Tuesday, December 1, 2020
Home Exclusive किन हच्कियो मानव अधिकार आयोग ?

किन हच्कियो मानव अधिकार आयोग ?

काठमाडौं  । राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार हनन गर्नेलाई कारबाही गर्न गरिएको  सिफारिस कार्यान्वयन नगर्ने निकाय, पदाधिकारी र व्यक्तिलाई कालोसूचीमा राख्नबाट पछि हटेको छ । विगत एक वर्ष अघिदेखि आयोगले मानवअधिकार हननका दोषीलाई कारबाही नगर्ने निकाय र व्यक्तिको नाम कालोसूचीमा राख्ने प्रतिबद्धता जनाउँदै आएको थियो । तर, आयोग आफ्नो सो प्रतिबद्धताबाट पछि हटेको हो । मानव अधिकार आयोगले त्यस्ता निकायलाई  कालोसूचीमा नराख्दा दोषी ठहर गरिएकाहरूले उन्मुक्ति पाउने सम्भावना बढेको छ ।

अपहरणपछि हत्या, हत्या, यातना, अत्यधिक बल प्रयोग, बेपत्तापछि हत्या, हिरासतमा हत्या जस्ता गैरकानुनी काममा संलग्न रहेकालाई कारबाहीको सिफारिस गरेको थियो । तर, विगत २० वर्षदेखि सरकारले मानव अधिकार हननका दोषीलाई कारबाही गर्न सकेको छैन । सरकारले ती दोषीलाई कारबाही गर्न नसक्दा कानुनी शासनको उपहास भइरहेको मानव अधिकारकर्मीले बताउँदै आइरहेका छन् ।

आयोगका अध्यक्षसहितका सदस्यहरूको पदावधि पूरा हुन लागेकै समयमा आयोगले २० वर्षदेखि गरेको सिफारिस कार्यान्वयन नभएपछि मानव अधिकार उल्लंघनकर्ताको नाम भने केही दिनअघि मात्रै सार्वजनिक गरेको थियो । आयोगका पदाधिकारीको समय  २ कात्तिक २ (आइतबार)बाट पूरा हुँदै छ ।

अपहरणपछि हत्या, हत्या, यातना, अत्यधिक बल प्रयोग, बेपत्तापछि हत्या, हिरासतमा हत्या जस्ता गैरकानुनी काममा संलग्न रहेकालाई कारबाहीको सिफारिस गरेको थियो । तर, विगत २० वर्षदेखि सरकारले मानव अधिकार हननका दोषीलाई कारबाही गर्न सकेको छैन

नेपालको संविधान २०७२ ले मानव अधिकार आयोगलाई मानव अधिकार उल्लंघन गर्नेलाई कारबाही नगर्ने निकायले सो पालना नगरे त्यस्ता निकाय, व्यक्ति वा पदाधिकारीलाई कालोसूचीमा राख्ने अधिकार दिएको छ । आयोगले भने कार्यविधिको कारण देखाएर कालोसूचीमा राख्न नसकेको जनाएको छ ।

मानवअधिकार उल्लंघनकर्ता भनेर आयोगले कारबाहीका लागि सिफारिस गरेका २८६ जनामध्ये हालसम्म ३० जनामाथि मात्रै कारबाही भयो । तीमध्ये २५६ जनामाथि कुनै कारबाही भएको छैन । आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरू  जिल्ला प्रहरी प्रमुखबाट  बढुवा हुँदै प्रहरी महानिरीक्षकसमेत भएका छन् । यता प्रमुख जिल्ला अधिकारीलाई कारबाहीका लागि मानव अधिकार आयोगले सिफारिस गरे पनि बढुवा हुँदै सचिवसम्म भएको पाइएको छ  ।

कारबाही गर्नुपर्नेलाई बढुवा गर्ने  निकायले पनि मानव अधिकार हननलाई प्रश्रय दिएको भन्ने मान्यताका आधारमा सिफारिस कार्यान्वयन नगर्नेलाई कालोसूचीमा राख्नका लागि संविधानले अधिकार दिए पनि सो कार्यान्वयनमा आउन नसकेको हो । आर्थिक वर्ष २०५७÷५८ यताका २० वर्षमा आयोगले १ हजार १९५ वटा सिफारिस गरेकोमध्ये १६३ वटा मात्रै पूर्ण कार्यान्वयन भएका छन् ।

यो पनि पढ्नुहोस   महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

आयोगले सरकारलाई कारबाही सिफारिस गरेकामध्ये क्षतिपूर्ति भराउन गरेको सिफारिस मात्रै कार्यान्वयन भएका छन् । पीडकलाई मुद्दा चलाउन र कारबाही गर्न भनी गरेको आयोगको सिफारिस भने कार्यान्वयन हुन सकेको छैन । आर्थिक वर्ष २०५९÷६० मा आयोगले पीडितलाई क्षतिपूर्ति भराउन सरकारलाई सिफारिस गरेको थियो । ती सबै सिफारिस भने सरकारले कार्यान्वयन गरेको छ ।

नेपालको संविधानको धारा २४९ को उपधारा २ (ज) मा मानव अधिकार उल्लघंन गर्नेलाई आयोगको सिफारिस पालना वा कार्यान्वयन नगर्ने पदाधिकारी, व्यक्ति वा निकायको नाम कानुनबमोजिम सार्वजनिक गरी मानव अधिकार उल्लंघनकर्ताका रूपमा अभिलेख राख्ने जिम्मेवारी रहेको छ ।

आयोगको ऐनको दफा ७ मा मानवअधिकार उल्लंघनको सम्बन्धमा गरेको सिफारिस, आदेश वा निर्देशनको जानी जानी पालना वा कार्यान्वयन नगर्ने पदाधिकारी, व्यक्ति वा निकायको नाम मानव अधिकार उल्लंघनकर्ताका रूपमा सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

साथै यसरी कालोसूचीमा राख्नुअघि सफाइको मौका दिएर (१५ दिनको म्याद) नाम सार्वजनिक गरी अभिलेख राख्नुपर्ने व्यवस्था छ । त्यसपछि उक्त व्यक्तिलाई कुनै सार्वजनिक पदमा नयाँ नियुक्ति, बढुवा र वृत्ति विकासका लागि सिफारिस गर्दा सम्बन्धित निकायले यस्तो अभिलेखलाई समेत आधार लिनुपर्ने व्यवस्था छ । आयोगको ऐनको दफा १७ को उपदफा २ अनुसार  त्यसरी सिफारिस भएको तीन महिनाभित्र कार्यान्वयन गरी आयोगलाई जानकारी गराउनुपर्छ । त्यस्तै, कार्यान्वयन गर्न अप्ठ्यारो भएमा त्यसको कारण खुलाई आयोगमा दुई महिनाभित्रै जानकारी गराउनुपर्ने उल्लेख छ ।

आयोगले केही दिनअघि मात्रै दोषी किटान गरी कारबाहीको सिफारिस भएकाहरूको संख्या ८ सय ४३  रहेको सार्वजनिक गरेको थियो । दोषीको नाम किटान गरी कारबाहीका लागि १ सय ४६ वटा सिफारिस भएका छन् । नाम किटान भएका व्यक्ति तथा पदाधिकारीको संख्या २ सय ८६ जनाको नाम सिफारिस भएको आयोगले जानकारी दिएको छ ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

साताका लोकप्रिय समाचार

चार नारायणको मेला

हरेक वर्ष चार नारायणको मेला भर्न प्यम्ह नारांद्यः सीकः वनेगु भन्दै नोवरहरूले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार कार्तिक शुक्ल एकादशी हरिबोधिनी एकादशीका दिन भक्तपुरका...

प्रशासनमा आमूल सुधार अत्यावश्यक

सरकारको ध्यान प्रशासन सुधारतर्फ खासै पर्न सकेको छैन । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको आमूल सुधारबिना मुलुकको विकास र समृद्धि सम्भव छैन ।
यो पनि पढ्नुहोस   जहाँ विद्यापतिले १२ वर्ष अध्ययन गरे
विगतदेखि...

ढकाल र प्रधान समूहबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन शनिबार (आज) काठमाडौंका विभिन्न तीन स्थानमा हुँदै छ । कोरोना महामारीका बीच...

संस्कृति मन्त्रालयको पुरस्कार राजधानीकर्मी झालाई

जनकपुरधाम । संघिय संस्कृति मन्त्रालयद्वारा मैथिली भाषा अनुसन्धानका लागि दिइने सबैभन्दा ठूलो राशीको पुरस्कार राजधानी दैनिकका जनकपुरधाम समाचारदाता सुजीतकुमार झालाई दिने निर्णय गरिएको छ...

बर्दिबासमा निषेधाज्ञा जारी

महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ । बालिका बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बुधबार बिहान ९...

ट्रेन्डिङ

लागुऔषधसहित १ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ बाट नियन्त्रित लागुऔषधसहित १ जना पक्राउ परेका छन् । शनिबार राती गस्तीमा रहेको...

तेस्रो संक्रमित व्यक्ति डिस्चार्ज हुँदै

काठमाडौं । संक्रमण भएर उपचारका लागि शुक्रराज ट्रपिकल अस्पतालमा भर्ना भएका तेस्रो संक्रमित व्यक्ति आज डिस्चार्ज हुँदैछन् । धादिङका ३२ वर्षीया युवा...

अपहरणको आरोप प्रमाणित भए माननीयज्यूहरुकै अगाडि झुन्डिएर मर्न तयार छु : सांसद श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार श्रेष्ठले आफूमाथि लागेको अपहरणको आरोप प्रमाणित भए जस्तो सुकै कारवाही भोग्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको...

ओली–दाहाल छलफल समाधान उन्मुख

काठमाडौं । सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल...

वुल्भ्ससँग लिड्स युनाइटेड पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वुल्भ्ससँग लिड्स युनाइटेड पराजित भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले लिड्सलाई १–०...

मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज । सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने...

निषेधाज्ञामै तीनवटाको प्राथमिक सेयर निष्कासन

काठमाडौं । निषेधाज्ञाकै बेला तीनवटा कम्पनीको एकैपटक आईपीओ निष्कासन भएको छ । एकैपटक आईपीओ खोलेपछि अनलाइनमार्फत आईपीओ भर्ने मेरो सेयरको सिस्टममा समेत भीड भई...

आफ्नै छाेरी र श्रीमतिमाथी एसिड आक्रमण गर्ने साह पक्राउ

जनकपुर ।  धनुषामा एक व्यक्तिले आफ्नै श्रीमति र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उप-महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

भर्खरै

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

धेरै पढिएका

घरमै बसेका कोरोना संक्रमितको मृत्यु

धनकुटा । कोरोना संक्रमण पुष्टि भई घरमै ‘होम आईसोलेशन’ बसेका धनकुटाका एक कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासका ५८ वर्षीय...

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका...

बर्दिबासमा हिजो प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु

काठमाडौं । महोत्तरीको बर्दिबासमा हिजो प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु भएको छ । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको उपचारका...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)