काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेका अध्यक्षद्वय ओली र दाहालले कर्णाली प्रदेशमा देखिएको विवाद’bout छलफल गर्दै पुनः अर्को दिन बस्ने गरी सहमति गरेको नेकपा स्रोतले जनाएको छ ।
‘दुवै अध्यक्षका बीचमा छलफल भएको छ, कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने विषयमा गम्भीर छलफल भयो,’ नेकपा स्रोतले भन्यो, ‘अहिले नै कुनै निचोड निष्केन, फेरि छलफल गरेर विवाद समाधान गर्ने भन्ने कुरो भएको छ ।’
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारूढ नेकपाकै बहुमत सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको हो । कर्णाली प्रदेश सरकारमा विवाद बढेपछि अध्यक्षद्वय ओली र दाहालले सो प्रदेशका मुख्यमन्त्री, पार्टी पदाधिकारी र सांसदलाई काठमाडौंमा बोलाएर छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कर्णालीका नेताहरूसँग शनिबार छलफल गर्दै दुवै अध्यक्षले गर्ने निर्णय कार्यान्वयन गर्नु भनेर निर्देशन दिएका थिए । यस्तै, गत बिहीबार र शुक्रबार गरी दुई दिन अर्का अध्यक्ष दाहालले कर्णालीका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए । वरिष्ठ नेता माधवकुमार नेपालले समेत कर्णालीका नेताहरूसँग विवाद’bout छलफल गरेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, नेकपा कर्णाली प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव शर्मा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, निलम्बित सचेतक गुलावजंग शाह, सांसद चन्द्रबहादुर शाहीलगायतका नेताहरूले प्रदेशको विवादका ’boutमा पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्धमा सत्तारूढ नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव गत आइतबार दर्ता गराएपछि विवाद चर्केको हो । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सात सांसद मुख्यमन्त्री शाहीसँगको सहमतिमा पछि हटिसकेका छन् ।
यस्तै, अविश्वासको पक्षमा हस्ताक्षर गरेका पूर्वमाओवादीका तीन सांसदसमेत पछि हटेपछि मुख्यमन्त्री शाहीको कुर्सी जोगिने भएको छ ।