Tuesday, November 24, 2020
Home बिचार सचेततापूर्वक दसैं मनाऔं

सचेततापूर्वक दसैं मनाऔं

नेपालीहरूको महान् चाडका रूपमा विजया दशमीलाई मानिन्छ । यसलाई बडा दसंै पनि भनिन्छ । विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूका लागि यो सबैभन्दा ठूलो उत्सव हो । यो घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइन्छ ।
विश्वभरि १४ प्रतिशत मानिस हिन्दू धर्म मान्दछन् भने नेपालमा करिब ८१ प्रतिशत जनसंख्या हिन्दू धर्मावलम्बी रहेका छन् । हिन्दू धर्म सबैभन्दा पुरानो धर्म भएकाले यसलाई सनातन धर्म पनि भनिन्छ । हिन्दूहरूको धार्मिक, सांस्कृतिक तथा पौराणिक पर्व बडा दसैंमा फुलपाती, महाअष्टमी, माहनवमी÷रामनवमी विजयादशमीलाइ विषेश उत्सवको रूपमा मनाइन्छ ।

यसवर्ष पनि हर्ष र उमंगको पर्व बडा दसंै नेपालीहरूको घरघरमा भित्रिइसकेको छ । हिन्दू धर्ममा महिला र पुरुष दुवैलाई समान मानिन्छ । महिलालाई पनि भगवतीको रूपमा पूजा गर्ने प्रचलन हुन्छ, जुन धर्मको मुख्य विषेशता हो । दसंैमा शक्तिस्वरूपा देवीदुर्गाको नौ दिनसम्म विशेष पूजा–अर्चना गरी १०आंै दिनमा प्रसाद स्वरूप टीका र जमरा लगाइन्छ ।

वैदेशिक रोजगारीका लागि प्रदेशीयका र काम विशेषले अथवा अध्ययनका लागि गाउँ छोड्नेहरू गाउँघर फर्किने, घरपरिवार सबै जम्मा हुने रमाउने समयमा यो वर्ष निर्धक्क गाउँमा गएर दसैं मनाउन पनि डर भएको छ । नवदुर्गाको प्रसाद, टीका र जमरा बुढापाका र मान्यवरबाट लगाउने र आशीर्वाद लिने पर्व बडा दसैंमा पनि घर परिवार मान्यजनको नजिक हुन असहज हुँदै छ । यसपालि मन खुलेर आएकै छैन । विश्वमा कोरनाको कारण अवस्था जटिल बन्दै गएको छ । विश्वका शक्तिशालीदेखि साना र विकासोन्मुख देश आक्रान्त भएका छन् । रोग तथा भोकको मारमा गरिब दुःखीहरू परेका छन् ।

चाडबाडसँगै बढ्न सक्ने बजार भिडभाड र जमघटले गाँउघरसम्मै संक्रमण फैलने खतरा देखिन्छ

दसैं सबै उमेर समूहका लागि भव्य र मनपर्दाे उत्सव हो । बालबालिकाको लागि त झन् औधि रमाइलो हुन्छ । नयाँ लुगा लगाउने, चंगा उडाउने, मिठो खाने, मामाघर जाने, पिङ खेल्ने मान्यजनको आर्शीवादसँगै दक्षिणा पाउनेसम्मको अवसर हुन्छ । यस पर्वले टाढा रहेका परिवार र आफन्तहरूलाई भेट्ने अवसर सिर्जना गर्दछ ।

सरकारले बडा दसैंलगायतका चाडपर्व घरपरिवारमा सीमित गरी मनाउन आग्रह गरिरहेको छ । जनता सचेत नभए सरकारले कोभिड नियन्त्रण तथा रोकथामका लागि गरेका हरेक पहल असफल हुने र जनस्वास्थ्यमा गम्भीरता आउनेछ । स्वअनुशासन, व्यक्तिगत सरसफाइ, स्वस्थकर खानाले व्यक्तिलाई तन्दुरुस्त रहन सहयोग गर्दछ । अशिक्षा, अज्ञानता, अभाव, प्रभाव लापर्बाहीले व्यक्तिको स्वस्थता पनि निर्धारण गर्ने गर्दछ ।

नेपालमा कोरोनाको अवस्था जटिल बन्दै गएको छ । दैनिक रूपमा संक्रमितको संख्या उकालो लाग्दै १ लाख ३० हजारमाथि पुगिसकेको छ । निको हुनेहरूको संख्या ९० हजार नजिक रहेकाले कोरोना जित्न सकिन्छ भन्ने मनोभावना पनि बढेको पाइन्छ । ७ सय २७ जनाको दुःखद निधन भइसकेको छ ।

यो पनि पढ्नुहोस   शिक्षामा कोभिड प्रभाव र स्थानीय तह

संघीय राजधानी काठमाडांै उच्च जोखिममा रहेको छ । कुल संक्रमितको आधाभन्दा बढी अर्थात् ६० प्रतिशत संक्रमित उपत्यका केन्द्रित छन् । चाडबाडसँगै बढ्न सक्ने बजार भिडभाड र जमघटले गाँउघरसम्मै संक्रमण फैलने खतरा देखिन्छ । यो समय जोगिने र जोगाउने हो । संस्कार संस्कृति मनाउने कुरामा परिस्तिथि अनुकूल बनाउने जिम्मा सचेत नागरिककै हो ।

दसैं मनाउन गाउँमा जाने कि नजाने अधिकांश दोधारमा छन् । स्वास्थ्यविद्हरू भन्छन्, ‘यो अनुशासित र व्यावहारिक हुने समय हो । स्वास्थ्यका न्यूनतम मापदण्ड मास्कको उचित प्रयोग, सामाजिक÷भौतिक दूरी कायम गर्ने र साबुनपानीले हात धुनेजस्ता कुरा गर्नुपर्ने बताउँदै आएका छन् । तर, दैनिक छाक टार्नै मुस्किल पर्ने दूरदराजका समूहका लागि मास्कको उपलब्धता, दूरी कायम गर्नुपर्छ भन्ने चेतना र साबुनको प्रयोगमा पहुँच नहुन पनि सक्छ । यसतर्फ स्थानीय सरकार जनताको कुशल अभिभावक बन्न सक्नुपर्दछ ।

समाजमा धनी र गरिबबीचमा फराकिलो खाडल रहेको छ । मुलुकमा १८.७ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि भएको आधिकारिक तथ्यांक छ । कोरोना कहरमा यो संख्या बढ्ने निश्चित छ । सानाठूला सबै खालका उद्योगधन्दा तथा व्यापार व्यावसायमा आएको असहजताले धेरैको रोजगारी गुमेको छ ।

धनीको दसैं गरिबको दशा बन्ने अवस्थाको सिर्जना हुनुहँुदैन । कोरोनाको पोजेटिभ रिपोर्ट हातमा लिई सडकको चर्काे घाममा सेकिएकाहरूका लागि केको दसैं ? वर्षैभरि नयाँ कपडा किन्ने र मासु खानका लागि दसैं कुर्नै नपर्नेहरूका लागि सधैं दसैं । गरिब दुःखी सधंै रोग, भोग र अभावमा हुने दीनदुःखीहरूका लागि केही सोच्ने कि ? सकेसम्म दसैं सबैको हर्ष र उमंगको चाड बन्नुपर्दछ । देखासिकी, तडकभडक र मदिरामय दसैं होइन, समाजिक सौहार्दता कायम राख्दै सभ्य र गच्छेअनुसार हाम्रा सांस्कृतिक पर्वहरू मनाउनुपर्दछ । कतिपय कुरामा हामी जे छ त्येसैमा रमाउन र घाँटी हेरी हाड निल्ने बानी बसाल्नु नै जीवन सहज बनाउने उत्तम उपाय हो भन्ने बझ्नु आवश्यक छ ।

गरिबको घरमा न त दसैंको रौनकता हुन्छ, न त घर सिँगार्ने तामझाम नै । तर पनि वर्ष दिनमा आउने दसैंमा खुसी हुने र रमाउने प्रयासमा हुन्छन् । बडा दसैं असत्यमाथि सत्यको विजय भएको अवसरमा मनाउने पर्व हो । यो वर्ष नवदुर्गाको कृपाले रोग, भोक र शोकबाट विश्व मानव जगत् नै मुक्त होस् । विभेदको अन्त र सामाजिक सदभाव उच्च रहोस् । सबैले न्यायको अनुभूति गर्न पाऊन् सुख, शान्ति र प्रगतिले सबै नेपालीको जीवन समृद्ध बनोस् यो बडा दसैंको सबैसबैमा शुभकमना !

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

लिभरपुलसँग लेस्टरसिटी स्तब्ध

लन्डन । लेष्टर सिटीलाई हराउँदै लिभरपुल इंग्लीश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा साविक विजेता लिभरपुल ३–०...

एट्लेटिकोसँग १० वर्षपछि बार्सिलोनाको हार

मड्रिड । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले अपराजित यात्रा कायम राख्दै १० वर्षपछि बार्सिलोनालाई पराजित गरेको छ । २०१० पछि एट्लेटिकोले लिगमा पहिलोपटक बार्सिलोनालाई...

सभामुखबाट नवनिर्वाचित सांसद पाण्डेले लिए शपथ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा...

बागमती प्रदेशका सबै नागरिकले २४ घन्टाभित्र पिसिआर रिपोर्ट पाउने

सिन्धुली । सिन्धुलीमा कोभिड १९ पिसिआर परिक्षण ल्याव सञ्चालनमा आएको छ । ल्यावको उद्घाटन बाग्मति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका छन ।...

हास्य अभिनेत्री भारती सिंह र उनका श्रीमान् पक्राउ

मुम्बई । भारतीय टेलिभिजन प्रसारणकी लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई लागू औषध प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ...

साताका लोकप्रिय समाचार

प्रशासकलाई निजी इस्टिच्युटमा पढाउन बन्देज

काठमाडौं । सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा...

प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत

काठमाडौं । सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ...

लहानमा अस्पतालको लापरबाहीले महिलाको मृत्यु

लहान । लहानमा च्याउसरी खोलिएका अस्पतालहरुको मनपरी अझै रोकिएको छैन । अनुमती नै नलिई खुलेका यहाँका अस्पतालहरुमा उपचार गराउन आएकाहरुको ज्यान नै जाने गर्दा...

स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए)...

न्यायपालिकामा सुधारका संकेत देखाउदै प्रधानन्यायधिश जबरा

काठमाडौं । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको कार्यभार सम्हालेको २ वर्ष पूरा हुनै लागेको छ । कार्यकाल दुई वर्ष हुनै...

ट्रेन्डिङ

रोड्रिग्वेज एभर्टनमा

लन्डन । स्पेनिस महारथी रियल म्याड्रिडमा ६ वर्षको बसाइ अन्त्य गर्दै कोलम्बियन स्टार मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएको छ । एभर्टनले...

कालिकोट कांग्रेस सभापति सहित ४० जनाको टोली बनभोजमा रमाउदै

कालिकोट । नेपाली काग्रेस खाँडाचक्र नगरपालिका वडासमिति ८ का सभापति सन्तोस मल्ल, सोही वडाका जनप्रतिनिधि कृष्णवहादुर...

उपचारका लागि अस्पताल दौडाउँदा दौडाउँदै वडाध्यक्षको बाटैमा मृत्यु

झापा । कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको...

बहुविवाह अपराध नमान्ने पक्षमा मत

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको युटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ ।...

बैतडीका लेकाली क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

बैतडी । लगातारको वर्षाको कारण बैतडीका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । बिहीबारदेखि मौसममा आएको परिवर्तनसँगै आज बिहान उच्च लेकाली क्षेत्रमा हिमपात...

बाह्रविसे नगरपालिकाले भन्यो- स्वाब संकलनमा सहयोग गर्नुहोस्

सिन्धुपाल्चोक । अस्पतालमा मृत्युपछि कोरोना पुष्टि भएका बाह्रविसे नगरपालिका–४ का ८४ वर्षीय खडगबहादुर बस्नेतको परिवारलाई स्वाब संकलन गरेर परीक्षणमा सहयोग गर्न बाह्रविसे नगरपालिकाले औपचारीक...

कृषि, जलविद्युत् र उद्योगमा लगानीको प्रतिबद्धता

काठमाडौं । ११ बुँदे संयुक्त घोषणपत्र जारी गर्दै रोल्पामा लगानी सम्मेलन सम्पन्न भएको छ । प्रतिनिधिसभामा रोल्पाबाट प्रतिनिधित्व गर्ने ऊर्जा, जलस्रोत तथा...

सप्तरीको सुरक्षा निकायमा पनि संक्रमणको दर बढ्दो

सप्तरी, राजविराज । कोरोना महामारी रोकथाम तथा नियन्त्रण, अपराध अनुसन्धान, नियमित शान्ति सुरक्षा व्यवस्थापन लगायतमा खटिएका सुरक्षाकर्मीमा संक्रमणको दर बढ्न थालेको छ ।
यो पनि पढ्नुहोस   शिक्षामा कोभिड प्रभाव र स्थानीय तह
नागरिकसँग प्रत्यक्ष...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

भारतीय विदेश सचिव मंसिर ११ गते नेपाल आउँदै

काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव हर्षवद्र्धन श्रृङ्गाला यही मङ्सिर ११ गते नेपालको द्विदिवसीय भ्रमणमा काठमाडौँ आउने भएका छन्...

२४ घण्टामा १६ जना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको...

थप १९८० जनामा कोरोना संक्रमण, निको हुने २ लाख नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा...

भर्खरै

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

अक्सफोर्डको काेराेना बिरूद्धकाे खोप ७० प्रतिशत सफल, एक वर्षमा ३ अर्ब डाेज उत्पादन गर्ने

लन्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा...

बलिउड मोडल भन्छिन् : लुगा फेर्न लाग्दा निर्माता कोठामा आए

मुम्बई । ‘बिग बोस’ ९ बाट चर्चामा आएकी मोडल मन्दना करीमीले हिन्दी चलचित्र कोका कोलामा काम गर्दा निर्माता महेन्द्र धारीवालले यौन दुव्र्यबहार गरेको आरोप...

यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

काठमाडौं । हिँउदको याममा काठमाडौंमा बदामको खपत निकै राम्रो हुन्छ । काठमाडौंको भित्री गल्लि गल्लिमा समेत डालो काँधमा राखेर ‘अ आयो झुरुम झुरुम बदाम...’...

धेरै पढिएका

एकै दिन ७ अर्बको सेयर कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब ७ अर्बको कारोबार भएको छ । सेयर बजार सूचकमा ज्यादै उतारचढाव नदेखिए पनि कारोबार...

जैविक विविधताको संरक्षण गर्न आवश्यक: मुख्यमन्त्री पोखरेल

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वनस्पति र जैविक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताएका छन् । पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्र...

जंगलको बाटोमा हिँडिरहेकी बालिकालाई बलात्कार गर्ने पक्राउ

काठमाडौं । १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चुरे गाउँपालिका–१ बस्ने २२ वर्षीय लाले घर्तीथापालाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा रहेको नाकखेलेढुंगा जंगलको...

कोरोना पोजेटिभको हल्लाले सलमान तनावमा

मुम्बई । अभिनेता सलमान खानले बिग बोसको सुटिङ केही क्षण रोकेर आफ्नो कोरोनाको नमुनाका लागि स्वाब परीक्षण गराएका छन् । केही मिडियोमा अभिनेता सलमानको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)