Tuesday, December 1, 2020
Home राजनीति नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

नेकपा नेता भन्छन्, सरकार दायित्वबाट भाग्न मिल्दैन

काठमाडौंं । कोरोना भाइरस संक्रमित विरामीको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयसंगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रबाटै विरोध सुरु भएको छ ।

सत्तारुढ नेकपाका शीर्षनेताले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न सरकारलाई आग्रह गरेका छन् । संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णयसंगै चौतर्फी आलोचना भइरहेकै बेला उनीहरूले विरोध गर्दै उपचार निःशुल्क गर्न माग गरेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य भीम रावललगायत शीर्षनेताले सरकारको निर्णयको आलोचना गर्दै सच्याउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसंग मंगलबार भेटघाट गरेका अध्यक्ष दाहालले कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णय तत्काल फिर्ता लिन सुझाव दिएका छन् । नागरिकको जीवन रक्षा सरकारको दायित्व भएको भन्दै कोरोना परीक्षण र उपचार निःशुल्क गर्न उनले सुझाव दिएको दाहाल सचिवालयले जनाएको छ ।

‘नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन, यो निर्णय तत्काल फिर्ता गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीसग दाहालले दिएको अभिव्यक्ति उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘बारम्बार पार्टी र सरकारलाई बदनाम गराउने काम ठीक छैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा वरिष्ठ नेता झलनाथ खनालले कोरोना संक्रमितको उपचारमा सरकारले हात उठाउन नमिल्ने बताए । संक्रमितको उपचार राज्यको प्रमुख दायित्व भएको बताउँदै उनले संविधानमा उल्लेखित मौलिक हकलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

‘कोरोना संक्रमितको उपचार राज्यको प्रमुख दायित्व हो । सरकार भनेको सबै जनताको अभिभावक हो, अभिभावकले हात उठाएर पन्छिन मिल्दैन, दायित्व लिनुपर्छ,’ खनालले भने, ‘सरकारले संविधान पालना गर्नुपर्छ । संविधानमा मौलिक हकअन्तर्गत स्वास्थ्य सुविधा निःशुल्क पाउनुपर्छ भनेर उल्लेख गरिएको छ ।’

यो पनि पढ्नुहोस   नेकपा सचिवालय बैठक जारी

संक्रमितको उपचार व्यवस्था गरी जीवनरक्षा गर्नुपर्ने माग पनि खनालले बताए । ‘नेकपा निर्वाचनमा जाँदा घोषणापत्रमा समेत स्वास्थ्य सेवा सुलभ बनाउने भनेर हामीले मत मागेका छौं, जनमतको कदर गर्नुपर्छ,’ उनले भने ।

यसैगरी, पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले निःशुल्क उपचार नगर्ने निर्णय लिनु आपत्तिजनक भएको बताए । संकटको समय राज्य नागरिकको साथमा हुनुपर्ने बताउँदै उनले सरकारले तत्काल आफ्नो निर्णय फिर्ता लिनुपर्ने उल्लेख गरे ।

‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रूपमा साथमा रहनुपर्ने बेला भएको यस्तो निर्णय विल्कुल अनुचित छ,’ वरिष्ठ नेता नेपालद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रूपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरिबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रूपमा विपन्न नागरिकको समस्याप्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा त्यसो नहुनु गम्भीर विषय हो ।’

सत्तारुढ दल नेकपाका साथै सरकारको सो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा)मात्रै नभई सत्तारुढ नेकपाका साथै सर्वसधारणले समेत खुलेर सरकारको आलोचना गरिरहेका छन् ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका(८, जयराजपूरमा...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

साताका लोकप्रिय समाचार

तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार हुने भएको छ । कार्यक्रम जुमको माध्यमबाट ‘भुर्चअल’ हुनेछ । संस्कृति, पर्यटन तथा...

मकवानपुरमा दुई शव फेला

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव...

वीरका कर्मचारी आन्दोलनमा

काठमाडौं । वीर अस्पताल प्रशासनले तलबलगायत सेवा सुविधा नदिएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू ४२ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

ऐतिहासिक दूधमति नदी नालामा परिणत

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक दूधमति नदीनालामा परिणत भएको छ ।  सो नदीको कायापलट गर्न प्रदेश २ को सरकार अग्रसर भएको छ । सो नदीको...

ट्रेन्डिङ

संकटमा नेकपा

कोरोना संक्रमण बढ्न थालेपछि युरोपमा दोस्रो चरणको लकडाउन सुरु भइसकेको छ । हामी पनि त्यसको सम्मुख छौं, किनकि हामीले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा...

‘नेपाल प्रहरी आफ्नो क्षेत्राधिकारमा बस्न प-यो’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले देशमा पूर्ण रुपमा विधिको शासन कायम गर्न नेपाल प्रहरीलाई आफ्नो क्षेत्राधिकारभित्र...

साताको शेयर बजारः सात अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो ।
यो पनि पढ्नुहोस   महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

नवलपुरको बालमैत्री नगरपालिकामै १६ बर्षीया सुत्केरीको मृत्यु

नपलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा १६ बर्षीया सुत्केरी आमाको अत्यधिक रक्तश्रावका कारण निधन भएको छ । देवचुली नगरपालिका बालमैत्री नगरपालिका हो । देवचुली नगरपालिका...

३ सय २६ व्यापारिक फार्मलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म...

एमसीसी सम्झौता, संसोधन नगरे खारेज गर : साझा पार्टी

काठमाडाै‌ं ।  एमसीसी (कम्प्याक्ट) सम्झौता संसदबाट पारित गराई छाड्ने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । एमसीसी सम्झौताका कतिपय बुँदा...

भारतको ऐतिहासिक नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै

काठमाडौं । नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो भनी सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३,...

गारो भत्किएर दाङमा एक महिला घाइते

तुलसीपुर । शान्तिनगरमा घरको गारो भत्किएर च्यापिदा एक महिला घाईते भएकी छन् । शुक्रबार बिहानको साढे २ बजे पुरानो घरको गारा भत्किएर च्यापिदा शान्तिनगर...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

भर्खरै

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च

जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

धेरै पढिएका

जग्गा नछाेडेकाे भन्दै देवर र भतिजाले कुटेर दुबै हात भाँचिदिए

सप्तरी, राजविराज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं....

सुनको मूल्य प्रतितोला २०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला...

पहिलो पटक जिल्ला स्तरीय फुटसल, ५० हजार पुरस्कार

सिन्धुपाल्चोक । कोरोना भाइरस कोभीड–१९ को माहामारी बिच बन्द रहेको सिन्धुपाल्चोकको खेल क्षेत्र बिस्तारै चलायमान हुन सुरु भएको छ । बलेफी गाउँपालिकाको सहयोगमा सिन्धुपाल्चोकमा...

धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा नाग (सर्प) फेला परेको छ । नाग हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)