टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी म्याक्सेलले जित्यो


राजविराज । राजविराजमा संचालन भइरहेको अन्तरविद्यालय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी म्याक्सेल बोर्डिङ स्कुल राजविराजले जितेको छ ।
शनिबार स्थानीय राजरंगशालामा भएको फाइनल खेलमा म्याक्सेलले शिब्स बोर्डिङ स्कुललाई २६ रन अनरतले पराजित गर्दै उपाधी जितेको हो ।


टस जितेर ब्याटिङ रोजेर खेल मैदानमा ओर्लेको म्यक्सेलले २० ओरभमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो । १ सय ३५ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको शिब्सले सबै विकेट गुमाएर १ सय ८ रन मात्र बनाएको थियो ।
प्रतियोगिताको म्यान अफ दि म्याच म्याक्सेलका मो.सकिम, म्यान अफ दि सिरिज र बेस्ट ब्याट्सम्यान रोहन बिक, वेस्ट वलर धिरेन्द्र साह घोषित भए ।


प्रतियोगिता समाप्तीपछि प्रतियोगिता आयोजक समिति क्रिकेट विकास प्रतिष्ठान सप्तरीका अध्यक्ष ई. इन्द्र नारायण देवको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देव लगायतले विभिन्न खेलाडीहरुलाई पुरस्कार बितरण गरेका थिए ।
फागुन २ देखी सुरु भएकोे प्रतियोगितामा जिल्लाका १८ वटा विद्यालय टिमको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल