Tuesday, October 20, 2020
Home प्रदेश सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । ‘पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने यस्ता छलफल र अन्तक्र्रियाले राष्ट्रिय सुरक्षाका चुनौती पहिल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले भने “सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै कार्य उच्च राष्ट्रिय महत्वका हुन्छन् । सेनाले सम्पन्न गरेका सबै कार्य राष्ट्रिय उपलब्धि हुन् ।”कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण तथा बाढी, पहिरो र डुबानजस्ता विपद्मा सेनाले निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाइँमा केन्द्रदेखि प्रदेश र स्थानीय तहमा पु-याएको सहयोगको प्रशंसा गरे।

प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणपछि स्वदेश फर्केका नेपालीलाई क्वारेन्टिन र आइसोलेशन सेन्टरको व्यवस्थापन तथा सङ्क्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्ने सैनिक जवानको कार्यको सरकारले उच्च प्रशंसा गरेको बताए ।

कठिन भूगोल र प्रतिकूल मौसम भए पनि छोटो अवधिमा नै दार्चुलाको छाङ्रुमा सेनाले घोडेटो बाटो निर्माण गरी हस्तान्तरण गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने “सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ ।”
कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनले सेनाको कार्यसम्पादन उत्साहजनक रहेको बताउँदै उनले विद्यमान अन्तरराष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीबीच पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सम्बोधनको आवश्यकता तत्कालीन चुनौतीका रुपमा देखिएको औँल्याए ।

यो पनि पढ्नुहोस   विद्यार्थीको क्षमता हेरेर सिकाइदै

राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेलेर जनतामा त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूह राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको बताउँदै प्रधानमन्त्री ओलीले भने  “सेनाभित्रै हुन सक्ने घुसपैठमा पनि सङ्गठनको उच्च नेतृत्व सजग र सचेत रहनुपर्छ ।”

निर्दिष्ट संवैधानिक दायित्व सम्पादन तथा राष्ट्रिय हितलाई सम्बद्र्धन गर्न सेनालाई समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने बताउँदै उनले सेनाको दीर्घकालीन सोच, पुनर्संरचना योजना तथा अपरेशनल अवधारणामा सरकार सकारात्मक छ भने। सेनाभित्र पारदर्शिता र इमान्दारीको अभ्यास स्थापित हुँदै गएको आफूले पाएको बताउँदै प्रधानमन्त्री ओलीले सेनाप्रति जनताको विश्वास राख्नमा सजग रहन निर्देशन दिए ।

कोभिडविरुद्ध कार्ययोजना बनाइने

सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सिर्जित अन्योल र आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुन सक्ने चुनौतीको सामना गर्ने कार्ययोजना बनाउन बैठकले दिशानिर्देश गर्ने बताउनुभयो । बलाधिकृत रथी प्रभुराम शर्माले सङ्गठनले अघि सारेका कार्यक्रम र लक्ष्य प्राप्त गर्ने दिशामा सरकारबाट सकारात्मक सहयोग प्राप्त भइरहेको स्पष्ट गरे ।

तीन दिने उक्त बैठकमा महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझावका सम्बन्धमा प्रस्तुति दिनुहुनेछ ।

(Visited 34 times, 1 visits today)
Loading comments...

आजको समाचार

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

मानवीयता नगुमाऊ

दसैंको आगमनसँगै पर्वको रौनकभन्दा पनि कोभिड–१९ संक्रमणको त्रास चुलिएको छ । निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले बढ्दो संक्रमणको मागलाई सम्बोधन गर्नुको अलावा भेन्टिलेटर कक्ष...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी...

साताका लोकप्रिय समाचार

जन्मदिनको केक खाँदा तनहुँमा १२ जना बिरामी

दमौली । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा एकै १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा...

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई पालिका बन्द

संखुवासभा । संखुवासभामा कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि दुई पालिका बन्द गरिएको छ । धर्मदेवी नगरपालिका र चिचिला गाउँपालिकामा कार्यरत कर्मचारीको कोरोना संक्रमण देखिएपछि गाउँपालिका...

आँचल र निराजन अभिनित ‘माया बैगुनी’ सार्वजनिक

काठमाडाैं । दशैँको कोशेली स्वरूप गायक विजय शंखर र गायिका विमोचना लोम्जेल आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा...

कोरोनाको जोखिम र निषेधाज्ञाले खोस्यो दशैंको रोनक

सप्तरी । मठ मन्दिर, शक्तिपिठ तथा घरघरमा घटस्थापनासँगै शनिबार मिथिलाञ्चलमा पनि बडा दशैं सुरु भएको छ । तर कोरोनाको कहरका कारण स्थानिय प्रशासनले शनिबार...

राजधानीकर्मी अधिकारी सम्मानित

बर्दिया । बर्दियाका राजधानी सहकर्मी सुदीप अधिकारी सम्मानित भएका छन् । ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्थाले आफनो...

ट्रेन्डिङ

बालिका बलत्कार घटनाः मिलापत्रमा हस्तक्षेप गर्दै प्रहरीद्वारा मुद्दा दर्ता

महोतरी । पीडित परिवारलाई दबाबमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथि सामूहिक बलात्कारका घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरि मुद्दा दर्ता गरेको छ ।...

चीनका राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई आज एक सन्देश पठाएर...

तीन दिन देशभर वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै केही दिन वर्षाको...

पहिराले पुरिएर हजुरआमा र नातिनीको मृत्यु

दमौली । तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज पहिराले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया तिलमाया धौराली र...

काेराेना स‌ंक्रमणबाट चितवनमा थप एक जनाकाे मृत्यु

चितवन ।  चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको...

कोरोनाबाट जोगिन सन्तोष पन्तको सचेतना भिडियो

काठमाडौं । हास्यव्यंग्य अभिनेता सन्तोष पन्तले कोरोना भाइरसको संक्रमणबाट सबैलाई जोगाउने उद्देश्यले सचेतना फैलाउन डेढ मिनेटको भिडियो बनाएका छन्...

नेपाली न्यायिक अधिकारीलाई राजस्थानमा प्रशिक्षण

काठमाडौं । सर्वोच्च अदालतका ३० न्यायिक अधिकारीलाई भारतको जोधपुर राजस्थानस्थित नेसनल ल युनिभर्सिटीमा प्रशिक्षण दिन सुरु गरिएको छ । न्यायालयको प्रशासनमा सूचना र सञ्चार...

नेपालमा जडीबुटीको सम्भावना

नेपाल आफैंमा जडीबुटीको विशाल भण्डार हो । हिमाल, पहाड र तराईमा जैविक विविधताका कारण विविध गुण भएका जडीबुटी उपलब्ध छन् । प्रायः सबै जडीबुटी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

माओत्सेको निर्देशनमा पुष्पको नयाँ भिडियो

काठमाडौं । अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो निरन्तर सार्वजनिक भइरहेका छन् । यस्तैमा, शुक्रबार पुष्प अभिनित मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक...

जीन्दगी बर्बाद लिएर आए चन्दन

काठमाडौं । नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि 'समर्पण' सांगेतिक समुह मार्फत स्तरिय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र...

चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन

काठमाडौैं । नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका...

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी –११ का ५७ वर्षीय र सुनसरी, धरान...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

दुर्व्यसनीले मोबाइल र पैसाको लोभमा गरे आफ्नै साथीको हत्या

(Visited 80 times, 1 visits today)