Tuesday, October 20, 2020
Home प्रमुख सैनिकलाई दशैं बिदा : आफ्नै जहाज र बसमा घरसम्मै पुर्याइने

सैनिकलाई दशैं बिदा : आफ्नै जहाज र बसमा घरसम्मै पुर्याइने

काठमाडौं । कोरोना महामारी सुरु भएपछि सैनिकलाई बिदा रोक लगाएको नेपाली सेनाले सकेसम्म कम जनशक्तिलाई आवश्यकता हेरेर दशैंमा आफ्नै जहाज, हेलिकप्टर र बस मार्फत घरसम्म पुर्याउन तयारी थालेको छ ।

जंगिअड्डाले दशैं बिदामा सकेसम्म कम जनशक्तिलाई आवश्यकता र प्राथमिकताका आधारमा बिदा दिएर घरसम्म नै पु-याउने व्यवस्था गर्न लागेको हो । दशैं बिदामा घर जानेहरु भने क्वारेन्टाइन बसेका र सुरक्षा मापदण्ड पुरा गरेकाहरु मात्र हुनेछन ।

नेपाली सेनाका प्रवक्ता एवम् सहायरथी सन्तोषबल्लभ पौडेलले सम्भव भएसम्म आवश्यकता र प्राथमिकता हेरेर कम जनशक्तिलाई बिदा पठाइने गरी तयारी गरिएको जानकारी दिए ।

‘कोरोना संक्रमण सुरु भएदेखि बिदा रोकिएको अवस्था थियो, लामो समयसम्म बिदा नदिइएका कारण आवश्यकता र प्राथमिकता हेरेर आफ्नै जहाज तथा सवारीमा घरसम्म पठाइने गरी तयारी भइरहेको छ,’ सैनिक प्रवक्ता पौडेलले राजधानीसँग भने ।

सेनाले सार्वजनिक यातायातका साधनमा संक्रमणको जोखि हुने भएका कारण यात्रा असुरक्षित हुन सक्ने र सोही कारण गाउँघरसम्म नै संक्रमण पुग्न सक्ने भन्दै आफ्नै जहाज, हेलिकप्टर र बसमार्फत सैनिकलाई घरसम्म पुर्याउने तयारी गरिरहेको हो ।

यसरी जाने सैनिक सहित सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले व्यवस्थापनको काम गरिरहेको छ । हाल सेनासँग रहेका चार वटा ठूला हेलिकोप्टर मध्ये दुई संचालनमा छन । यस्तै तीन साना हेलिकप्टरमध्ये दुई वटा संचालनमा छ भने तीन स्काइट्रक तथा एउटा ४२ सिटे ठूलो जहाज छ ।

यो पनि पढ्नुहोस   मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

यी विभिन्न माध्यम मध्ये टाढा घर भएका तथा हिमाली र पहाडी क्षेत्रमा घर भएकाहरुलाई विमान तथा हेलिकप्टरमार्फत नजिकको विमानस्थल वा ब्यारेकसम्म लगेर त्यहाँबाट नजिक रहेका सम्वन्धित ब्यारेकले नै घरसम्म पुर्याउने व्यवस्था गर्ने छन । यस्तै सडक सुविधा भएका र नजिक रहेकाहरुलाई बसमार्फत पुर्याइने छ ।

यसरी दशैं बिदामा घर गएकाहरु बिदा सकेर फर्किंदा पनि यही प्रक्रियामार्फत फर्कने छन । तर बिदा सकेर आएपछि भने उनीहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने छ भने सो क्रममा कुनै समस्या देखिए पीसीआर गरिने छ । तर स्वास्थ्यमा कुनै समस्या नदेखिए उनीहरुलाई नियमित काममा खटाइने छ ।

हालसम्म नेपाली सेनाका ३ हजार २ सय ४४ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये १ हजार ७ सय ६७ जना निको भएर काममा फर्किएका छन भने १ हजार ४ सय ७५ जना अझै उपचाररत छन । कोरोना संक्रमणकै कारण हालसम्म दुई सैनिकको ज्यान समेत गएके छ ।

(Visited 393 times, 2 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु 

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५७...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमितको गुनासो–‘आइसोलेसनमा भेडा बाख्रा थुने जस्तो छ’

इटहरी । इटहरी ४ का प्रकाश नेपाललाई गत असोज ८ गते कोरोना भाइरस संक्रमणको पुष्टि भयो । ५ गते स्वाब दिएका उनलाई ८ गते...

चितवनमा एकै दिन तीन कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडीकल कलेजमा उपचाररत एक...

किन हच्कियो मानव अधिकार आयोग ?

काठमाडौं  । राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार हनन गर्नेलाई कारबाही गर्न गरिएको  सिफारिस कार्यान्वयन नगर्ने निकाय, पदाधिकारी र व्यक्तिलाई कालोसूचीमा राख्नबाट पछि हटेको छ...

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

ट्रेन्डिङ

सीमा रक्षक जनताको विकासमा ध्यान दिन नेकपा नेताको सुझाव

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा नेपाल–भारत सीमा रक्षामा खटिएका स्थानीय जनताको वृत्तिविकासमा सरकारले विशेष जोड दिनुपर्ने आवाज...

बिहेमा हिँडेका बालक बाघको आक्रमण परी घाइते

तनहुँ । जिल्लाको बन्दिपुर गाँउपालिका-५ याम्पा फाँट भन्ने स्थानमा ७ बर्षीय बालक अनुप नेपालीलाई बाघले घाँटीमा चिथोर्दा गम्भीर घाइते भएका छन् ।
यो पनि पढ्नुहोस   नेकपा कर्णाली प्रदेश सत्तासंघर्ष: ओली र दाहालबीचको छलफल निष्कर्षविहीन
जिल्ला प्रहरी कार्यालय...

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौँ । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका युवा नेता सक्रिय हुने गर्दछन् । अहिले पनि नेकपाको...

इटहरीका औषधि व्यवसायीको शंकास्पद मृत्यु, श्रीमतीसहित ३ जना पक्राउ

इटहरी । इटहरीका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ । इटहरी १२ खनारका ३३ बर्षीय देवीप्रसाद दुलालको शंकास्पद मृत्यु भएको हो । उनी विराटनगरमा औषधीको...

दाङमा स्कारपियोले ठक्कर दिँदा २ जनाको मृत्यु

तुलसीपुर । राप्ती गाउँपालिकामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका मध्ये २ जनाको ज्यान गएको छ । लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा...

मस्तिष्कघातका विरामीलाई खोटाङ सेवा समाज कतारको १ लाख आर्थिक सहयोग

दोहा ।   खोटाङ सेवा समाज कतारले खोटाङका मस्तिष्क घातका बिरामी कुमार पुरीलाई गत २६ फेब्रुवरी २०२० का दिन एक लाख रुपैयाँ हस्तान्तरण गरेको...

स्थिर फिफा वरीयता

जुरिच । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण पछिल्लो तीन महिना खेलकुदको कुनै गतिविधि नहँुदा विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गर्ने वरीयता पनि...

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

घुस लिएको अभियोगमा वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ८० हजार घुस लिएको अभियोगमा सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।...

पियन मार्फत घुस खाने वडाअध्यक्ष निलम्बन

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष र कार्यालय सहयोगी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । सार्वजनिक पद धारण गरेका...

म्याद नाघेको अखाद्य बस्तु बजारमा छ्याप छ्याप्ति

सप्तरी, राजविराज । चाडपर्व नजिकिदै गर्दा बजारमा म्याद गुज्रेका तथा अखाद्य बस्तु बिक्रि बितरण ह्वातै बढेको छ । बजारमा खुलेआम अखाद्य बस्तु बिक्रि बितरण...

नेपालमा बलात्कार र यसको नियन्त्रण प्रयास

नेपालको एक लोकप्रिय दैनिक पत्रिकाले विगत केही समयदेखि बलात्कारका घटनाहरूलाई महत्वका साथ स्थान दिई सरकारको ध्यान आकर्षित गरिराखेको छ । पछिला समय १२ वर्षीया...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)