एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले आज देखिएका संक्रमितसंगै देशभरि कुल संक्रमित एक लाख ४४ हजार ८७२ पुगेको र सक्रिय संक्रमित ४४ हजार ४७६ जना रहेको जानकारी दिए । यस्तै देशभरका क्वारेन्टिनमा चार हजार ६५ जना छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा ३ हजार १०७ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा २ हजार ३९१ , भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जनालाई संक्रमण देखिएको छ ।

डा गौतमका अनुसार आज दुई हजार ९९६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म ९९ हजार ६०५ जना डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा