Friday, December 4, 2020
Home अर्थ १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

१ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौं । विश्वभरि फैलिएको महामारीका कारण रेमिट्यान्स कम हुने अनुमानविपरीतगत भदौमा ८.१ प्रतिशतले वृद्धि भएको छ । जबकि, गत वर्षको भदौमा अघिल्लो वर्षको तुलनामा ०.६ प्रतिशतले घटेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। डलरमा पनि रेमिट्यान्स २.६ प्रतिशतले बढेको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड डलर पुगेको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेकोे थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगतनयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

भदौसम्ममा चालू खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ । पुँजीगत ट्रान्सफरमा३३.७प्रतिशतले कमी आई १ अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३प्रतिशतले वृद्धि भई २ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ९८ करोड रहेको थियो ।

शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको शोधनान्तरस्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ ।

गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भई २०७७ भदौ मसान्तमा १४ खर्ब ३३ अर्ब ६७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ ।

यो पनि पढ्नुहोस   तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रालयकाे निर्देशन

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ खर्ब ५५अर्बपुगेको छ ।

२०७७ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।आर्थिक वर्ष २०७७-७८ को दुईमहिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.५ महिनाको वस्तु आयात र १४.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ३८.१ प्रतिशत, १२४.५ प्रतिशत र ३३.६ प्रतिशत रहेको छ। २०७७ असार मसान्तमा यो अनुपात क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति ५० अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति १ सय ५ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो । भदौसम्ममा बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ५३ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ४३ अर्ब १२ करोड रहेको थियो ।

बैंकिङ कारोबारमा आधारित राजस्व संकलन १ खर्ब ०५ अर्ब ३७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन १ खर्ब ४१ अर्ब ५१ करोड रहेको थियो । २०७७ भदौ मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २ खर्ब शून्य ७ अर्ब ९९ करोड नगद मौज्दात रहेको छ ।

आर्थिक वर्ष २०७७-७८ को दुई महिनामा प्रदेश सरकारको स्रोत प्राप्ति १५ अर्ब ८ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९ अर्ब ४६ करोड
हस्तान्तरण गरेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारले राजस्व र अन्य स्रोतबाट ५ अर्ब ६३ करोड परिचालन गरेको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.५२ प्रतिशत छ ।

(Visited 98 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम नहुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् । कोभिड–१९...

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल...

लैङ्गिक समानता र हिंसारहित समाजको निर्माण सम्भव छ

अहिले लैङ्गिक हिंसाविरुद्वको १६ दिने अभियान चलिरहेको छ । लैङ्गिक हिंसाविरुद्व काम गरिरहेका, लैङ्गिक समानता र न्यायका पक्षमा काम गरिरहेका, महिला अधिकारका क्षेत्रमा काम...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

साताका लोकप्रिय समाचार

रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने प्रशासनको निर्णय

रौतहट । मापदण्ड बिपरित चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द हुनेभएका छन् । मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड...

चन्द्रागिरि हिल्सको साधारण शेयर बिक्री शुरु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा केवलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्न थालेको छ । वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६...

ट्रेन्डिङ

मकवानपुरको कैलाशमा गोली प्रहारबाट एक घाइते

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका–८ आखेटार भन्ने स्थानमा शुक्रबार बिहान एकजना युवकलाई गोली प्रहार भएको छ । जिल्ला...

गुडिरहेको बसमा विष्फोट गराउने दुई जना पक्राउ

जनकपुरधाम । बसमा वम विस्फोट गराएको आरोपमा रौतहटको इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई पक्राउ गरिएको छ । घटनापछि फरार दुबैलाई...

भेला, रात्रिक्लब, जीम र स्पा बन्द

नयाँ दिल्ली । भारतको नयाँ दिल्ली प्रदेशमा ठूला भेला, रात्रि क्लब, जीम र स्पा बन्द गर्न निर्देशन दिएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार...

कोरोना संक्रमण र ज्येष्ठ नागरिक

कोभिड–१९ को सन्त्रास विश्वव्यापी रूपमा फैलदै गर्दा नेपालमा ज्येष्ठ नागरिकको सुरक्षामा संघीय, प्रदेश र स्थानीय सरकार संवेदनशील हुनु जरुरी छ । संयुक्त राज्य अमेरिकाले...

सरकारको अनुमति कुर्दै सिरी ‘ए’

रोम । इटालियन फुटबल फेडेरेसन (एफआईजीसी) ले यो सिजनको इटालीको शीर्ष तीन फुटबल लिग सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ २० अगस्टसम्ममा सक्ने...

काठमाडौं उपत्यका कोरोना हटस्पट बन्ने खतरा

काठमाडौं । लकडाउन अन्त्यसगै काठमाडौं उपत्यका कोरोना जोखिमको दृष्टिकोणले ‘हटस्पट’ बन्ने खतरा बढेको छ । बिहीबार काठमाडौंमा थप ४५ जनामा कोरोना संक्रमण देखिएको हो ।...

तरकारी खेतीमा रमाउदै करिश्मा मानन्धर

काठमाडौं । लामो समय नेपाली चलचित्र क्षेत्रमा सक्रिय नायिका करिश्मा मानन्धरले ललितपुरमा फार्म हाउस खोलेर तरकारी खेती सुरु गरेकी छिन् । उनको फार्म हाउसमा माछा...

केयूको नीतिगत भ्रष्ट्रचार मुद्धा सर्वोच्चमा

मुद्धालाई अग्राधिकार दिँदै विपक्षिको लिखित जवाफ माग
यो पनि पढ्नुहोस   बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत
काठमाडौं । काठमाडौं विश्वविधालयमा (एसिस्टेन्ट प्रोफेसर) पदको पदपूर्ति प्रक्रियामा नितिगत भ्रष्ट्रचार भएको उजुरीका सम्बन्धमा सर्बोच्च अदालतले विश्वविधालयका पदाधिकारी...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

भर्खरै

रोनाल्डोको ७ सय ५० गोल

टुरिन । पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक खेल करियरको ७५०औं गोल पूरा गरेका छन् । च्याम्पियन्स लिगमा बुधबार राति डाइनामो किएभमाथि ३–०...

गट्ठाघरमा पकेट मार्ने कौशलटारबाट पक्राउ

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका– ३ गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढेर रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने २९ वर्षीय पुरुषले गोजीमा बोकेको ५० हजार रुपैयाँ...

घाँस काट्न गएकी बालिकामाथी यौन दुर्व्यवहार

काठमाडौं । ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ बस्ने २४ वर्षीय दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घाँस काटन...

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

धेरै पढिएका

महासचिवलाई केक खुवाएर सुरु भएको थियो नेकपाको सचिवालय बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको...

प्रचण्डले अराजनीतिक प्रस्ताव ल्याएर पार्टी विभाजनको अनौपचारिक घोषणा गरेको दोषारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्तावको व्यापक चिरफार गर्दै आफ्नो...

अभिलाषालाई स्वर्ण

काठमाडौं । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । गल्र्स डबल्स फाइनलमा अभिलाषाले...

धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा नाग (सर्प) फेला परेको छ । नाग हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)