Tuesday, November 24, 2020
Home बिचार बडा दसैं हिन्दूहरूको ठूलो चाड

बडा दसैं हिन्दूहरूको ठूलो चाड

२०७७ साल कात्तिक ७ गतेदेखि प्रारम्भ हुन थालेको बडा दसैंं कोभिड–१९ को कोरोना संक्रमणको खतरनाक परिस्थितिमा पनि बडो उत्सुकताका साथ स्वदेश–विदेशमा छरिएर रहेका जुनसुकै जातजाति र थरका नेपालीहरू आपसी सद्भावका साथ दसैंं मनाउन उत्सुक छन् । दसैं तिहार पनि नेपाली दाजुभाइ, दिदीबहिनीका लागि तादात्म्यताको गाँठो हो । नेपाल बाहिरका नेपालीले दसैं र तिहारलाई गोर्खालीको पहिचानको रूपमा लिन्छन् । दार्जिलिङ, सिक्किम, डुअर्स, आसाम, देहरादुनमा त दसैंं र तिहारलाई गोर्खाको एकताको बिडो ठान्छन् । भारत, बर्मा, श्रीलंका, इन्डोनेसियालगायत विश्वका अनेकौं देशका हिन्दूहरूले आआफ्नै प्रकारले दसैंं मनाउँछन् ।

अमेरिका, बेलायत, अस्ट्रेलिया, कोरिया, फान्स, जर्मन आदि राष्ट्रमा दसैंंलाई नेपालीले राष्ट्रिय पहिचानकै रूपमा बडो हर्षोल्लासका साथ मनाउने गर्छन् । जुनसुकै जाति थरको नेपाली होस्, दसैं धनी र गरिब सबैको साझा चाडको रूपमा लिइन्छ । लिम्बु, राई, मगर, गुरुङ, तामाङ, थारू जातिले वारपार निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाएर विजयदशमीदेखि पूर्णिमाको दिनसम्म बडो हर्षाेल्लासपूर्वक आमा, बाबु, ससुरा, सासू, गुरु र अन्य मान्यजनबाट टीका थापेर आशीर्वाद ग्रहण गर्ने गर्छन् । निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिबाटै प्रारम्भ भएको हो । निधारभरि टीका लाउने चलन दक्षिणबाट यहाँ आएको होइन । काठमाडौं उपत्यकामा अबिर मिसाएर राता टीका लगाउने चलन छ । त्यही चलन आजभोलि नेपालभित्र र बाहिर बढ्दो छ । भारतीय हिन्दूहरू टीका नलगाएर पनि दसैंको उत्सव मनाउँछन् ।

घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो । देवीपुराणमा ‘रामले आश्विन–शुक्लको नवरात्रमा भगवतीको उपासना गरेर विजयदशमीको साइतमा लंकामा रामणको विरुद्ध युद्ध गर्न प्रस्थान गरेको’ कुरा उल्लेख छ । पद्म पुराणमा उल्लेख छ, ‘चैत्रशुक्ल चतुर्दशीका दिन रामले रामणको बध गरेका थिए ।’ अनादिकालदेखि नैं शक्तिको प्रतीकको रूपमा ‘दसैंं’लाई साझा चाडको रूपमा मानी आएको देखिन्छ । अनादिकालमा महिषासुर नामको राक्षसले गरेको अत्याचार र पीडाबाट मुक्त हुन आराधना गर्दा दुर्गा भवानीले महिषासुर राक्षस मारेर खुसियाली मनाएको विजया दशमीको दिनदेखि शुभ दिनको रूपमा मानिँदै आएको हो । असत्यमाथि सत्यको विजयको प्रतीकको चाड हो, दसैंं । पृथ्वीनारायण शाहबाट विशाल नेपालको एकीकरणको अभियानमा काठमाडौं उपत्यका विजयापछि दसैंंमा फूलपाती र जमरा गोर्खाकी गोरखकाली मन्दिरबाट मगर जातिको पूजारीबाट काठमाडौं ल्याइन्छ । त्यसैलाई बढाइको रूपमा लिइन्छ । दसैंं परम्परागत नेपालीको सांस्कृतिक पर्व हो ।

दसैंंमा पशुबलिको विषयमा धेरैको मत भिन्नता छ । कृष्ण प्रणली, वैष्णव, जैन धर्मावलम्बी पशुबलिलाई अमानवीय विकृति ठान्छन् । डा. गोविन्द टण्डन भन्छन्, ‘विजया दशमीको धार्मिक, सांस्कृति एवं दार्शनिक महŒव अति नै छ । नवरात्रभरि शक्तिरूपा देवी दुर्गाको विविध स्वरूपको आराधना गरी काम क्रोध, मोह, मदजस्ता दुर्गुणलाई त्याग्न साधनास्वरूप पशुबलि गर्ने मुख्य पर्वजस्तो बन्न गएकाले खसीबोका पर्वको रूपमा विकसित हुँदै जानु ज्यादै दुःख छ । धर्मको महŒव, गौरव र शालीनतालाई नैं पशुबलि परम्पराले यस्तो मोडमा धेकेलेको छ ।’ यसै विषयमा डा. रामचन्द्र गौतम लेख्छन्, ‘हाम्रा धर्मशास्त्रले राजस, तामस या सात्विक पूजा विधि चयन गर्न अधिकार दिएको छ । बलि नदिई पनि पूजा गर्न सकिन्छ । तर, बडा दसैंंमा आराधना गर्दै महाकाली, महालक्ष्मी र महासरस्वती स्वरूपिणी दुर्गा भवानीको लागि बलि आवश्यक छ ।

मुक्तिनाथमा हिन्दूहरू नारायणको रूपमा र बौद्धहरू भगवान् बुद्धको रूपमा दसैं मान्दछन्

तर, कतिपय क्रिस्चियन प्रभावमा परेका र यस क्षेत्रको सांस्कृतिक अध्ययन नगरेकाले पृथ्वीनारायण शाहले जबरजस्ती लादेको हो भनेर पाल्सी कुरा गरेर दसैंंबारे भ्रम खडा गर्न खोजेका छन् । पार्टीगत रंगले पनि दसैंंलाई दूषित पार्न खोज्दै छ । ‘दसैंं सम्पन्नहरूले मात्र मनाउन सक्ने पुरातनवादी संस्कृतिको उपज हो’ भन्दै माओवादी नेताले दसैंं नमान्ने निर्देशन दिए तापनि दसैं बडो हर्षोल्लासले मनाइने काम भएकै हो । दसैंं र तिहार जनजातिको चाड होइन भन्दै आफूहरूलाई पृथक् जाति देखाउने केही जनजातिहरूमा होड सुरु भएको छ । दसैंंको बहिस्कार विषयमा स्वामी प्रपन्नाचार्य भन्नुहुन्छ, ‘दुर्गा, चण्डी र सुम्निमा तथा युसाहाम एउटै देवीको नाम हो । इष्टदेव महादेव, पार्वतीलाई पारुहाङ तथा सुम्निमाको रूपमा मान्ने गरिएको छ । लिम्बुहरू धावासाम, युमासाम भनेर महादेव र पार्वतीलाई इष्ट देवदेवीको रूपमा मान्दछन् ।

यो पनि पढ्नुहोस   ट्रम्पको पराजय र विश्व राजनीतिमा पार्ने प्रभाव

नवदुर्गाको पूजा नवरात्रमा गर्ने अति प्राचीन परम्परा हो । दशमीको दिन विजयदशमी भनेर दही अक्षता मिसाएर शुभघडी हेरेर बाजे, बराजु, आमा, बाबु अथवा आफूभन्दा बुढापाका गुरुहरूबाट टीका लाउने प्राचीन संस्कृतिलाई दूषित पार्नु बुद्धिमत्ता होइन ।’ वास्तवमा युगौंदेखि प्रचलित संस्कृतिलाई बहिस्कारको कुरा गर्नु भनेको समाजबाट एक्लिन खोज्नु शिवाय केही होइन । बहिस्कारका हल्ला जति गरिए तापनि सबै जातिले बुझिसकेको छ कि पृथ्वीनाराण शाहभन्दा शताब्दीयौं अगाडिदेखि नै दसैंं र तिहार यस क्षेत्रको नै हिन्दू तथा बौद्ध तथा सबै जातिको साझा संस्कृति बनिसकेको यथार्थता । विदेशमा बस्ने गुरुङ, तामाङ, राई, लिब्बु, मगर, थकाली, थारू, जो नेपाली होस्, उनीहरूले दसैंं नेपालीको मौलिक चाड हो भन्ने कुरा चरिचार्थ गरेर देखाएका छन् ।

दसैंं धर्म होइन, यो एउटा परम्परागत सांस्कृतिक मान्यता हो । विश्वभरमा बौद्ध र हिन्दूहरू यसलाई आफ्नो मौलिक चाड ठान्छन् । एक अन्तर्वार्तामा दलाई लामाले पनि भनेका थिए (पाञ्चजन्य हिन्दी साप्ताहिकमा सन् १९९२ नोभेम्बर २२) ‘म हिन्दू र बौद्धलाई दाजुभाइ मान्दछु । यी दुवै धर्मका बीच समाधि, योग, तन्त्रजस्ता कुरामा समानता छ, जुन बौद्धहरूले हिन्दू धर्मबाट लिएका हुन् ।’ त्यस्तै भुटानका तल्कालीन राजा जिग्मे वाङचुक दसैंंबारे भनेका थिए, ‘म सक्रियताका साथ दसैंं पर्वमा भाग लिन्छु । हाम्रो इष्टदेवता महालक्ष्मी हुन् र हामी शिव र विष्णुको पनि पूजा गर्छौं ।’ उक्त कुरा सन् १९९३ जनवरी ७ मा ‘द टाइम्स अफ इन्डिया’ को एक अन्तर्वार्तामा प्रकाशित भएको थियो । राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा दसैं नेपालीहरूको महान् चाडको रूपमा परिचित भइसकेको हुँदा यसको अस्तित्वमाथि विवाद उठाउन खोज्नु आत्मघाती खेलबाहेक केही मानिँदैन ।

हिन्दू र बौद्ध बीचको सामञ्जस्यताको कारण हो पशुपतिनाथ र स्वयम्भूनाथ बीचको पारस्पारिकता । पशुपतिनाथमा बुद्ध पूर्णिमाका दिन बुद्धको मुकुट पहिराएर पूजा गर्ने गरिन्छ । बौद्धहरू पनि पशुपतिनाथको पूजाआजा गर्दछन् । काठमाडौं उपत्यकामा बौद्धहरू आठवटा शिवलिंगलाई अष्टवैतरागको रूपमा पूजा गर्दछन् । स्वयम्भूनाथमा पनि हरेक हिन्दूहरू मञ्जुश्रीलाई सरस्वती मानेर पूजा गर्छन् । गुहेश्वरीको कुण्डलाई सृष्टिको प्रतीक मानेर शैव र बौद्धले पुज्ने गरेका छन् । मुक्तिनाथको मन्दिरमा लामा र वैष्णव दुवै पद्धतिबाट पूजा गरिन्छ । मुक्तिनाथमा हिन्दूहरू नारायणको रूपमा र बौद्धहरू भगवान् बुद्धको रूपमा मान्दछन् । साँखु बज्रयोगिनीलाई हिन्दू तथा बौद्ध समाजले पूजा गर्छन् । चाँगुनारायणस्थित गरुडलाई बौद्धहरू हरिहरवाहन लोकेश्वर मान्दछन् ।

बूढानीलकण्ठलाई बौद्धहरू १०८ लोकेश्वरको रूपमा आराधना गर्छन् । बौद्ध विहारहरूका मूलढोकामा दायाँ र बायाँ गणेश र महांकालको प्रतिमा खडा गरी पूजा गर्ने गरिन्छ । भने यस्तो धार्मिक सम्मिश्रण भएको समाजमा हामी नेपालीले विश्वभर सांस्कृतिक सामञ्जस्यताको अनुपम उदाहरण प्रस्तुत गर्न सकांै । दसैं, तिहार, तीज, बुद्धजयन्ती, शिवरात्रि, ईन्द्रजात्रा आदि अनेकांै चाडपर्वहरू नेपाली समाजका जीवनपद्धति बनिसकेका छन् । अतः विजया दशमीको शुभ साइतमा विधिअनुसार आआफ्नो मूलढोकाको पूजा गरी मान्यजनबाट मर्यादाक्रमअनुसार यो साल कोरोनाको संक्रमणको बेला भिडभाड नगरी, टीका प्रारम्भ गर्दै विक्रम संवत् २०७७ को विजय दशमीको उपलक्षमा नेपालमा शान्ति, सुव्यवस्था र स्थिरताका लागि नवदुर्गा भवानीसँग प्रार्थना गर्दै एकआपसमा शुभकामना आदानप्रदान गरौं ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

छानिए उत्कृष्ट १५ करदाता

काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु-याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ...

नेकपा विवाद: केन्द्रबाट जिल्ला हुँदै गाउँसम्म

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद केन्द्रदेखि जिल्ला हुँदै गाउँगाउँसम्म पुगेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष...

प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत

काठमाडौं । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ...

स्थानीय सरकारमा सुशासन र स्वमूल्यांकनका कुरा

संघीय सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धनका लागि सुशासनको स्वमूल्यांकन प्रणाली (लिजा) कार्यान्वयनमा ल्याएको छ । देशमा...

सभामुखबाट नवनिर्वाचित सांसद पाण्डेले लिए शपथ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा...

साताका लोकप्रिय समाचार

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना...

प्रधानमन्त्री ओली पूर्वी जिल्लाहरुको भ्रमणमा

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला र घुन्सा जाँदैछन् । प्रधानमन्त्री ओलीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षणका साथै घुन्सा...

मोडेर्नाले विकास गरेको कोरोना खोपले ९५ प्रतिशत काम गरेको दाबी

न्यूयोर्क । अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप कोरोना भाइरस विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । यो सफलतासँगै खोपको माध्यमबाट...

जंगलको बाटोमा हिँडिरहेकी बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौं । १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चुरे गाउँपालिका–१ बस्ने २२ वर्षीय लाले घर्तीथापालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा रहेको नाकखेलेढुंगा जंगलको...

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका...

ट्रेन्डिङ

वन जोगाउन तात्यो वन कार्यालय

सप्तरी, राजविराज । डिभिजन वन कार्यालय सप्तरीले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक उपार्जनका लागि विभिन्न गतिविधिमा जोड दिएको छ । आर्थिक...

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको...

बजेट सक्न गुणस्तरहीन काम गरिँदै

काठमाडौं । चालु आर्थिक वर्ष सकिन २५ दिन मात्रै बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको...

लकडाउन अवधिमा रौटहटमा बालिकासहित २ जना बलत्कृत

रौतहट । रौतहटमा एक हप्ताको अबधिमा ८ बर्षिय बालिका २ जना बलात्कारको शिकार भएका छन । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने उदेश्यले...

बलात्कार गर्ने वडा सदस्य प्रहरी हिरासतमा

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरीले हिरासतमा लिएकाे...

भागबन्डामै अल्झियो सरकार परिवर्तन

काठमाडौं । महत्वपूर्ण मन्त्रालयको भागबन्डामा किचलो हुँदा मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ भएको छ । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली...

बर्दियामा कोरोना संक्रमितको संक्रमितको संख्या १ सय १० पुग्यो

बर्दिया । बर्दियामा पछिल्लो समयमा कारोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिन थालेको हो । बैशाखको...

विशेष अन्तर्वार्ता : भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन् : ऊर्जामन्त्री पुन

कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल आउँदै

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन्...

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको...

थप १९८० जनामा कोरोना संक्रमण, निको हुने २ लाख नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा...

भर्खरै

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

अक्सफोर्डको काेराेना बिरूद्धकाे खोप ७० प्रतिशत सफल, एक वर्षमा ३ अर्ब डाेज उत्पादन गर्ने

लन्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा...

बलिउड मोडल भन्छिन् : लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले यौन दुव्र्यबहार गरेको आरोप...

यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

काठमाडौं । हिँउदको याममा काठमाडौंमा बदामको खपत निकै राम्रो हुन्छ । काठमाडौंको भित्री गल्लि गल्लिमा समेत डालो काँधमा राखेर ‘अ आयो झुरुम झुरुम बदाम...’...

धेरै पढिएका

बर्दिया घुम्न जाने पर्यटकले रुखमै रात बिताउन पाउने

बर्दिया । सामान्यतया कुनै पनि स्थान घुम्न आउने पर्यटकलाई पर्यटन व्यवसायीले सुविधा सम्पन्न होटल तथा रिर्सोटमा बासको व्यवस्था गरेका हुन्छन् । तर, पछिल्लो समय...

पाकिस्तानमा कोराेनाको दोस्रो लहर, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

कराँची ।  पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आइतबार आग्रह गरेका छन् । उनले सरकारी अधिकारी, पाकिस्तानी...

काभ्रेमा ढुङ्गा उत्खनन गर्न रोक, अनुगमनपछि मात्रै अनुमति

पहाड तथा खोलाबाट ढुङ्गा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै...

छठका अवसरमा राष्ट्रपति सहभागी नहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौँका विभिन्न स्थानमा सरिक हुन नसक्ने भएकी छन् । राष्ट्रपति...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   स्थानीय सरकारमा सुशासन र स्वमूल्यांकनका कुरा

कविता महोत्सव मङ्सिर २९ मा

(Visited 90 times, 1 visits today)