Saturday, December 5, 2020
Home बिचार सरकारी अस्पतालमा परीक्षण निःशुल्क गर

सरकारी अस्पतालमा परीक्षण निःशुल्क गर

अब सरकारले सबै सरकारी अस्पतालमा कोरोना संक्रमण परीक्षण निःशुल्क गर्नुपर्छ । यो जनसेवासँग सम्बन्धित गम्भीर विषय त हुँदै हो, सरकार हुनुको दायित्व पनि हो । पछिल्लो समयमा कोरोना महामारी संक्रमणको परीक्षण जनता आफंैले गर्ने भन्ने सरकारी निर्णयले जनतामा निराशा ल्याएको छ । यति मात्र होइन, सरकारप्रतिको भरोसामाथि यसले तुषारापात गरेको छ ।

यो निर्णय संविधानप्रदत्त जनताका मौलिक हक र अधिकारको विरुद्धमा छ । जनतालाई पनि थाहा छ, विश्व उदारीकरणका कारण नेपाल सरकार गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र संस्कृतिजस्ता कतिपय महŒवपूर्ण कुरा आफूले सोचेअनुरूप निर्माण गर्न र परिचालन गर्न सक्ने अवस्थामा छैन । तर, राज्यका सबै अंग र निकायहरू निजीकरण पनि त भइसकेका छैनन् । आफ्ना मातहतमा रहेका अंग र निकाय सरकारको सोच, हैसियत र निर्मित नीति तथा योजनाअनुसार परिचालन गर्न सरकार किन असमर्थ छ ? जनसाधरणको दिमागमा यही कुराले घर गरिरहेको छ । के सरकार निजी संस्थाको एउटा अंग मात्र बन्न पुगेको हो ? के सरकारको काम भनेको निजी संस्था तथा एनजीओ र आईएनजीओले ल्याएका कामको सहजीकरण गर्ने मात्र हो ? के यो साँच्चिकै सहजकर्ताको भूमिकामा सीमित हुन पुगेको हो ?

जनताका सेवाप्रदायकका रूपमा रहेका सरकारी अंग र निकायहरू हल न चलको अवस्थामा रहन पुग्दा यी विषय गम्भीर रूपमा उठ्न पुगेका छन् । यी सबै सरकारी नीति स्पष्ट नहुनाको कारण सिर्जना हुन गएका हुन् । सरकारले गैरसरकारी वा निजी निकाय परिचालनका लागि तदनुरूप निर्माण गरिएका ऐनकानुनद्वारा सम्झौता, सहमति वा समझदारीका आधारमा परिचालन गर्ने स्पष्ट नीति अख्तियार गरे पुग्छ । यसमा दुविधा पनि छैन र अनावश्यक आशा र रोइकराइको पनि कुनै गुन्जायस रहँदैन । तर, सरकारी संस्था, निकाय वा विभागहरू जनसरोकार र जनसेवासँग प्रत्यक्ष जोडिन गएका निकायहरू हुन् । यिनको काम भनेको जनसरोकारका कामलाई बढी सेवाप्रदायक र सुविधाजनक बनाउनु हो । यी निकायमा कार्यरत सबैको अभीष्ट भनेको अधिकतम जनसेवा हो । जनताले पनि यिनैबाट सेवा र सुविधाको अपेक्षा राखेका हुन्छन् । यस्तो खुल्लमखुला र जानीमानी आएको विषयमा पनि वर्तमान सरकारको अलमल र दोधार किन दोहोरिइरहेको छ ? निजी संस्थाहरूले जनतालाई सेवा दिन नचाहेकाले सरकार र सरकारी निकायले पनि नदिने भन्ने वा निजीले मानेन्, त्यसैले सरकारले पनि गर्दैन भन्नेजस्तो गैरजिम्मेवारपूर्ण कुरा व्यवहारमा अभिव्यक्त किन भइरहेको छ ? यस्ता व्यवहार तत्काल सच्याउनुपर्छ ।

कोरोना महामारी आफंैमा सरुवा रोग हो । सरुवा रोग महामारीका रूपमा अंकित भएकाले उक्त रोगको उपचार सरकार आफंैले निःशुल्क गर्नुपर्छ । धनीमानी र सभ्रान्तहरू प्रायः सरकारी अस्पतालमा जाँदैनन् । सामान्य र गरिब जनता नै सरकारी अस्पतालमा बढी जाने हुन् । त्यसैले, त्यस्ता गरिब र विपन्न जनतालाई लक्षित गरी सरकारी अस्पतालमा कोभिडसम्बन्धी सम्पूर्ण परीक्षण र उपचार पद्धतिलाई निःशुल्क गर्नुपर्छ ।

सरकारलाई सर्वोच्च अदालतले कोरोना महामारीलाई सरुवा रोगको वर्गीकरणभित्र राखी जनतालाई निःशुल्क सेवा देऊ भनी निर्देशन सुझाव दिनुपरिरहेको छ । जुन सुझावलाई सरकारले प्रभावकारी रूपमा पालना गर्न सकेको पनि देखिँदैन । त्यसैले, सरकार अब संवेदनशील बन्नैपर्छ र जनताको नजरबाट टाढा पुग्नका लागि जोगिइनुपर्छ । यसका लागि कम्तीमा आफ्ना मातहतमा रहेका सरकारी अस्पतालमा कोरोना महामारी संक्रमणको निःशुल्क परीक्षण र उपचार गर्न÷गराउन सक्नुपर्छ ।

(Visited 51 times, 1 visits today)
Loading comments...

आजको समाचार

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

काठमाडौं । गीत संगीतमा फरक प्रयोग गर्न चाहने गायक एवं अभिनेता प्रकाश सपूतले यसपटक पनि फरक गीत र भिडियो दर्शकमाझ ल्याएका छन् । यसपटक...

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

साताका लोकप्रिय समाचार

क्षतिपूर्तिसहितको नागरिक बडा पत्र कार्यान्वयनको अवस्था

सरकारको मुख्य दायित्वमध्ये नागरिकलाई सहज रूपमा सेवा सुविधा प्रवाह गर्नु हो । त्यसैले सरकार नागरिकमैत्री हुनुपर्दछ अर्थात् नागरिकसँग प्रत्यक्ष उत्तरदायि हुनुपर्दछ । लोकतान्त्रिक शासन...

नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण...

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्...

अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ यात्रु घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै...

डिलाशैनी गाउँपालिका २६ गतेसम्म लकडाउन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका मंसिर २६ सम्मका लागि लकडाउन गरिएको छ । समूदाय स्तरमै कोभिड १९का बिरामी देखिन थालेपछि गाउँपालिकालाई लकडाउन गरिएको हो...

ट्रेन्डिङ

सीमामा अलपत्र परेकालाई क्वारेन्टाइनमा राखिँदै

धनगढी । नेपाल–भारतको सीमानाका गौरीफण्टामा सोमबारदेखि अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पु¥याई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न लागिएको छ ।...

‘श्रीमान र सासुको यातना सहन नसकेर कल्पनाले गरेकी थिइन् आत्महत्या’

जनकपुरधाम । पति र सासुले यातना दिएकाले आफ्नी छोरी कल्पनाले झुण्डिएर आत्महत्या गरेकी उनकी आमा रिंकी पाण्डेले बताएकी छिन् । गत मंगलबार जनकपुरको विद्यापती...

अमेरिकाको चेतावनीले चिनियाँ अर्थव्यवस्था प्रभावित

बेइजिङ । कोरोना भाइरस (कोभिड–१९) का कारण एक महिनाभन्दा बढी समयदेखि बन्द रहेका चिनियाँ कलकारखाना पुनः खोल्न चीनले तयारी गरेपनि संयुक्त राज्य अमेरिकाका संक्राक्रामक...

टोटेनहम म्यानचेस्टर बराबर

लन्डन । टोनेहम हस्टपर र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । खेल सकिन ९ मिनेट बाँकी रहँदा ब्रुनो फार्नान्जेडले...

गरिबका लागि सलमानको सहयोग निरन्तर

मुम्बई । बलिउड अभिनेता सलमान खानले लकडाउनको समय मजदुरवर्गलाई आर्थिक सहयोग प्रदान गर्ने काम रोकेका छैनन् । यसअघि उनले फिल्ममा दैनिक ज्यालामा काम गर्ने...

नेयमार पीएसजीमै बस्ने

पेरिस । ब्राजिलियन स्टार फरवार्ड नेयमारले आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मै बस्ने बताएका छन् । कोरोना महामारीअघि आफ्नो पूर्व क्लब बार्सिलोना फर्कने...

गण्डकीमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित

गण्डकीमा एकै दिनमा अहिलेसम्मकै बढी संक्रमित पाेखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५६ पुगेको छ । बिहिबारमात्र १ सय ६९...

गोरुको पुच्छर निमोठनेहरु ट्याक्टरको एक्सिलेटर बटार्न थाले

बैतडी । खेत जोत्नका लागी हाते ट्याक्टर (मिनि टिलर)को प्रयोग हुन थालेपछि गाउँघरबाट गोरु बिस्थापित हुन थालेका छन् । अहिले बैतडीमा रोपाईको सिजन सुरु...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको...

बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

वीरगन्ज । नम्बरी जग्गाको नक्कली कागजात बनाएर ५० करोड मूल्य बराबरको जग्गा रजिष्ट्रेशन गराएको प्रकरणमा वीरगन्जका गिरधारीलाल अग्रवाल पक्राउ परेका छन् । उनलाई पर्सा...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

धेरै पढिएका

जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहुलीसहित १३ घाइते

धनगढी । डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन्...

जुम्लामा आगलागीका घटना बढे, चार दिनमा डेढ हेक्टर वन र तीनतले घर खरानी

जुम्ला । सुख्खा मौसम सुरू भएसँगै जुम्लामा आगलागीका घटनामा वृद्धि भएको छ । चार दिनको अवधिमा जुम्लाको चन्दननाथ नगरपालिकाभित्र दुई ओटा आगलागीका घटना भएका...

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

१३०४ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार ७३...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)