्येष्ठ नागरिक, मधुमेह, श्वासप्रश्वासका बिरामी पनि सँगै छन् ।

सामान्य लक्षण हुँदा घरमै बसेकामा कडा लक्षण देखिँदा समेत न त अस्पतालमा शैया पाइन्छ, सरकारले त झनै बेहोस भए वा हुन लागे मात्र अस्पताल जान भन्दै छ । बस्ने, खानेका लागि मास्क लगाएर काममा बाहिर निस्कन बाध्य छन् । तथापि होम आइसोलेसनसम्बन्धी मापदण्डमा उनीहरू स्थानीय तहको नियमित निगरानीमा छन्, स्थानीय हरेक स्वास्थ्यकर्मीले घरमा बसेका ५० जनाको दैनिक दुईपटक फोन वा एसएमएस गरी स्वास्थ्यको जानकारी राख्नुपर्छ । सरकारले प्रतिबिरामी २ सय रुपैयाँ भत्ता दिनेछ । स्थानीय तहले निगरानी नगरेको र मन्त्रालयको हटलाइनमा फोन गर्दा वडामा फोन गर्न भनेकाले न यता, न उता भएको र घरमै मरिने हो कि भन्ने चिन्ता रहेको बताउँछन् ।

अन्तमा, आधा करोड पनि बसोबास नगर्ने उपत्यकामा संक्रमणको अवस्था भयावह उन्मुख छ । परिस्थिति नियन्त्रणबाहिर जाने संकेत स्पष्ट छ । त्यसैले, आसन्न संकट टार्न सरकारले हरसम्भव उपाय र नागरिकले पनि परिस्थितिको गम्भीरता बोध गर्दै पर्याप्त सर्तकता अपनाउनुपर्छ । घरआ“गनमा दसंै, तिहार तथा छठले चियाइसक्दा पनि कसैमा उल्लास छैन, न त कुनै उमंग छ । अनौठो बेचैनी, रोग, भोक र भयग्रस्त भविष्य मनोविज्ञानमा छ, सिंगो समाज । संक्रमितको संख्यामा नेपालले चीनलाई उछिनिरहेको छ । चीनमा ८५ हजार संक्रमित देखिए भने नेपालमा सवा लाख बढी । नौ महिनाअघि कोरोनाको छिटाले छोइसकेको हामीले किन क्षति न्यून गर्न सकेनौं ? समीक्षा कहिले गर्ने हो ?

(Visited 42 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कांग्रेस सभापति देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि आमन्त्रण गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक अगाडि सभापति देउवाले सोमबारका लागि...

सांसद महेश बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

भक्तपुर । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आउनु...

कांग्रेसले बोलायो कात्तिक २१ गते केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २१ गते शुक्रबार दिनको १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, पार्टीको १४...

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडाैं ।  नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४...

२० जना जुवाडे पक्राउ

चितवन ।  जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न...

ट्रेन्डिङ

इरानमा कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ५ सय नाघ्यो

कायरो । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको...

‘डान्सिङ विथ द स्टार नेपाल’को प्रसारण तयारी

काठमाडौं । हिमालय टिभीले कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएका दर्शकहरूलाई सेलिब्रेटीको रियालिटी सो ‘डान्सिङ विथ द स्टार नेपाल’ प्रस्तुत गर्ने भएको छ ।...

कोरोनाबाट निधन भएकी महिलाको शिशुलाई पुर्व मन्त्री बस्नेतले दिए १ लाख सहयोग

काठमाडौ । कोरोना भाइरस(कोभीड १९) को संक्रमणबाट सुत्केरी आमाको मृत्यु भएपछि नवजात शिशुको पालन पोषणका लागि पुर्व सूचना तथा सञ्चार मन्त्री एवम नेपाली कांग्रेसका...

अमेरिकामा दुई करोड संक्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान

वासिङ्टन । अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ ।देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको...

अन्तरसरकारी वित्तीय हस्तान्तरण

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै यसमा सन्तुलन कायम गराउने दृष्टिले विभिन्न तह एवं प्रकारका सरकारमा केन्द्रले रकम विनियोजन गर्दछ । यसले स्थानीय तहका सरकारलाई...

मेलम्ची बजारमा पहिरो : ८ जना कामदार पुरिए, एकको उद्धार

सिन्भुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा ८ कामदार पुरिएका छन् । सोमबार राति साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची...

काठमाडौँ उपत्यकामा जोखिम बढे पनि भीडभाड उस्तै

काठमाडौँ । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश...

बाल कवितामा प्रश्ना सुवेदी उत्कृष्ट

काठमाडौं । लकडाउनको समय गत वैशाखमा शैली थिएटरले घोषणा गरेको विश्व बाल कविता महोत्सवको नतिजा सो थिएटरले सार्वजनिक गरेको छ । विश्वभरिबाट बाल कविता...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

गाली बेइज्जती गर्ने भण्डारीलाई साइबर मुद्दा

काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी...

काेराेना संक्रमणबाट पत्रकार बिष्णुप्रसाद चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

भर्खरै

छुरा प्रहार गरी हत्या,हत्या गर्ने फरार

काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु...

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाकाे मृत्यु

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा...

आठ दिनपछि चौरसियाको अन्त्येष्टि

 पर्सा । मृत्युको आठ दिनपछि नेपाल काम्युनिष्ट पार्टी( नेकपा)पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । चौरसियाको परिवारले दिएको किटानी...

चैत्य, मठमन्दिर र गुम्बा निर्माण गर्दै बैत्यश्वर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेको ३४ स्थानको पहिचान गरी चैत्य, मठमन्दिर र गुम्बा निर्माण गरेको छ । भ्रमण...

धेरै पढिएका

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल गैरआवासीय नेपालीलाई नागरिकता दिने ऐन...

दसैंमा भएको सवारी दुर्घटनामा ४३ जनाको मृत्यु

काठमाडौं । यसपाली दसैंमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण...

बैतडीमा कुटपीटबाट एकजनाको मृत्यु

बैतडी । बैतडीमा कुटपीटबाट एकजनाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका वडा नं ३ डुङरीका ३२ बर्षीय कमलबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ...

दुईपटक शून्यमा झरेको जुम्लामा पुनः सङ्क्रमण बढ्यो

जुम्ला ।  दोस्रोपटक कोरोना शून्य भएको जुम्लामा सङ्क्रमण बढ्दै गएको छ । सुरक्षा सतर्कता नअपनाउँदा कोरोना सङ्क्रमणको ग्राफ बढेको विश्लेषकले बताउने गरेका छन् । यहाँका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)