Tuesday, December 1, 2020
Home बिचार राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

राजनीतिक दाउपेचभित्र आरोप र प्रत्यारोप

यतिखेर एकजना पूर्वप्रधानमन्त्रीले बहालवालासहित अन्य दुई जना पूर्वप्रधानमन्त्रीमाथि बूढीगण्डकी जलविद्युत् आयोजनामा ९ अर्ब भाग बिलो लगाएर खाएको र आवश्यक परे त्यसको प्रमाण आफूले दिन सक्ने बताएपछि तरंग उत्पन्न भएको छ ।

पूर्वप्रधानमन्त्रीको उक्त आरोप भावावेगको अभिव्यक्ति मात्र हो वा सत्यको उजागर पनि हो भन्ने यकिन गर्न अझ केही समय नेपाली जनताले प्रतीक्षा गर्नुपर्ने भएको छ । यद्यपि, सुरुको भनाइलाई सार्वजनिक सञ्चार र सामाजिक सञ्जालले धेरै नै महत्वका साथ उचालेपछि आरोपकर्ताले ‘निष्पक्ष छानबिन आयोग बनाऊँ, म प्रमाण दिन तयार छु र मेरा प्रमाण प्रमाण नहुन पनि सक्छ’ भनेर आफ्नो पूर्ववर्ती भनाइमा भाका फेरेका छन् । आफू गलत भए फाँसी भोग्न पनि तयार रहेको भन्दै उनले निष्पक्ष छानबिनका लागि जनलोकपाल गठनको माग गरेका छन् । उनको आरोपमा केही पूर्वाग्रह पनि झल्किन्छ । राजनीतिक दाउपेचका लागि यस्था आरोप लगाइने गरिएका छन् ।

यसरी लगाइको आरोपका पछाडि सत्य, तथ्य छ वा जनताको मन जित्ने रणनीति मात्र हो भविष्यले बताउला । यो समयमा यो रहस्य किन बाहिर ल्याइँदै छ, त्यो पनि थाहा हुन सकेको छैन । आरोपको सत्यापन हुन बाँकी नै छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समकक्षीकै रूपमा रहेका तीन जना प्रधानमन्त्रीलाई आयोजनाबाट ९ अर्ब रुपैयाँ अनियमित तवरले बाँडेर खाएको आरोप अघिल्लो महिनामा आयोजित गोरखाको एक सार्वजनिक कार्यक्रममा लगाएका थिए । उनले आरोप त लगाएका छन् तर प्रमाण पेस गर्न सकेका छैनन् । विगतमा पनि राजनीतिक दाउपेचभित्र यस प्रकारका आरोप प्रत्यारोप नभएका भने होइनन् ।

गालीगलौजको संस्कार :
राजनीतिमा आरोप, प्रत्यारोप र गालीगलौज अन्तर्राष्ट्रिय संस्कार नै बनेको छ । सन् १८०० को अमेरिकी राष्ट्रपति चुनावमा थोमस जेफरसनले राष्ट्रपतिका उम्मेदवार जोन एडम्सलाई ‘नपुंसक’ भनेका थिए भने उत्तरमा एडम्सले जेफरसनलाई ‘थाहा नभएको नश्लको सन्तान’ भनेका थिए । सन् १९९२ मा क्याब्रे डान्सर फ्लावरले बिल क्लिन्टनको चरित्रमाथि धावा बोलिन् । आफ्नो क्लिनटनसँग लामो समयदेखि अवैध सम्बन्ध रहेको कुरा प्रकट गरिन् । क्लिन्टनलाई चुनावी मैदानमा परास्त गर्ने विपक्षीको योजनामुताबिक उनले यो आरोप लगाएको प्रमाणित भयो । अन्ततः चुनाव क्लिन्टनले नै जिते । सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रत्यासी हिलारी क्लिन्टनलाई पूर्वराष्ट्रपति क्लिन्टनको यौन लिप्साका बारेमा कुरा निकाले र इमेल प्रकरणमा गोप्य सूचना चुहाएको आरोपमा जेल हाल्ने कुरा गरे । यी दुुईले टेलिभिजन साक्षात्कार कार्यक्रममा हात सम्म मिलाएनन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को लोकसभा चुनावमा ‘खुनी पन्जा’ भन्दै कांग्रेस आईको चुनाव चिह्नमाथि कटाक्ष गरे । प्रतिउत्तरमा भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय जनता पार्टीका कार्यकर्तालाई ‘चोर र लुटेराहरूको गिरोह’ भन्नुका साथै ‘इन्डिया मुजाहिद्दिनको समूह’समेत भने । स्वयं मोदीलाई चुनावी मैदानमा लो प्रोफाइल (चिया पसले), साम्प्रदायिक भनेर टिप्पणी गरियो । केही वर्षअघि उत्तर कोरियाली विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘युद्ध रुचाउने बूढो मान्छे’ भनी टिप्पणी ग¥यो । जवाफमा ट्रम्पले उत्तर कोरियाली शासक (नेता) किम जोङ–उनलाई ‘आफूले पुट्के र मोटे नभन्ने’ बताए । यो साँच्चिकै हाम्रा बा भकारीभित्र लुकेका छैनन् भन्ने शैलीमा गरिएको व्यंग्यात्मक गाली थियो । यसअघि ट्रम्पले किम जोङ उनलाई ‘पागल’ र ‘सानो रकेट मान्छे’ भनेर जिस्काइसकेका थिए । यी दुुईको यो वाक्युुद्घलाई लिएर रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोमले ‘साना बच्चाको झगडा’ भनी कटाक्ष गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ को लोकसभा चुनावमा ‘खुनी पन्जा’ भन्दै कांग्रेस आईको चुनाव चिह्नमाथि कटाक्ष गरेका थिए

२०४८ को आमचुनावमा काठमाडांैबाट प्रकाशमान हार्दा चुनाव नै नलडेका गणेशमान सिंहले ‘अर्को जन्ममा काठमाडौंमा जन्मनुु नपरोस्, यहाँका मान्छेमा विवेक रहेनछ’ भनेका थिए । प्रतिउत्तरमा मदन भण्डारीले ‘हामी त भौतिकवादी परियो, यदि ईश्वर रहेछन् नै भने गणेशमानजीको यो इच्छा छिटै पूरा गरुन्’ भनेका थिए । नियतिले भने उमेरले बूढो भए पनि कान्छो मदन भण्डारीलाई छिटै लग्यो ।

विगतमा कहिलेकाहीँ प्रचण्डले पनि ‘कहिलेकहीँ त सबै कुरा छताछुल्ल पार्दिऊँजस्तो लाग्छ’ भन्छन् । केपी ओलीले ‘त्यो मन यता सिलायो उता फाटेको छ, उता सिलायो यता फाटेको छ’ भन्दै प्रचण्डप्रति व्यंग्य गर्थे । यसपटक डा. भट्टराईले भने ९÷९ अर्ब नै बाँडेर खाएको आरोप लगाए । उक्त आरोपप्रति नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रमाण पेस गर्न चुनौती दिएका छन् । प्रत्युत्तरमा भट्टराईले ‘जस्केलाबाट छिर्नेहरूले सत्ताको धाक नदेखाऊँ’ भन्दै निष्पक्ष छानबिनका लागि अधिकारसम्पन्न जनलोकपाल गठनको माग गरेका छन् । रिसले नै होला उनले अरूलाई ‘आठ कक्षा चोरेर पास गर्नेहरू’ पनि भनेका छन् ।

यो पनि पढ्नुहोस   फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

यो आलेख तयारी गर्दासम्म मुख्य आरोपितले भने कुनै प्रतिक्रिया दिएका छैनन् । एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले चाहिँ ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौं । त्यस्तो हर्कत हामी गर्न सक्दैनौ’ भनी आरोपको परोक्ष पारामा खण्डन गरेका छन् । तर, डाक्टर भट्टराई प्रमाण सडकमा देखाउँदै हिँडने चिज होइन, आवश्यक पर्दा सम्बन्धित निकायलाई दिने कुरा गर्छन् ।

सफाइ लिने मौका:
यो आरोपले डा. भट्टराई वा नेतात्रयमध्ये आखिर को दोषी हुन त ? गम्भीर प्रश्न उब्जेको छ । आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिनु उनीहरूका लागि सबैभन्दा बुद्धिमानी देखिन्छ । जनताका माझ जाँदा पनि कम्तीमा पनि डा. भट्टराईलाई या त प्रमाण पेस गर्न चुनौती दिनुप¥यो या त आरोप स्विकार्नु प-यो । अनि आरोपकर्ताले आजसम्म मौन बसेर यतिबेला मात्रै किन यो कुरा उठाए ? कतै उनी पनि काले काले मिलेर खाऊँ भालेमा त थिएनन् ? आशंका उब्जेको छ । मिथ्या आरोप लगाएको भए उनी पनि कारबाहीको दायरामा आउनुपर्छ ।

उनको आरोपमा केही पूर्वाग्रह पनि झल्किन्छ । राजनीतिक दाउपेचका लागि यस्ता आरोप लगाइने गरिएका छन्

उक्त आरोप चानेचुने छैन । सर्पको खुट्टा सर्पले नै देख्छ भन्ने उखान नै छ । कहाँ खाए ? कसरी खाए ? किन खाए ? सबै कुराको जानकार आरोेपकर्ता पक्कै छन् । बिनाजानकारी अर्काको चरित्रहत्या गर्न हुँदैन÷पाइँदैन भन्ने कुरा डा. भट्टराइलाई राम्रैसँग थाहा छ । फेरि यो चुनाबी मौसम पनि होइन । जनमत बटुल्नलाई अर्कोलाई आरोप लगाएर आफू चोखिन परोस् । यसैकारण यस कुराको गम्भीरतापूर्वक सत्यापन हुन जरुरी छ । सत्यतथ्य बाहिर ल्याउन जरुरी छ । विगतमा ७० करोडको आरोप प्रमाणित नहुँदै एक जना मन्त्रीले राजीनामा दिएका थिए । रोशनी प्रकरणमा न्यायालयले सफाइ दिए पनि तत्कालीन सभामुखको पद गुमेको गुमै भयो ।

इतिहासको लामो कालखण्ड बोकेको र आफ्नैै विरासत भएको नेपाली कांग्रेस पार्टी र त्यसका सभापति शेरबहादुर देउवाको आफ्नै इतिहास छ । विगतमा भट्टराई र प्रचण्ड एउटै पाटीमा रहेर काम गरेका परिवर्तनका लागि ज्यान हत्केलामा राखी टाउकाको मूल्य चुकाएका यी दुईजना सहयात्रीको एकताबिना गणतन्त्र सम्भव थिएन । १४ वर्ष जेल जीवन बिताएका, आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बाचा गरेका केपी ओलीको गणतान्त्रिक यात्रामा आफ्नै योगदान छ । यी सबै महत्वपूर्ण हस्तीहरूका लागि यी आरोप चानेचुने होइनन्, त्यो पनि खाइखेलेकै समकक्षीबाट लगाइएको छ । यसैकारण पनि यस मामिलामा वार कि पार हुनैपर्छ ।

सधैं सग्ला घाम हुँदैननः
भारतको छत्तीसगढ राज्यमा भाजपाका नेता डा. रमनसिंह निकै लोकप्रिय थिए । २००३ देखि लगातार १५ वर्ष शासन गरेका उनी लामो समयसम्म मुख्यमन्त्री पनि बने । २०७५ साल मंसिरमा भएको विधानसभा चुनावमा उनी भाजपाकै गढ मानिएको छत्तीसगढमा कांग्रेस आइसँग नराम्ररी पराजित भए । उनलाई भीआईपी प्रयोगका लागि हेलिकोप्टर खरिदमा अनियमितता गरेको, ग्लोबल टेन्डर गर्दा अर्बाैं रुपैयाँ घोटाला गरेको आरोप लगाइयो । उनीमाथिको आरोपलाई अदालतले त सफाइ दियो तर जनताको मनबाट सफाइ पाउन सकेनन् । अन्ततः गौंडो कुरेर बसेका जनताले आवधिक चुनावमा हराइदिए । चौथोपटक पुनः मुख्यमन्त्री बन्ने उनको सपना हेलिकोप्टर काण्डकै कारण चकनाचुर भयो ।

आरोप आरोपकै लागि सोच्दा यसले राजनीति गर्नेलाई कुनै पनि दिन घाटा पर्न सक्छ । यस्ता विषयमा यदि आरोपितहरू निष्कलंक छन् भने शक्तिशाली आयोग गठन गर्न चुक्नुहुँदैन । सफाइका लागि यो उनीहरूलाई एउटा महत्वपूर्ण अवसर पनि हो । होइन भने जनताले गौंडो कुरेर बसेका हुन्छन् । कुनै पनि दिन रमनसिंहको नियति नेताले पनि भोग्नुपर्ने हुन सक्छ ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

वासिङ्टन । उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई...

साताका लोकप्रिय समाचार

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको...

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्...

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

ट्रेन्डिङ

२० सैनिकसहित गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा...

नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको...

केयुकेएलमा फेरि एक व्यक्तिका लागि चलखेल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रमुख कार्यकारी अधिकृत छनोटका लागि पुनः एक व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि विपरित चलखेल भएको पाइएको छ...

मड्रिड आउँने कार्लोसको निर्णय

मड्रिड । रियल म्याड्रिडका पूर्वखेलाडी तथा ब्राजिलियन डिफेन्डर रोबर्टो कार्लोसले इटालियन क्लब इन्टर मिलान छाडेर रियल म्याड्रिड आउने निर्णय गर्न १० मिनेट...

कालापानी समस्या र भारतीय अतिक्रमण

भारतीय अतिक्रमण र सीमा समस्या नेपालका लागि बल्झिरहने घाउ हो । यसै सन्दर्भमा केही दिनअघि नेपाली छातीमा डोजर चलाउँदै निर्माण गरेको पिथौरागढबाट गुन्जी र...

बहुला कुकुरले टोकेको गाई, भैंसी र खसी मर्न थाले

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलामा रेविज रोगेको बहुला कुकुरले टोकेको कारण बस्तुभाउ मर्न थालेका छन् । २८ दिनअघि बहुलाहा कुकुरको...

व्यावसायिक उडान भर्न १२ वटा वायुसेवा कम्पनीको प्रस्ताव

मधुजंग पाण्डे काठमाडौं । सरकारले आगामी १ भदौबाट हवाई उडान सञ्चालनको अनुमति दिएसँगै अहिले विभिन्न वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक उडान भर्न प्रस्ताव गरेका छन् ।...

गाउँ आइपुग्नु भो, लकडाउनको उपयोग यसरि गर्नुस्

कोरोना संक्रमणको महामारीले अहिले विश्वभर एकखालको आतंक छाएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या दिनै पिच्छे बढेको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

भर्खरै

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

धेरै पढिएका

‘संसद् जीवन्त र जनमुखी बनाऔं’

काठमाडौं । संघीय संसद् र प्रदेशसभा सञ्चालनसम्बन्धी संघ र प्रदेशका सभामुख तथा उपसभामुखहरूले संसद्लाई जीवन्त र जनमुखी बनाउने निष्कर्ष निकालेका छन् । सातै प्रदेशका सभामुख,...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

प्रचण्डले अराजनीतिक प्रस्ताव ल्याएर पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको दोषारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्तावको व्यापक चिरफार गर्दै आफ्नो...

साग आयोजना र पूर्वधारमा चार अर्बभन्दा बढी खर्च

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले झन्डै एक वर्षपछि १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)