Friday, December 4, 2020
Home Editor-Picks बाबुरामकाे मुद्दा, जनलोकपाल गठन नगरी सुखै छैन

बाबुरामकाे मुद्दा, जनलोकपाल गठन नगरी सुखै छैन

सत्तारुढ दल नेकपाका नेताहरुको नयाँ फण्डा सुरु भएको छ दुई दिनदेखि । ‘मैले दशैं भत्ता फिर्ता गरेँ’ आशयको विज्ञप्ति सामाजिक सञ्जालमा पोष्ट गर्ने । वरिष्ठदेखि मध्यम खालका नेता समेतले दशैं भत्ता फिर्ता गरेको हस्ताक्षरयुक्त विज्ञप्ति जारी गरेका छन् । सरकारले कोरोना संक्रमितका सन्दर्भमा आर्थिक अवस्था कमजोर भएकाहरुको मात्रै निशुल्क उपचार गर्ने र अन्यले सम्पूर्ण खर्च आफैं गर्नुपर्ने भनेपछि सामाजिक सञ्जालमा सरकारको उछित्तो काढ्न सुरु भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताले कोरोना संक्रमणमा सरकारले हात उठाएको भन्दै सांसद र तिनका स्वकीय सचिवलाई दशैं भत्ता दिएर रमिता देखाएको सन्दर्भ उठाएपछि अन्य राजनितीक दलहरुलाई पनि सरकारको उछित्तो काढ्ने नयाँ मेसो मिल्यो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदलाई भत्ता नलिन उर्दी जारी ग-यो भने साझा पार्टीले दशैं भत्ता दिएको भन्दै सरकारको भर्तसना ग-यो । चर्को जनदवाव सिर्जना भएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद् सदस्यको दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय ग-यो ।

महामारीका बेला सांसदलाई दशैं भत्ता नदिनु आफैंमा क्रान्तिकारी कदम होइन । तर, अहिले सांसदले दशैं भत्ता पाउनु पर्छ भन्यो समाजमा परिन्न । किनकी सरकार र प्रमुख प्रतिपक्ष दलका गतिविधीका कारण अहिले हाम्रो समाजमा सांसदको छबी ७० को दशकको हिन्दी फिल्मका खलनायक जस्तो बनेको छ

महामारीका बेला सांसदलाई दशैं भत्ता नदिनु आफैंमा क्रान्तिकारी कदम होइन । तर, अहिले सांसदले दशैं भत्ता पाउनु पर्छ भन्यो समाजमा परिन्न । किनकी सरकार र प्रमुख प्रतिपक्ष दलका गतिविधीका कारण अहिले हाम्रो समाजमा सांसदको छबी ७० को दशकको हिन्दी फिल्मका खलनायक जस्तो बनेको छ । समाजमा अहिले चोर, फटाहा र डाँका चरित्रका मात्रै सांसद हुन्छन् भन्ने मान्यता स्थापित हुँदै गएको छ । खास जनप्रतिनिधी (जो निर्वाचनमा पैसा खर्च नगरी जनताकै मतले जितेर आए) मर्कामा छन् ।

कतिपय पार्टीका शीर्षनेताहरु आफैं खेलो फड्को गर्छन् । गतिलो काम नगर्ने ठेकेदार, खराब काम गर्ने व्यापारी, भ्रष्ट प्रशासकलगायतले उनीहरुका दशैं, तिहारलगायतका चाडपर्व मनाउन सहयोग गरिदिन्छन् । त्यति मात्रै हैन छोराछोरीको विवाह, ब्रतबन्ध, पास्नी, स्कुल कलेजको फि सबै त्यही भ्रष्ट समुहले म्यानेज गरिदिन्छन् । त्यसकारण उनीहरुलाई दशैं भत्ता नलिएपनि फरक पर्दैन । तर, केही सांसद यस्ता पनि छन् । जसको दशैं भत्ता रोकिँदा गाउँ फर्किनै नसक्ने स्थिति छ । अनावश्य खेलो फड्को गर्न नसक्ने र जनताले सम्मान स्वरुप मत दिएर जिताएका सांसदहरु वास्तवमै अप्ठ्यारोमा छन् । ती सांसदहरुले पनि ‘हामीले दसैं भत्ता पाउनुपर्छ’ भन्न सक्ने नैतिक बल गुमाएका छन् ।

सरकार मन्त्रिपरिषदको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न बाध्य हुनु र कांग्रेसले विज्ञप्ति जारी गर्दै आफ्ना सांसदलाई भत्ता नलिन उर्दी जारी गर्नुमा सामाजिक सञ्जाल प्रयोग कर्ताको अहम भुमिका छ । सरकार र कांग्रेस दुबैले आफ्ना विवेकले यो निर्णय गरेका होइनन् । धेरै टाढा जानु पर्दैन । सुत्केरी भत्ता, पजेरो काण्ड, सुरा सुन्दरी जस्ता प्रसंगले संसदीय व्यवस्थालाई विकृत नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको योगदान कति थियो एकछिन मनन गरेपछि बुझिन्छ । पछिल्ला घटनाक्रमले यस्तो देखिन्छ जुनसुकै राजनितीक दल वा संस्था नचाहँदा नचाहँदै घिस्रिएरै भएपनि सुशानको पक्षमा लाग्नै पर्छ ।

थोरै पुरानो कुरा गरौं, ‘माओवादी जनयुद्ध’ प्रारम्भमा थियो । पहाडी जिल्लाका सिमित ठाउँमा माओवादी कार्यकर्ताले सामान्य खालका बम पड्काएर मान्छेका घर गोठ भत्काएको वा सेना पुलिसलाई तर्साएको आशयको समाचार छापिन्थ्यो काठमाडौबाट प्रकाशित पत्रपत्रिकामा ।

जब तत्कालीन माओवादीको ‘जनयुद्ध’ सुरु भयो । काठमाडौंबाट प्रकाशन हुने तत्कालीन समयका केही चर्चित दैनिक पत्रिकाको विचार पृष्ठमा लेख्नेमध्ये सिमित व्यक्ति थिए ‘नेपालमा संविधानसभा’ हुनुपर्छ भन्ने । जब संविधानसभाका सन्दर्भसहितका आर्टिकल छापिन्थ्यो । त्यो लेखकका बारेमा खिसिट्युरी सोही पत्रिकामा काम गर्नेहरुले गर्थे । संविधानसभा शीर्षकमा लेख्नेहरुलाई माओवादी कार्यकर्ताको रुपमा बुझ्थे सुकिला मुकिलाहरु । कतिपयले संविधानसभाको बहसलाई वाहित तर्क समेत भने ।

यो पनि पढ्नुहोस   नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

कतिपय सम्पादक समेत संविधानसभा चुनाब हुन्छ भन्नेमा विश्वस्त थिएनन् । संविधानसभा नितान्त माओवादीको निजी एजेण्डा हो भनेर टिप्पणी गर्थे । ‘दुई चारवटा लेख लेख्दैमा संविधानसभा हुने भए किन गर्नुपथ्र्यो राजनीतिक दलहरुले आन्दोलन ?’ कतिपय बरिष्ट उपाधी पाएका पत्रकारहरु समेत त्यस्ता लेख पढेर टिप्पणी गर्थे । तत्कालीन माओवादी र सरकारबीच दाङको हापुरेमा भएको बार्तामा तत्कालीन सत्ताधारी दलले संविधानसभा अस्वीकार गरेपछि भाँडिएको थियो ।
समयसंगै घटनाक्रम घट्दै गयो । मानिसको चेतनाको स्तर क्रमश परिवर्तन हुँदै गयो । ‘संविधानसभालाई आकाशको फल’ देख्ने तत्कालीन राजनीतिक दल नेपाली कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी समेत घिस्रिएरै भएपनि संविधानसभा निर्वाचनमा सहभागी हुन आए । संविधानसभाले बनाएको नयाँ संविधान अनुसार अहिले मुलुकमा शासनसत्ता चलिरहेको छ । तिनै पार्टीका नेता कार्यकर्ता अहिले विभिन्न पदमा छन् । संविधानको मर्मअनुरुप राजनीतिक दलका नेताहरुको आचरण बद्लिएन होला । हाम्रा प्रशासनिक संयन्त्रहरु संविधानका मर्मअनुसार अझै सुचारु हुन सकेका छैनन् । यसो भन्दैमा अहिलेको संविधान नै खराब छ भन्न मिल्दैन । २००७ साल र ०४६ सालमा बनेको भन्दा अहिलेको संविधान अग्रगामी र जनमुखी छ ।

जुनसुकै व्यक्ति वा संस्थाले गरोस् देश र जनताको हितमा हुने काम र योजनाप्रति जनसमर्थन बढ्दै जान्छ । अरुको कुरा छाडौं पूर्वराजा ज्ञानेन्द्रले नै देशको हित हुने दुरगामी योजना सार्वजनिक गरे भने पनि उनले समर्थन पाउँछन् । उनको प्रसंग यस अर्थमा गरेको अहिलेका पुस्ताले भोगेका शासकमध्ये ज्ञानेन्द्र सबै भन्दा झुर शासक हुन् । कुनै पनि कोणबाट उनको शासन शैलीको प्रसंसा गर्न सकिँदैन ।

जनलोकपालको प्रसंग यसकारण सुन्न चाहँदैनन् कि यो गठन भयो भने लहरो तान्दा पहरो गर्जिने खतरा छ । सरकारको पछिल्लो कार्यशैली हेर्दा लाग्छ । बाबुरामले उठाएको जनलोकपालको लहरोले पहरो भत्काएको हेर्न अब धेरै दिन कुर्नु पर्दैन ।

पछिल्लो समय पूर्व प्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न जनलोकपाल गठन गर्न माग गरेका छन् । उनको भनाई अनुसार यसलाई यति शक्तिशाली बनाउनुपर्छ । यसले पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायधीशदेखि जोसुकैको निष्पक्ष छानविन गर्न सकोस् । सत्ताधारी दल नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई बाबुरामको उक्त प्रस्ताव उती मन परेको छैन । किनकी वास्तवमै अधिकार सम्पन्न जनलोकपाल गठन भयो भने अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा धेरै सुकिला मुकिलाको बास जेलभित्र हुन सक्छ ।

सत्तामा र सत्ताबाहिर रहेका दलहरुको मिलिभगतमै बाबुरामको यो प्रस्तावलाई सुन्दै नसुने जस्तो गर्ने, सुने पनि नसुने जस्तो गर्ने क्रम केही वर्ष रहन्छ । जब  जनलोकपालको आवाज आम सर्वसाधारणले उठाउँछन् सरकार जतिसुकै शक्तिशाली किन नहोस् गठन नगरी सुखै पाउँदैन । जनताको शक्ति वास्तवमै प्रभावकारी हुन्छ भन्नेमा अहिलेका प्रमुख दलका शीर्ष नेता सचेत नभएका होइनन् अहिले उनीहरु जनलोकपालको प्रसंग यसकारण सुन्न चाहँदैनन् कि यो गठन भयो लहरो तान्दा पहरो गर्जिने खतरा छ । सरकारको पछिल्लो कार्यशैली हेर्दा लाग्छ । बाबुरामले उठाएको जनलोकपालको लहरोले पहरो भत्काएको हेर्न अब धेरै दिन कुर्नु पर्दैन ।

(Visited 684 times, 1 visits today)
Loading comments...

आजको समाचार

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज...

निगमले झापामा एलपी ग्याँस र पेट्रोलिय पदार्थको भण्डारण विस्तार गर्ने

काठमाडौँ । नेपाल आयल निगमले झापामा एल.पी ग्याँस र पेट्रोलियम पदार्थको भण्डारण क्षमता विस्तार गर्ने भएको छ । निगमले ४० हजार किलोलिटरको पेट्रोलियम पर्दाथ...

सम्पादकीय : सहुलियत ऋण सदुपयोगको प्रश्न

जनजीविकालाई सरल, सहज र सामान्यीकरण गर्नका लागि सरकारले कृषि, पशुपालन, उद्यमशीलता, उद्योग र यस्तै स्थानीय स्वरोजगारका कुराहरूमा वार्षिक २ प्रतिशत ब्याज लिनेगरी सहुलियत ऋण...

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल...

एनसेल अफर : १७ रूपैयाँमा ६० मिनेट कुरा गर्न पाइने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि २ वटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यसअन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ...

साताका लोकप्रिय समाचार

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

इलाम बजार २४ गतेसम्म बन्द

इलाम । इलामको इलाम नगरपालिकाका सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द हुने भएको छ । पालिकामा निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले मंसिर...

चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित...

हाजार्ड तीन साता मैदानबाहिर

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका बेल्जियन फरवार्ड इडेन हाजार्ड तीन साता मैदान बाहिर रहने भएका छन् । हाजार्डले डिर्पोटिभो एलाभेसविरुद्ध २–१ ले पराजित...

२ प्रतिशत ब्याजमा ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय (स्टार्टअप) सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन सरकारले...

ट्रेन्डिङ

नवलपुरमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो, स्वाब संकलन रोकियो

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । गैडाकोट नगरपालिकाका दुई जना र देवचुली नगरपालिकाका १ जना गरी ३...

महामारीले सिकाएको पाठ

सेवाको गुणस्तर तथा उपचार प्रविधिको जतिसुकै ठूला गफ गरिआए पनि हाम्रा अधिकांश अस्पतालमा सामान्य अवस्थामा पनि सेवाग्राहीले सुरक्षित पिउने पानी, सफा शौचालय, हात धुने...

अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक कार्यक्रम

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘अमिलो पानी महोत्सव तथा डम्फू सेलो साँस्कृतिक’ कार्यक्रम हुने भएको छ । साझा भोथाङ संस्थाले राजधानीमा पत्रकार...

एमसीसी सम्झौता : नेकपा कार्यदलले थाल्यो काम

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)बारे सुझाव दिन गठन गरेको...

सुदूरपश्चिममा एकैदिन ६८ जना कोरोना संक्रमित थपिए

धनगढी । सुदूरपश्चिममा सोमबार ६८ जनामा नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । २४ घण्टामा थपिएको यो सङख्या अहिलेसम्मकै उच्च हो...

प्रदेश २ सरकारले भ्रष्टाचार र कुशासनमा नयाँ कीर्तिमान बनायो : प्रभु साह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले प्रदेश २ सरकारले बेथिति, भ्रष्टाचार र कुशासनको कीर्तिमान बनाएको आरोप लगाएका छन्...

इलाममा १६ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

इलाम । इलाममा सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणमा १६ जना कोरोना पोजेटिभ देखिएका छन् । गणका ३७ जनाको श्वाव संकलन गरेकोमा विहीवार...

गुल्मीको धुर्कोटमा बेवारिसे शव फेला

गुल्मी । गुल्मीको धुर्कोट गाँउपालिका वडा नम्बर १ नयाँगाउमा बेवारिसे शव फेला परेको छ ।
यो पनि पढ्नुहोस   प्रहरी समायोजनको प्रारम्भिक काम सुरु
शुक्रबार दिउँसो १...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

भर्खरै

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

धेरै पढिएका

सुनको मूल्य प्रतितोला ६०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो । बैठकमा...

किशोर किशोरीका लागि गहकिलो खुराक ‘सेकुवा’

काठमाडौं । किशोरावस्था पुगेकाहरुले नेपालमा अझै चाहे जस्तो साहित्यि पाठ्या सामग्री पाउदैनन् । बाल बालिका केन्द्रित धेरै सामग्री प्रकाशन भएपनि किशोर किशोरीका चाहना अनुरुपमा...

विकी कौशलसँग जोडिइन् सारा अली खान

मुम्बई । अभिनेत्री सारा अली खान यतिबेला नयाँ फिल्म ‘द इम्मार्टल अश्वत्थामा’मा नायिकाको रूपमा आबद्ध भएकी छन् । यो फिल्ममा अभिनेता विकी कौशलको जोडी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)