Wednesday, February 24, 2021
Home बिचार अशोक विनायक र अन्नपूर्ण देवीको जात्रा

अशोक विनायक र अन्नपूर्ण देवीको जात्रा

नेपालका आदिवासी नेवारहरूले परापूर्वकालदेखि तान्त्रिक विधिअनुसार मनाउँदै आएका विभिन्न चाड पर्व र जात्रामध्ये मोहनी नखः पनि हो । सर्वाधिक महŒवपूर्ण रही आएको यो मोहनी नखः १० दिनसम्म मनाइने भएकोले दसैंं भनिए तापनि दैत्यहरूमाथि आदिशक्ति माता भगवतीले विजय गर्नुभएको र विशेष गरेर महिषासुर दैत्यको बध गरी दशमीको दिन विजय गर्नुभएकाले विजया दशमी भनि मनाइँदै आइरहेको हो ।

नेपालका नेवारहरूले माकचा माटाको एक प्रकारको गाजल पार्ने भाँडोमा दियो बालेर पारेको गाजललाई मोहनी सिन्ह कालो टीका अर्थात् मोहनी लगाउने टीका विजया दशमीका दिन मान्यजनबाट भगवतीको प्रसाद टीका ग्रहण गर्दा लगाउने गर्दछन् । यस प्रकारको मोहनी टीका तान्त्रिक विधिबाट तयार पारी देवतालाई समेत आफनो वशमा पार्दै आएका नेपालका नेवारहरूले दसैंंलाई मोहनी नखः भनी मनाउँदै देवीदेवताका जात्रा पनि गर्दै आएका छन । यसै सन्दर्भमा आश्विन शुक्ल अष्टमीदेखि एकादशीसम्म अशोक विनायक मरु गणेशको खट जात्रा गर्दछन् भने आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म असनको प्रसिद्ध अन्नपूर्ण देवीको पनि खट जात्रा गर्दछन् ।

अशोक विनायकको जात्रा
राजा लक्ष्मीनरसिंह मल्लले मरु सत्तल बनाउनु अघि अशोक वृक्षमुनि गणेश स्थापना गरेकाले यो गणेशको नाम अशोक विनायक हुन गएको हो भनिन्छ । अशोक विनायकलाई मरु गणेश किन भनियो त ? भन्ने सन्दर्भमा मन्दिर निमार्ण गरी सकेपछि गजुर हाल्न लाग्दा त्यस कामदारलाई सपनामा गणेशले गजुर नहाल्नु भन्नुभएका रहेछन् तर त्यस कामदारले अरू कामदारहरूलाई सपनामको कुरा सुनाए तापनि गजुर हालेकाले उसको त्यसै दिन मृत्यु भएको र रातभरमा गजुर भत्केर मन्दिरमा ह्वांग प्वाल परेको थियो र त्यसरी गजुर भत्केकोले पुनः अर्को गजुर राख्न कामदारहरू डराई गजुर नराखेकाले गजुर नभएको गणेश भनी मरु गणेश भनिएको हो भने मरु टोलका गणेश भएकाले पनि मरु गणेश भनिएको हो भनिन्छ ।

राजा लक्ष्मीनरसिंह मल्लको आज्ञा मुताविक तत्कालीन तान्त्रिक जामनः गुभाजुले बौद्ध तान्त्रिक पद्धतिअनुसार देवन्यास गरेर गणेशको जात्रा चलाएका हुन भनिन्छ । नेपाल सम्वत ९७१ मा गणेशको मूर्ति बनाइएको कुरा त्यहाँ स्थित शिलापत्रमा उल्लेख गरिएको छ । यो मूर्ति धर्मनारायण मानन्धरबाट बनाउन लगाइएको भनेर पनि उक्त शिलापत्रमा उल्लेख गरिएको पाइन्छ । राजाका अत्यन्तै इमानदार कर्मचारी धर्मनारायण मानन्धरलाई आज्ञा दिएकाले नै धर्मनारायणले मूर्ति बनाउन लगाएको हो भन्ने मान्यता रही आएको छ ।

आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा चलाउने क्रममा ज्यापु गुथियारले नवमीकै दिन मध्यरात्रिमा देवीलाई राँगाको बली दिन्छन्

एउटा आख्यानअनुसार राजा लक्ष्मीनरसिंहका अत्यन्तै प्रिय कर्मचारी धर्मनारायण मानन्धर इमानदारी र कर्तव्य निष्ठाले गर्दा राजाले साह्रै नै मन पराउँथे । राजाले जुनसुकै काम अह्राए पनि धर्मनारायणले इमानदारीपूर्वक पूरा गर्दथे । राजाले धर्मनारायणलाई मन पराएको रानीलाई पटक्कै मन पर्दैनथ्यो । तर, रानीले राजाको सामु केही बोल्न सक्दैनथ्यो । एक दिन रानीलाई साथै लिएर राजाले धर्मनारायणको कार्यकक्षमा कामको निरीक्षण गर्न गए । राजा रानी जसै धर्मनारायणको कार्यकक्षमा पुग्छन् त धर्मनारायणलाई अशोक विनायकको रूपमा देख्छन् ।

राजारानी आश्चर्य चकित हुँदै धर्मनारायणलाई गणेशको अवतार भएको ज्ञान भए पछि रानीले पनि धर्मनारायणलाई श्रद्धा गर्न थालिन् । राजा लक्ष्मीनरसिंहकै पालादेखि राजकीय विनायका रूपमा रही आएका अशोक विनायकलाई शाहवंशीय राजाहरूले अत्यन्तै श्रद्धाभक्तिपूर्वक मान्दै आएको देखिन्छ । शाह वंशीय राजाहरूले आफना पुत्र वा पुत्रीको अन्नप्रासनमा, व्रतबन्धमा, शुभविवाहमा र राज्यारोहणको बेलामा र राज्याभिषेक जस्ता महŒवपूर्ण महान शुभकार्यहरूमा सर्वप्रथम अशोक विनायककै पूजा अर्चना गरिन्छ । यसरी राजखलकले पूजा आजा गरिँदै आएका अशोक विनायकलाई राज गणेशको रूपमा पनि मान्दै आएको पाइन्छ ।

अशोक विनायकको जात्राको शुभारम्भ गर्न प्रत्येक वर्ष फूलपातीको दिनमा गणेशको मूर्तिलाई सफा सुग्घर पारिन्छ । स्मरण रहोस् नेवार समुदायले फूलपाती मान्दैनन्, फूलपाती भिœयाउने चलन पनि छैन । पृथ्वीनारायणले नेपाल जितेपछि गोरखादेखि फूलपाती ल्याउन लगाई फूलापाती भिœयाउने चलन चलाएका हुन ।

अष्टमीका दिन बेलुका नायखिं बाजा बजाएर थकालीलाई ल्याएपछि देवघरमै गणेशलाई खटमा राखेर थकालीले पूजा गर्छन् । थकालीले अम्बा, केरा, मुला, फूलको मालासहितले पूजा गरेर गणेशलाई तीनवटा बोका बलि दिएर खट जात्रा सुरु गर्छन् । गणेशको खट विभिन्न टोलमा परिक्रमा गराइन्छ । भक्तजनहरूले आफ्नो घरअगाडि नै आई पुगेका गणेशलाई श्रद्धा भक्तिका साथ पूजा गर्दछन् । यसरी अशोक विनायकको खट जात्रा गर्ने क्रममा श्री कुमारीको रथयात्रा गरिँदा कुमारीको रथ तान्ने बाटो माथिल्लो टोल असन र तल्लो टोल लगनसम्म खट लगिन्छ र भक्तजनहरूबाट पूजा ग्रहण गरिन्छ ।

सोही दिन अर्थात् अष्टमीको रात्रिमा ३२ थरी अन्नहोम गरेर गणेशलाई राँगाको बलि दिइन्छ । नवमीका दिन अशोक विनायकलाई भक्तजनहरूले ठूलो संख्यामा भिड लागेर पूजा गर्दछन् । भक्तजनहरूले यो दिन विनायकलाई जाँड, रक्सी, समेबजी राखेर अन्डाको बलि दिएर पनि पूजा गर्दछ भने कसैले कुखुराको, कसैले बोकाको बलि दिएर पनि पूजा गर्दछन् । यही दिन बिहानैदेखि विनायकलाई खटमा राखी जात्रा गरेर यट्खा, कंकेश्वरी, तहबिल थकालीको घरमा धिमे, नायखिं बाजा बजाएर पूजा थाप्न जाने गरिन्छ साथै गुथियारका चेलीबेटीका घर घरमा गएर पनि पूजा थाप्ने चलन छ । त्यसपछि साँझ अशोक विनायकको खट राजदरबारमा दरबारिया पूजा गराउने चलन थियो भने हाल राष्ट्रपति निवासमा लैजाने गरिन्छ ।

यो पनि पढ्नुहोस   सर्वोच्चको फैसला पालना गरौं

अन्नपूर्ण देवीको जात्रा
हरेक वर्ष आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म असनको प्रसिद्ध अन्नपूर्ण देवीको जात्रा गरिन्छ । अन्नपूर्ण देवीलाई हिन्दूहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा मान्दै आएका छन् । बौद्धमार्गी नेवारहरूले भने अन्नपूर्णै देवीलाई बसुन्धरा, योगाम्वर, ज्ञानेश्वरी, महालक्ष्मी, अजिमा पिठ र महामयुरी देवीको रूपमा मान्दै आएका छन् । ने.सं. १०४४ अर्थात् वि. सं. १९८१ को शिलापत्रमा अन्नपूर्ण देवीलाई असंभलु अजिमा भनी उल्लेख गरिएको पाइन्छ ।

अन्नपूर्ण देवी साक्षात् महालक्ष्मीका रूप हुन् । श्रीरूपी महालक्ष्मी अन्नपूर्ण देवीलाई अष्टलक्ष्मी स्वरूप, धान्य लक्ष्मी, धन लक्ष्मी, धैर्य लक्ष्मी, विद्या लक्ष्मी, जय लक्ष्मी, वीर्य लक्ष्मी, गज लक्ष्मी र सौभाग्य लक्ष्मीको रूपमा पनि पुजिन्छ । प्यागोडा शैलीको तीन तल्ले पित्तलको कलात्मक मन्दिरभित्र विराजमान भइरहेकी श्री अन्नपूर्ण देवीका आठ हात छन् । दाहिने चार हातमा खड्ग, बज्र, वरद मुद्रा र कचौरा छन् भने देब्रे हातमा बिन्दु मुद्रा, जपमाला, घण्टा र कलश समाती कमलको फूलको आसनमा बसिरहेकी र नर मुण्डको माला पहिरिएको देखाइएको छ । यस्तो चित्र मन्दिरको टुँडालमा कुँदिएको देखिन्छ ।

नेपालका नेवारहरूले दसैंलाई मोहनी नखः भनी मनाउँदै देवीदेवताका जात्रा पनि गर्दै आएका छन्

असनमा पहिला जंगल थियो । एकपटक एउटी घाँसी महिलाले नागार्जुन डाँडामुनि घाँस काट्दै डोकोमा राख्दै थिइन्, अन्नपूर्ण देवी नागरूपी भई उक्त घाँसको डोकोमा पस्नुभएछ । घाँसीले घाँस काट्न सकेपछि डोकोभरी घाँस राखेर बाक्दै आउँदा थकाइ लागेर असनमा अशोक वृक्षमुनि आराम गरिन् । पछि घाँसीले डोको उठाउन खोज्दा डोको त हलचल नै भएन । तान्त्रिकलाई देखाउँदा माता अन्नपूर्ण महालक्ष्मी नागको रूप लिई कलशमा सिद्ध भएकाले यस्तो भएको हो भनेपछि अन्नपूर्ण देवीलाई त्यही विराजमान गराइएको हो भन्ने भनाइ पाइन्छ ।

यसरी अन्नपूर्ण देवी नागको रूप लिई त्यही सिद्ध भएकीले नाग अंकित कलश स्थापना गरिएको हो भनिन्छ, जुन यथावत् रही आएको छ । पछि चाँदीको मोलम्माले कलशलाई ढाकेर राम्रो बनाइएको हो भनिन्छ । त्यस कलशभित्र चामल, गहुँ, मकै, दुध, समेबजी, हाँसको अण्डा भर्ने चलन छ । कलश जसले पनि भर्नु हुन्छ । यसरी कलश भरेमा अन्नले दुःख नहुने, भोको पेट बस्नु नपर्ने, शुभलाभ हुने र मनको इच्छा पूरा हुने जन विश्वास छ ।

आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा चलाउने क्रममा ज्यापु गुठियारहरूले नवमीकै दिनमध्ये रात्रिमा देवीलाई एउटा राँगो बलि दिइन्छ । देवीलाई बलि दिएको हेर्न हुँदैन भनी देवीको मन्दिर जाने सबै बाटो बन्द गरिएको हुन्छ । साथै, पाल टाँगेर कसैले नदेख्ने गरी बलि दिइन्छ । अन्नपूर्ण देवीलाई दसैंंको समयमा भक्तजनहरूले व्यापक रूपमा पूजा गर्र्दै हाँस, बोका, हाँसको अण्डा मात्र भोग दिने गर्छन्, कुखुराको अण्डा र कुखुराको बलि दिइँदैन ।

अन्नपूर्ण देवीको विशेष खट जात्रा आश्विन शुक्ल एकादशी र द्वादशी दुई दिन भव्य रूपमा गरिन्छ । अन्नपूर्ण देवीको खट ठूलो भएकाले ८–१० जना मानिसहरूले बोक्नुपर्ने हुन्छ । एकादशीको दिनमा बेलुकीतिर असनमा राखिएको देवीको मूर्तिलाई खटमा राखी न्हयःखा, त्यौड, ठँहिटी, कमलाक्षी, असन हँुदै बालकुमारी सम्म खट जात्रा गरिन्छ । बालकुमारी अन्नपूर्ण देवीको माइतीघर हो भनिन्छ ।

त्यसपछि फेरि असन हुँदै भोटाहिटी स्थित देवीको घरअगाडि खट बिसाइन्छ । रातभर त्यही राखिन्छ । भोलिपल्ट पुनः अन्नपूर्णको खट जात्रा गर्ने क्रममा असन, बालकुमारी, इन्द्रचोक, न्युरोड, खिचापोखरी, ओमबहाल, लगन, ब्रम्हटोल आदि स्थानमा जात्रा गर्दै काठमागडौं गणेशस्थान, प्याफल, दमाई टोल, टेंगल, बांगेमुढा, ज्याठा, ठमेल, कमलाछी हुँदै असन भोटाहिटी देवघर देवीको घरमा फर्काइन्छ । यसरी सबै ठाउँमा जात्रा गर्दै पूजा गराउँदै आएपछि गुठियार सबैले देवीको राति पूजा गर्छन् र पूजा सकेपछि देवीको मूर्तिलाई खटबाट निकालेर साँचोले तानेर देवीलाई देवीकै घरको भण्डारमा लगेर राख्छन् र जात्रा विसर्जन गर्छन् ।

(Visited 100 times, 1 visits today)
Loading comments...

आजको समाचार

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

प्रशासन, राज्यसत्ता र राजनीति

राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । राज्य...

‘प्रसाद २’ मा पनि विपीन, नम्रता र निश्चल नै

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र ‘प्रसाद २’ निर्माण हुने...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट...

साताका लोकप्रिय समाचार

म्यानमारको सेरोफेरोमा भारत–चीन सम्बन्ध

म्यानमारको सैन्यबलले १ फेब्रुअरीमा सैन्य विप्लवमार्पmत् सत्ताकब्जा गरेको छ । म्यानमारको सैन्यबलले नागरिक सर्वोच्चतालाई किर्माथ स्वीकार गरेको छैन । सन् १९६२ मा भारत र...

सरकार र ‘विप्लव’ समूहबीच भित्रभित्रै वार्ता

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो ३ बजे बस्ने मुख्य...

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

ट्रेन्डिङ

दिल्ली हिंसामा ७ को मृत्यु

नयाँ दिल्ली । नागरिकता कानुन संशोधन (सीएए) को विरोधमा सुरु भएको प्रदर्शनका क्रममा उत्तरपूर्वी दिल्लीमा हिंसात्मक भिडन्त भएको छ ।

हराइरहेका दाजुभाइ बाँधमा मृत भेटिए

नवलपरासी ।  दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका...

दुई दिनमा साढे चार लाख यात्रु बाहिरिए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण दुई दिनमा काठमाडौं उपत्यकाबाट ४ लाख २८ हजार ८ सय १६ यात्रु बाहिरिएका हुन्...

चलचित्र ‘बा’ बनाउँदै एभरेस्ट सूर्य बोहरा

काठमाडौं । निर्माता निर्देशक एभरेस्ट सूर्य बोहोराले भदौबाट सुरु गर्ने भनिएको नयाँ फिल्मको छायांकन तीन महिनापछि सारेका छन् । उनले कोरोनाको अवस्था सामान्य हुनासाथ...

स्वास्थ्य सामग्री खरिद प्रकरणको आलोचनामा प्राज्ञहरू

विश्वभरका मानवजाति नै कोभिड–१९ को संक्रमणबाट पीडित भइराखेका छन् । नेपालमा पनि यो संक्रमण देखिन थालेपछि सरकारले यसका लागि आवश्यक सुरक्षा सामग्रीको बन्दोबस्त गर्नु...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

विवाहपञ्चमीले राष्ट्रिय एकताको भावना जागृत गरेको राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा...

बंगलादेशबाट मल खरिद गर्ने सम्झौता

काठमाडौं । नेपाललाई बंगलादेशले पैंचो दिने भनेको मल नदिएपछि नेपालले साढे १ अर्बमा ५० हजार मेट्रिक टन मल खरिद गर्न सम्झौता गरेको छ ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय रोग बन्दै ‘ढिलासुस्ती’

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाए पनि विगतमा जस्तै हुने ढिलासुस्ती भने हटेको छैन । विकास र समृद्धिको मुख्य नारा लिएको सरकारले...

थप १२५ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप १२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३६८१ जनाको गरिएको पीसीआर...

अब सबै होटलहरूमा सरकारी निशान छाप

काठमाडौं । सरकारले मुलुकभरमा रहेका सबै प्रकारका होटलहरूमा सरकारी निशान छाप अंकित संकेतहरू राख्नुपर्ने नियम ल्याएको छ । सरकारले सबै होटललाई अनिवार्य रूपमा आफ्नो वर्गीकरणअनुसारको...

ओझेलमा परेका एकिकरणका नायक

काठमाडौँ । नेपालको एकिकरणका महान योध्दा सेनापती वडावीर शिवराम सिंह बस्न्यातको २७५ औं पुण्यतिथिको योगदान स्मरणमा, श्रीपाली बस्न्यात समाज नेपालको आयोजनामा सम्पन्न भयो ।...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)