असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली परिचालन गरिएको छ ।

सिआइबीको टोलीसँगै प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ । घटनाको अनुसन्धानका लागि टोली घटनास्थलमा तैनाथ भएर आफ्नो काम गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी पोष्टका इन्चार्ज गोविन्द विकको धारिलो हतियार प्रहार गरी मोहना नदीमा फालेको अवस्थामा शव फेला परेको थियो । सँगै गस्तीमा गएका प्रहरी जवान रामवहादुर साउँदको अवस्था भने अझै अज्ञात रहेको छ ।

उनको खोजीकार्य भइरहेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए । उनका अनुसार सशस्त्र प्रहरीको गोताखोर टीमले समेत मोहना नदीमा उनको खोजी गरिरहेको छ । शनिवार राती १० बजेपछि असई बिक र जवान साउँद सम्पर्कविहिन भएका थिए । विकको आइतबार बिहान घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा मोहना नदीमा शव फेला परेको थियो भने जवान साउदको अवस्था अझैm अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी