ब्राउन सुगरसहित दाजुभाइ पक्राउ

सप्तरी । सप्तरी प्रहरीले लागु औषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ का २७ वर्षिय भरत शर्मा र १९ वर्षिय निरज शर्मा छन् । नातामा उनीहरु दाजुभाई (काका, ठूलो बुबाको छोरा) हुन् ।

लुकिछिपी ब्राउन सुगरको कारोबार गर्दै आएका शर्मा दाजुभाईलाई प्रहरीले शनिबार साँझ सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित बकधुवा–महदेवा सडकखण्डबाट पक्राउ गरेको थियो ।

स.७प. १८६५ नम्बरको मोटरसाइकल चढेर महुलीतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायक उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले चेकजाचको क्रममा शर्मा दाजुभाईलाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।

प्रहरीले शर्मा दाजुभाईको साथबाट कालो प्लाष्टिकको ५ वटा पातलो झोलामा प्याक गरी राखिएको १०/१० ग्राम गरि कुल ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद ६ हजार ९ सय रुँपैया बरामद गरेको छ । जिल्लामा पहिलो पटक ब्राउन सुगरका कारोवारी पक्राउ परेको प्रहरी उपरिक्षक धमलाले जानकारी दिए ।

बरामद ब्राउन सुगरको ४ लाख भन्दा बढी मुल्य पर्ने अनुमान गरिएको छ । पक्राउ परेका शर्मा दाजुभाईले आफूहरु विगत एक वर्षदेखी सो कारोबारमा लागेको बयान दिएका छन् । प्रहरीका अनुसार शर्मा दाजुभाईले भारत बिहार राज्यको सिपौल जिल्ला निवासी सुशान्त भन्ने व्यक्तिबाट ब्राउन सुगर खरीद गरि ल्याउने र नेपालको सुनसरी, उदयपुर, पोखरा र काठमाडौं लगायतका स्थानमा सप्लाई गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

प्रहरी उपरिक्षक धमलाले भने, ‘पक्राउ परेका दाजुभाई लागुऔषध सेवनकर्ता भन्दा पनि सप्लायर्स भएको अनुसन्धानको क्रममा खुलेको छ ।’ पक्राउ परेका शर्मा दाजुभाईलाई आइतबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई लागुऔषध ऐन २०३३ अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सम्बन्धी टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार पुरस्कार !