Tuesday, December 1, 2020
Home blog मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवार म बचाउछु, तँ आफ्नो लाज बचा सरकार !

मेरो परिवारका वहुमत सदस्यलाई कोरोना (कोभिड १९) पोजेटिभ देखिएपछि हामी काठमाडौंवाट अतालिदै घर आयौं । सिटामोलले ओराल्न नसकेको ज्वोरोले ममी, बुवा र बाबु (देवरबाबु)को अनुहार निकै नै मलिन भइसकेको थियो । खासमा हामी त्यही मलिन अनुहारलाई सान्त्वना दिँदै भाइरस विरुद्धको लडाईंमा सहयोगी बन्न आएका हौं ।

औषधि पत्ता नलागेको यस रोगको उपचार विधि खानपीनमा सीमित रहेकाले रुटिङ अनुसारको भिटामिनजन्य खाना तयार गर्ने र खुवाउनेमा हामी केन्द्रीत भयौं । यसवीचमा बाबुलाई ज्वरो नियन्त्रणमा आएको छ भने ममी–बुवा अझै सीटामोलको साहारामा ज्वरोसँग भिड्दै हुनुहुन्छ ।

तोकिएको समयभन्दा डेढ घण्टा अबेर गरेर आइपुगे स्वास्थ्यकर्मी । ६८ जनाको लाइनमा पछाडि रहनुभएको बुवाको ज्वरोको पारो चढ्दो थियो । अनुहारमा सिथिलता ह्वात्तै बढेको देख्न सकिन्थ्यो । हात खुटटा काप्न थालेका थिए । तर, विरामीका सहयोगीलाई टाढा बस्न भनिएको थियो

बाबुलाई कोरोना पोजेटिभ देखिएपछि उस्तै लक्षण रहेका ममी–बुवालाई पनि सोही भाइरसले नै पकडेको लख काटियो । त्यही भएर सुरुमा नै पीसीआर टेस्ट गरिएन । किनभने पोजेटिभ देखिएपनि अस्पताल नआउन र घरमा नै आइसोलेसनमा बस्न यसअघि नै सरकारले उर्दी छरिसकेको थियो । औषधि छैन । अस्पताल नआउनु भनेपछि टेस्ट गर्नुको अर्थ के ? धेरैले गर्ने यस प्रश्नमा हाम्रो पनि सहमती भयो । तर, ज्वरोले गाल्दै लगेपछि २ कार्तिकमा बुवाको पीसीआर टेस्ट गर्ने निर्णय भयो । र, बाबुले भनसुन गरेर नाम टिपाइस्यो । नाम टिपाउनु पनि निकै ठूलो कुरो रहेछ, यहाँ ।

बुवालाई पीसीआर टेस्ट गर्न निर्धारित समयमा नै पुर्याईयो । १२ दिनसम्म ज्वरो आएर कमजोर हुनुभएको बुवाको हातखुट्टा कामीरहेका थिए । टन्टलापुर घामले इटहरी रंगशाला बल्न लागेझै लाग्थ्यो । पीसीआर टेस्ट गर्न बोलाईएका विरामीकालागि त्यहाँ कुनै कोठा, हल वा कुर्सी त टाढाको कुरा टुसुक्क बस्ने अवस्था पनि थिएन । घाम छल्ने एउटा रुख समेत थिएन ।

तोकिएको समयभन्दा डेढ घण्टा अबेर गरेर आइपुगे स्वास्थ्यकर्मी । ६८ जनाको लाइनमा पछाडि रहनुभएको बुवाको ज्वरोको पारो चढ्दो थियो । अनुहारमा सिथिलता ह्वात्तै बढेको देख्न सकिन्थ्यो । हात खुटटा काप्न थालेका थिए । तर, विरामीका सहयोगीलाई टाढा बस्न भनिएको थियो ।

अक्सिजनको गति घट्दो भएपछि बुवालाई अस्पताल लानुपर्ने निश्कर्षकासाथ बेडको खोजी सुरु भयो, अस्पतालमा । तर, धरान, विराटनगरका कुनै पनि अस्पताल खाली नरहेको जानकारीमा आयो

पीसीआर टेस्ट गर्न तोकिएको समयभन्दा निकै नै ढिला आएका स्वास्थ्यकर्मी तथा ब्यवस्थापक भनिनेहरुहरुको झर्कोफर्कोको कुरा अहिले नगरौं । तर, त्यहाँ उपस्थित आम विरामीहरुको टाउको भने ढिला सुस्ती र उनीहरुको चिसो ब्यवहारले झनै तताईरहेको थियो । बुवा अझै मलिन हुँदै जानु भएको थियो । स्वासप्रस्वास बढ्दो थियो । हामी डराउन थालेका थियौं । बल्ल बल्ल पालो आयो । दुई दिन पछि रिपोर्ट आउने सूचना लिएर हतार–हतार घर आयौं । घर आएर थर्मामिटर र अस्सोमिटर लगाउँदा ज्वरो पहिलाभन्दा उच्चबिन्दुमा पुगेको र अक्सिजन घटेर ७५ मा आइपुगेको रहेछ । स्वासप्रस्वासको गति बढी रहेको थियो । कहिल्यै नकामेका बुवाका हात खुट्टा कमाइको गति बढिरहेको थियो ।

यो पनि पढ्नुहोस   फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

अक्सिजनको गति घट्दो भएपछि बुवालाई अस्पताल लानुपर्ने निश्कर्षकासाथ बेडको खोजी सुरु भयो, अस्पतालमा । तर, धरान, विराटनगरका कुनै पनि अस्पताल खाली नरहेको जानकारीमा आयो । इटहरीका एकजना विरामीले बुटबलको एक अस्पतालमा खाली रहेको एउटा भेन्टिलेटर भेटेको र, विरामीलाई उतै कुदाएको समाचार सुनियो । अस्पतालको अवस्था यस्तो भएपछि बुवालाई घरमा नै उपचार गरेर राख्न बाध्य भएका छौं ।

कोभिड १९का सम्बन्धमा सरकारले अर्को कीर्तिमानी निर्णय हिजै मात्र गरेछ । निर्णयानुसार कोरोनाका विरामीलाई ‘सवैखाले सहयोग बन्द गरिने’ भएछ । नागरिकवाट बीमा बापतको रकम असुल्न दिने तर बिमितलाई तोकिएको सुविधा नदिने खुल्लम खुल्ला निर्णयमा मौन बस्ने पनि अघोषित निर्णय भएछ । पीसीआर टेस्ट आफैं गर्नुपर्ने र उपचार पनि आफैं गर्नुपर्ने निर्णय गरेर हाइसन्चोमा बस्ने अर्को युगान्तकारी कदम पनि चाल्ने निर्णय भएछ । यस्तोलाग्छ, नागरिकको जीवनरक्षा, कर्तब्यबोध, सुशासन र विकास–निर्माण वाहेक सवै काम गरिरहेको छ, सरकार ।

संसारका सवैजसो देश अहिले कोरोना विरुद्धको लडाइलाई पहिलो प्राथमिकतामा राखेर क्रियाशील छन् । नागरिकको जीवन रक्षाको प्रश्न उनीहरुकालागि सवैभन्दा महत्वपूर्ण छ । तर, हाम्रो सरकारको एकपछि अर्को काम देखेर हाँस्य–ब्यङ्ग्य कलाकार मनोज गजुरेलको एउटा शब्द सापटी लिन मनलाग्छ, ‘लाज पनि नमज्जाले लजायो होला’ ।

मेरो अन्तिम जिज्ञासा छ, अहिले कामीरहेका बुवाका हात ठीक भएपछि के उसैगरी यिनीहरुलाई नै लालमोहोर लगाउनुहोला ?

(Visited 6,015 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल–भारत उडान सञ्चालन हुने

काठमाडौँ । कोभिड–१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट...

सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका(८, जयराजपूरमा...

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

साताका लोकप्रिय समाचार

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र...

नबन्दै भत्कियो सडकको नाला

सिन्धुली । कमलामाई नगरपालिकाद्वारा ठेक्का प्रक्रियामा बन्दै गरेको कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको नाला बनि नसक्दै भत्किएको छ ।...

बलात्कार गरे, एकतोला सुन दिने तमासुक बनाए अनि धम्क्याए

बैतडी । बैतडीको सिगासमा ६ महिना अघि एकजना युवतिलाई स्थानिय युवाले बलत्कार गरे । किसोरीले घरका मान्छेलाई आफु बलात्कृत भएको जानकारी गराइन् । घटना गाउँको...

गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले विप्लवसंग एकता गर्ने 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले अब व्यापक ध्रुवीकरणमा जाने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष...

सीमा विवादको समाधान उच्च तहबाटै खोजिने

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण...

ट्रेन्डिङ

घरसँग मनै उज्यालो

तुलसीपुर उपमहानगर–३ प्रतापकोटबाट जितबहादुर घर्ती दैनिकजसो तुलसीपुर बजारको उज्यालो नियाल्थे । उपमहानगर अग्लो डाँडो अम्वास बस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको ‘जून हेरे’जस्तो...

बेजोसलाई पुनः विश्वकै धनी व्यक्तिको ताज

काठमाडौं । फोब्र्स पत्रिकाले हालै विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ । फोब्र्सले गरेको विश्वका अर्बपतिको सूचीको पहिलो स्थान यसपल्ट पनि अमेजोनका...

अर्जुन पोखरेल र दुर्गा खरेल विवाह बन्धनमा

 
यो पनि पढ्नुहोस   फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम
काठमाडौं । संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखी प्रेममा रहेका उनीहरुले सिमित साथीभाईको उपस्थितीमा काठमाडौमा विवाह गरेका...

कोरोना नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम प्रशारण गर्न संचार माध्यामहरुलाई आग्रह गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका...

नेपालको अभिमत बुझेर भारतले वार्ताको ढोका खोल्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको अद्यावधिक नक्शा राष्ट्रिय सहमतिका आधारमा नेपालको संविधानमा समावेश भइसकेको कुरा बुझेर छिमेकी मुलुक भारतले...

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा...

विशेष अन्तर्वार्ता : भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने...

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १५ हजार...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

भर्खरै

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

धेरै पढिएका

‘कृष्ण लिला’ इलाममा सुटिङ हुँदै (फोटोफिचर)

इलाम । इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण...

चिनियाँ रक्षामन्त्रीको भ्रमण सुरक्षा केन्द्रित

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले...

अस्ट्रेलियाको सानदार जित

सिड्नी । घरेलु टोली अस्ट्रेलियाले भारतविरुद्धको पहिलो एक दिवसीय खेलमा जित निकालेको छ । अस्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गर्दै तीन ओडीआई सिरिजमा १–०...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)