Saturday, December 5, 2020
Home बिचार मानवीयता नगुमाऊ

मानवीयता नगुमाऊ

दसैंको आगमनसँगै पर्वको रौनकभन्दा पनि कोभिड–१९ संक्रमणको त्रास चुलिएको छ । निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले बढ्दो संक्रमणको मागलाई सम्बोधन गर्नुको अलावा भेन्टिलेटर कक्ष तथा उपचारका अन्य प्रविधिलाई लुकाइराखेका छन् । स्वास्थ्य बजारमा अक्सिजन सिलिन्डरको कमी देखाइएको छ । यसको अर्थ हो, अब मानवीय समवेदना हराउँदै जान थालेको छ र त्यो मुनाफा कुम्ल्याउने दिशामा प्रवृत्त हुँदै गएको छ । अर्कोतिर दसैं, तिहार र छठजस्ता चाडपर्वको आगमनसँगै आम जनतामा कोभिड—१९ को भय हराउन थालेको देखिएको छ । पर्व आफंैमा सामूहिक भेला, भेटघाट, जमघट र मिलनको संयोग भएकाले पनि विश्व महामारीलाई जनसाधारणले प्राथमिकतामा राखेको देखिँदैन । सरकारले सामूहिक दूरी कायम राखेर पर्व मनाऊ भने पनि त्यसको सीमारेखाले छुने देखिँदैन । परिवार, आफन्त, छरछिमेक र समुदाय सबैलाई सामूहिक मिलनको आभास दिलाउने पर्व आआफ्नो कोठोचोटा र घरमा सीमित हुने कम सम्भावना देखिएको छ । आफ्नै परिवारका बीचमा पनि अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने अवस्था लागू भइरहेको छैन ।

महामारी सोचेको भन्दा बढी विनाशकारी बनेर अघि बढिरहेको छ । यो अवस्थामा आइपुग्न एक त यसको वैश्विक फैलावटले काम गरेको छ भने अर्कोतिर नेपालकै विशिष्टतामा महामारी संक्रमण रोक्न यहाँको सरकारी अनिच्छा, जनतामा अज्ञानता र लापर्बाहीले पनि ठूलो नकारात्मक भूमिका निर्वाह गरेको छ । फलतः दसैं, तिहार तथा छठजस्ता पर्वका मुखमा महामारीले खतराको सीमा नाघेर अघि बढ्दै गरेको छ । तर, यसै बेला निजी स्वास्थ्य संस्थाहरूले आइसोलेसन कक्ष लुकाउने, अक्सिजन सिलिन्डरको अभाव देखाउने, उपचारका लागि स्थानाभाव सिर्जना गर्ने आदि गरिरहेका छन् । सरकार र निजी संस्थाहरूबीच सेवासुविधाका कुरा लेनदेनको अवस्था केकस्तो छ, त्यो थाहा छैन । तथापि यी दुईबीचमा किचलो भने निकै बढिरहेको छ । यसले जनसाधारणको स्वास्थ्यमा र मूलतः कोभिड–१९ को आकस्मिक उपचारमा ठूलो नकारात्मक मनोवैज्ञानिक तथा व्यावहारिक असर पारिरहेको छ । जनस्वास्थ्यसम्बन्धी मौलिक अधिकारको रक्षाका लागि सर्वोच्च अदालतले सरकारलाई कोभिड महामारीलाई सरुवा रोगको लिस्टमा राख्न र तदनुरूप निःशुल्क सेवा र सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । यसको बारेमा सरकारको कानमा बताससम्म परेको छैन ।

अदालतको यो फैसलालाई सरकारले व्यावहारिक रूप दिन कन्जुस्याइँ गर्नुका कारणले पनि निजी संस्थाहरूले सरकारलाई पत्याएका छैनन् । कर्तव्य सरकारबाटै प्राथमिकताका साथ पालना गरिनुपर्छ । अनि मात्र सरकारले भनेको अरूले लागू गर्न बाध्य हुन्छन् । सरकारले सबैभन्दा पहिले कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण र सबै खाले उपचार निःशुल्क गराएको सार्वजनिक गर्नुपर्छ । यसले मात्र महामारीका बखत निजी प्रयोगशाला, निजी अस्पताल वा नर्सिङ होम वा क्लिनिक सबैमा पीसीआर परीक्षण निःशुल्क गर्न÷गराउन दबाब बढ्नेछ । पर्वसँगै भुसको आगोझैं फैलिइरहेको माहामारी संक्रमणलाई ख्याल गरेर सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिनुका साथै कार्यान्वयन गर्न गराउनका लागि हरपल प्रयास गर्नुपर्छ । नागरिकले भय, त्रास र दण्डको कारणले होइन, सुशासन, सुसंस्कार र विनम्रताका कारण असल कुराको अनुसरण गर्छन् । जनस्वास्थ्यसँग सरोकार राख्ने सबै पक्षले मानवीयता गुमाउनुहँुदैन र सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्छ ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

साताका लोकप्रिय समाचार

जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते

धनगढी । डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन्...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

चार वर्षिय बालिका बलात्कार गर्ने किशोरलाई १२ वर्ष जेल

उदयपुर ।  जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ...

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

ट्रेन्डिङ

होलीले स्वास्थ्यमा पार्ने असर र रोकथाम

आज फागुपूर्णिमा पर्व मनाइँदै छ । साता तथा महिना दिन पहिलेदेखि नै लोलाको आतंक मच्चिने चलनमा केही कमी आएको छ । विगतमा नराम्रो अनुभव...

असोज २० गतेदेखी दसैंको अग्रिम टिकट बुकिङ प्रस्ताव, सीट बराबर यात्रु राख्न व्यवसायीको माग

 काठमाडाैं । काठमाडौं । यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँगको छलफलपछि विभागले...

आफ्नै छोराले गरे बाबुको चिर्पट प्रहार गरी हत्या

तनहुँ । जिल्लास्थित ब्यासनगरपालिका(१० विपि भञ्ज्याङमा आफ्नै छोराले आफ्नो जन्म दिने बाबुलाई दाउराको खलियोमा राखेको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेका छन्...

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

मनाङ बूढासुब्बा गोल्डकप च्याम्पियन

सुनसरी । विभागीय नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै मनाङ–मस्र्याङ्दी क्लब २२औं संस्करणको बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मनाङले शनिबार...

जाजरकोटमा खानाको अभावमा एक जनाको मृत्यु

जाजरकोट । गत असार २५ गते भीषण पहिरामा परी बारेकोट गाउँपालिका–४ मा ११ जनाको ज्यान गुमाएको केही दिन नबित्दै विस्थापित दलवीर सार्कीको मृत्यु भएको...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

फरार १६ अभियुक्त प्रहरी फन्दामा

सप्तरी, राजबिराज । विभिन्न अपराधमा संलग्न भई अदालतबाट कैद सजाय तोकी फरार रहेका एक महिलासहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई दिन...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

धेरै पढिएका

जीवन र जीविकाको सवाल

नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको ३० वर्ष बित्यो । गणतन्त्र ल्याएको पनि १५ वर्ष भयो । नेपालका राजनीतिक दलहरूले प्रजातन्त्रलाई जनताको गाँस, बास, कपास, शिक्षा,...

छाेरीले घरकाे काम गर्नै पर्ने, छाेराले खेलेरै खान पाउने

टिकापुर ।  टीकापुर नगरपालिका–१ एकतानगरकी पुष्पा सन्न्यासी कक्षा ६ मा अध्ययनरत छिन् । कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घर सफा गर्ने, भाँडा...

सीमा विवाद सुल्झाउन भारत सकारात्मक

काठमाडौं । नेपालसँगको सीमा विवाद समाधान गर्न भारत सरकार सकारात्मक देखिएको सरकारले स्पष्ट पारेको छ । सीमा विवादका कारण केही समयदेखि नेपाल र भारतबीचको सम्बन्ध...

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)