Thursday, November 19, 2020
Home बिचार नेपालमा वार्ता र सम्झौता

नेपालमा वार्ता र सम्झौता

नेपालको संविधान संशोधन गरेर नेपालको भारतद्वारा अतिक्रमित भूमि समेटर नयाँ नक्सा जारी गरेपछि सो भूमि आफ्नो भोगचलनमा ल्याउन एउटा गहन एवं सारभूत वार्ता भारतसँग गर्नुपर्ने भएको छ । गम्भीर प्रकृतिको विषयमा वार्ता गर्न बस्दा तयारी पूर्ण हुनुपर्दछ भने वार्ताकार अत्यन्त चनाखो, वाक्चार्तुय र सम्पूर्ण सूचनाले सिञ्चित हुनुपर्दछ । वार्ता मानव जीवन र राज्यको शासन प्रक्रियामा अभ्यास हुने सबैभन्दा चल्तीको क्रिया हो । हामी हाम्रो व्यक्तिगत जीवन तथा आफ्नो कार्यसम्पादनको सिलसिलामा वार्ता गर्दछांै ।

वार्ता भन्ना साथ यसले समस्या समाधान र अवसर उपयोगको शान्तिपूर्ण माध्यमलाई जनाउँछ । वार्ताको आवश्यकता मानव जीवन तथा संगठनात्मक जीवनको सञ्चालन तथा देश र जनताको सुरक्षा र प्रगतिसँग आबद्ध हुन्छ । वार्ता दैनिक जीवन सञ्चालन गर्न, जनताका आवश्यकता र माग पूरा गर्न, अवसर र घटनालाई शान्ति, विकास र सिर्जनामा रूपान्तरण गर्न, नीति कानुन तथा रणनीति विकास र कार्यान्वयन गर्न तथा विवाद समाधान, मत भिन्नता हटाउन र सम्झौतामा पुग्न, अत्यन्त महŒवपूर्ण मानिन्छ । यद्यपि, वार्ताबाट अपेक्षित परिणाम प्राप्त गर्न सहज, सरल र सोझो भने हुँदैन । वार्ता आफैंमा एक रणनीति भएकाले यसको उपयोग गर्ने व्यक्ति संगठन पनि रणनीतिक हुनुपर्दछ ।

वार्ता एक रणनीतिक कला हो । अर्थात्, विभिन्न पक्षबीच छलफल वा कुराकानीको माध्यमबाट खास सरोकारका विषयमा निर्णय वा सम्झौतामा पुग्नु वार्ता होे । दुई वा दुईभन्दा बढी व्यक्ति वा समूह वा संघ संगठन र राष्ट्रबीच वस्तु, सेवा तथा सुविधा आदानप्रदानको प्रक्रिया, दर र आधार निर्धारण गर्न, द्वन्द्व समाधान गर्न तथा नयाँ नीति, योजना निर्माण र कार्यान्वयनका लागि वार्ता गरिन्छ । वार्ता दुई वा दुईभन्दा धेरै व्यक्ति वा समूह समझदारीमा कायम गर्नेे वा विवाद निपटाउने वा कुनै मुद्दामा सम्झौतामा पुग्ने वा घटनाबाट हुने हानी वा अवसरबाट प्राप्त लाभ तथा स्रोतसाधन बाँडफाँड गर्ने एक प्रक्रिया हो । वार्ता, छलफल र मोलतोलबाट विवाद सल्टाउने वा विवाद समाधान गर्ने एक रणनीति हो ।

वार्ता सूचना, अधिकार र कला प्रयोगको खेल हो । वार्ता बाध्यता र आवश्यकताको उपज पनि हो । आफ्नो निर्धारित उद्देश्य हासिल गर्न सरोकारवालाबीच वार्ता गरिन्छ । वार्ता सधंै उद्देश्यपूर्ण हुन्छ । वार्ताको प्रमुख उद्देश्य मतभेद, अस्पष्टता, मुठभेड, हिंसा, युद्ध र तिरस्कारलाई रोकी शक्तिलाई सिर्जना, विकास, सद्भाव शान्ति र सशक्तीकरणमा परिवर्तन गर्नु तथा नवीन नीति योजनाको प्रारम्भ गर्नु हो । वार्ताको असफलताले सधंै अधोगतिलाई निम्त्याउँछ । वार्ता लिनेदिने प्रक्रिया भएकाले यस प्रक्रियालाई वार्ताको मुटु मानिन्छ । धेरै कारणले गर्दा सहयोगी, विपक्षी र प्रतिस्प्रर्धीसँग वार्ता गर्नुपर्ने हुन्छ । दुईपक्ष वा धेरै पक्षबीच कुनै विवाद उत्पन्न भएमा वा कुनै कार्य गर्नुपरेमा वा भइरहेको विवाद व्यवस्थापन गर्ने सिलसिलामा आवश्यक निर्णयमा पुग्नका लागि वार्ता गरिन्छ । वार्ताको स्रोतको रूपमा अनुभव, मिडिया र अनुसन्धानलाई लिने गरिन्छ ।

आवश्यकता, समस्या, विवादको गहनता र सरल वा पेचिला विषयवस्तुका विविध पक्षले वार्ताको सफलता र असफलता निर्धारण गर्दछ । वार्तामा यदि एकअर्काको समस्या र अवस्थालाई बुझ्ने, स्वीकार गर्ने हो भने वार्तावाट अधिकतम फाइदा लिन सकिन्छ । तर, दुवै पक्षले एकअर्काको समस्या र वाध्यतालाई नबुझ्ने, आफ्नै मात्र चाहना र इच्छालाई दोहो¥याइरहने हो भने वार्ता कहिल्यै सम्झौतामा पुग्न सक्दैन, बीचैमा अबरुद्ध हुन्छ र अर्थहीन बन्दछ । वार्ताका सबै पक्षले द्विपक्षीय एवं बहुपक्षीय सम्बन्धलाई सौहाद्र्रपूर्ण राखी आफ्नो तर्फबाट अधितम फाइदा लिन वकालत गर्ने गर्दछन् । वार्ताको सफलताले शक्ति प्रयोगलाई हतोत्साहित गर्छ, बन्द गर्छ र आपसी सद्भावको विकास गर्दछ तथा विकास र सिर्जनालाई समेत प्रोत्साहित गर्दछ ।

वार्ता र सम्झौताका असरहरू अकल्पनीय, विध्वंशक र दीर्घकालीन हुन सक्ने हुँदा राज्य वा सरकार वा प्रशासन वा व्यक्ति वार्ता र सम्झौता गर्दा अत्यन्त जिम्मेवार, कुशल र संवेदनशील हुनुपर्दछ

वार्ता विभिन्न पक्षबीच आपसी अठोट र कठोरतामा तत्काल देखिएको उदारताको परिणाम हो । वार्तालाई वाक्युद्ध भन्ने पनि गरिन्छ । यसमा दुवै पक्ष आफूले अधिकतम लाभ प्राप्त गर्न अन्तिम समयसम्म प्रयत्न गर्दछन् । सो नभएमा विरोध संघर्ष, घुर्की र धम्कीलाई जारी नै राख्छन् । ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो एकांकी सोच राख्ने हो भने वार्ता सफल हुन सक्दैन । दुवै पक्षलाई कमभन्दा कम हानि हुने वा दुवैका स्वार्थमा थोरै भिन्नता ल्याई सम्झौतामा पुग्ने सहमति कायम गर्न वार्ता गरिएको हुन्छ । वार्ता सधंै सहज, सुचारु रूपले सम्पन्न हुँदैन । वार्तालाई राष्ट्रिय अन्तर्र्राष्ट्रिय सर्मथन, विरोध र दबाबले पनि ठूलो असर पार्दछ । त्यसकारण वार्ता शक्ति, परिस्थिति र वस्तुस्थितिको उपज हो ।

विश्वको बदलिँदो वातावरण तथा विश्वव्यापीकरणले समस्या तथा विवादको प्रकृतिमा व्यापक परिवर्तन ल्याएको भए पनि वार्ता, वार्ता गर्ने सीप, प्रविधि, कला सिद्धान्त र कूटनीतिक चाल, शैली तथा सम्झौताको आवश्यकता र महŒवमा कुनै परिवर्तन आएको छैन । हरेक समस्या, विवाद वा भनावैरीको समाधान युद्ध हुन सक्दैन । हरेक युद्धको समाधान वार्ताबाट प्राप्त हुन्छ । वार्ता मनोमालिन्य, द्वेष, युद्ध, र विवादलाई निष्क्रिय बनाउने, सहयोगात्मक भाव र सिर्जनालाई विकास गर्ने एक कला हो ।

दुई वा दुईभन्दा धेरै पक्षबीचको आवश्यकता र अपेक्षाको सम्बन्धमा देखिने विवाद मत्थर पार्न गरिने वार्तामा शक्ति र अधिकार, सूचनाको उपयोग र सञ्चारको प्रयोग हुन्छ । वार्ता मूलतः ‘यदि तिमी वार्तामा धेरै अपेक्षा गर्दैनांै भने धेरै पनि पाउँदैनौं’ भन्ने सिद्धान्तमा आधारित हन्छ । समस्याको गाम्भीर्य बढी र विषय अन्तरनिर्भर छ भने वार्तामा दुवै पक्ष लक्ष्य प्राप्त गर्न तल्लीन हुन्छन् । विषय अन्तरनिर्भर भएको अवस्थामा समस्या समाधानका लागि दुवै पक्ष उत्तम विकल्प खोज्न पनि साथसाथै काम गर्न बाटना रणनीतिको प्रयोग गर्दछन् । जब विषयवस्तु अन्तरनिर्भर हुन्छ वा बन्दै जान्छ, तब द्वन्द्वरत पक्ष आपसी तालमेल गर्न अर्को पक्षलाई राजी गर्ने वा आफ्नो पक्षमा ल्याउने प्रयत्न गर्दछन् । वास्तवमा निगोसिएसन प्राप्त गर्न चाहेको मूल्य र वार्ताको दौरान सिर्जना भएको मूल्यको योग हो । मूल्य सिर्जनाले वार्तालाई निष्र्कषतर्फ उन्मुख गराउँछ ।

नेपालका ऐतिहासिक घटना शृंखलाहरूलाई मनन गर्दा नेपाल र भोट (तिब्बत, चीन), इस्ट इन्डिया कम्पनीसँगका युद्धपछि विभिन्न वार्ता र सम्झौताहरू सम्पन्न भएका छन् । ती वार्ता र सम्झौताहरू सुगौली सन्धि, थापाथली सन्धिजस्ता नामले प्रसिद्ध छन् । प्राकृतिक स्रोतको बाँडफाँडको सन्दर्भमा भएका शारदा, कोसी, गण्डकी र टनकपुर सम्बन्धमा नेपाल र भारतबीच वार्ता एवं सम्झौता सम्पन्न भएका छन् । सीमा वार्ता र सम्झौता भएका छन् । छिमेकी एवं मित्र राष्ट्रसँग व्यापार तथा पारवहन सम्झौता गरिएका छन् र गर्नुपर्ने हुन्छ । त्यस्तै, प्राकृतिक स्रोतसाधनको बाँडफाँड र उपयोगको सम्बन्धमा छिमेकी मुलुकसँग वार्ता र सम्झौता पनि हुने गरेका छन् । नेपालमा प्रजातन्त्रको प्रार्दुभाव सँगसँगै बाह्य मुलुकसँग दौत्य सम्बन्धमा भएको विस्तार र योजनाबद्ध विकासको थालनीपछि नेपालको आर्थिक विकास प्रयासमा सहयोग गर्न विभिन्न विदेशी राष्ट्र तथा वहुपक्षीय संघसंस्था अग्रसर भए । नेपाल सरकार र दाताबीच विभिन्न चरणमा विकास कार्यक्रम र परियोजना सञ्चालन गर्न वैदेशिक सहयोग प्राप्त गर्ने सन्र्दभमा सहयोगको उद्देश्य, रकम र सहयोगका सर्तहरू सम्बन्धमा वार्ता र सम्झौता गरिएको छ र गरिरहनुपर्ने हुन्छ ।

वार्ता मानव जीवनको अभिन्न पक्ष भएझंै सरकार र प्रशासनको पनि कर्तव्य र अहं जिम्म्ेवारी हो । देशको शासन सञ्चालन, नियन्त्रण र निर्देशन गर्ने सिलसिलामा सरकार र प्रशासनले वार्ता छलफल गरिरहनुपर्दछ । वार्ता सफलतापूर्वक सञ्चालन गरी सम्झौतामा पुग्न वार्ताकारको क्षमतामा धेरै हदसम्म निर्भर गर्दछ । देशको हित र जनताको आशा अनुकूल वार्ता र सम्झौता गर्न सकिएन भने त्यसले देशमा विरोध, विनाश, वैमनष्यता तथा राजनीतिक, आर्थिक र सामाजिक रूपमा अशान्ति र अस्थिरता ल्याउँछ । जनतालाई परिवर्तनतर्फ उन्मुख र आन्दोलित गराउन सक्छ । टनकपुर सम्झौताको विवाद संसद्सम्म पुगेको हामीले अनुभव गरेका छांै ।

वार्ता व्यवस्थापन र प्रशासनको महŒवपूर्ण कार्य हो । सरकार वा प्रशासन जसले वार्ताको नेतृत्व गर्ने भए पनि वार्ताको तयारी, एजेन्डा, रणनीति तथा चतु¥याइँको निर्धारण प्रशासनले गर्ने गर्दछ र गर्नु पनि पर्दछ । यसकारण उत्तरदायी सरकारका लागि जिम्मेवार र सक्षम प्रशासनको आवश्यकता पर्दछ । नेपालको सार्वजनिक प्रशासनमा वार्ताले महŒव पाएको देखिँदैन । प्रशासन व्यवस्थामा वार्तामा संलग्न हुने टोली वा व्यक्तिलाई पर्याप्त अधिकार र सूचनाको कमी हुने गरेको देखिन्छ ।

वार्तामा समय कुनै सीमा हँुदैन । धेरै चरण र अवस्था भएर वार्ताको टुंगोमा पुग्ने गरिन्छ । वार्तामा वार्ताकार उचित समयमा सूचना र अधिकार वार्ता सीप कला प्रयोग गर्न सक्षम हुनुपर्छ । वार्ताको क्रममा विकसित हुने वातावरण बुझ्न र त्यसको व्यवस्थापन गर्न वार्ताकार चतुर र सक्षम हुनुपर्दछ । साथै, वार्ताको क्रममा क्रमशः माथिल्लो तह वा निकाय तथा जनताको समर्थन पनि प्राप्त गर्नुपर्दछ । जसले वार्तालाई सफल बनाउनुको साथसाथै सम्झौता कार्यान्वयनलाई पनि सहज बनाउँछ । वार्ता गर्दा वार्ताकारलाई तल्कालीन अवस्थाअनुसार निर्णय गर्न सक्ने अधिकार प्रदान गर्नुपर्दछ । वार्ताको उद्देश्य, शैली, स्तर, चरणगत रूपमा आवश्यकताअनुसार एउटै वा फरक–फरक हुन सक्छ । सरकारले गर्ने वार्ता र सम्झौताका लागि सबै प्रकारका आधारभूत कुराहरू प्रशासन संयन्त्रले निर्माण गर्दछ ।

वार्ता र सम्झौताको परिणाम मूलतः प्रशासनयन्त्रको खुबी, लगनशीलता र तत्कालीक वातावरणमा निर्भर गर्दछ । प्रशासन व्यवस्थामा विभिन्न तहका कर्मचारीहरूले पनि कामको सन्र्दभमा वार्ता र सम्झौता गर्ने गर्दछन् । तसर्थ, निजामती कर्मचारीले गर्ने वार्ता र सम्झौता एवं त्यसको प्रभावलाई उसको कार्यक्षमताको मूल्यांकनसँग आबद्ध गर्नुपर्दछ । राजनीतिक नेतृत्व र सरकारी कर्मचारीलाई वार्ता र सम्झौताका सम्बन्धमा ज्ञान र तालिम दिनुपर्दछ । राष्ट्रलाई चोट पुग्ने, हानि गर्ने खालका ठूला वार्ता र सम्झौता गर्न संविधानले नै निषेध गरेको भए पनि दैनिक प्रशासनका वार्ता र सम्झौताले राष्ट्रिय ढुकुटीमा भार थप्नेगरी सम्झौता गर्न पनि हँुदैन । यसकारण, वार्ता र सम्झौताका असरहरू अकल्पनीय, विध्वंशक र दीर्घकालीन हुन सक्ने हुँदा राज्य वा सरकार वा प्रशासन वा व्यक्ति वार्ता र सम्झौता गर्दा अत्यन्त जिम्मेवार, कुशल र संवेदनशील हुनुपर्दछ ।

(Visited 160 times, 1 visits today)
Loading comments...

आजको समाचार

काभ्रेमा ढुङ्गा उत्खनन गर्न रोक, अनुगमनपछि मात्रै अनुमति

पहाड तथा खोलाबाट ढुङ्गा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै...

‘रोक, हेर र जाउँ’ अभियानः कडाई गर्दै ट्राफिक प्रहरी

काठमाडौं । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ...

झुटा आरोपहरु सहन्न : प्रम ओली

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल...

देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको...

भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा ५८५ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको...

साताका लोकप्रिय समाचार

सर्वाधिक २२ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो रमपम पुर्वेली म्युजिक अवार्ड

इटहरी ।  पुर्वेली लोक गीत संगित प्रति समर्पित मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको (रमपम पूर्वेली म्युजिक अवार्ड २०२० शुक्रबार सम्पन्न भएको छ । ईटहरीस्थित...

युवा नेता महराको भीरबाट लडेर मृत्यु

बैतडी । बैतडीका नेकपा युवानेता अरुण महराको भीरबाट लडेर मत्यू भएको छ । अनेरास्वबियुका पुर्वजिल्ला उपाध्यक्ष तथा जगन्नाथ बहुमुखी क्याम्पसका पुर्व स्वबियु सभापतिसमेत रहेका...

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

जलेश्वर । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

उर्मिलाको ताजा जवानी

काठमाडौं । लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको 'जवानी ताजा ताजा छ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको...

एक वर्षपछिको अन्तर्राष्ट्रिय खेल

काठमाडौं । कोरोना महामारी नभएको भए गत जुनमा नेपालले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेल खेल्ने थियो ।...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट बारामा २ पुरुषको मृत्यु, ४० जना थपिए

वीरगन्ज । वीरगन्जको अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेका बाराका २ संक्रमितको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि वीरगन्जको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका...

एन्फाविरुद्ध अदालतमा अवहेलना मुद्दा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ । अधिवक्ता सुजित केसीले सोमबार एन्फासहित अध्यक्ष...

आजदेखि सेयर बजार खुल्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रभावका कारण बन्द रहेको सेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत...

१ सय १ वर्षीया वृद्धाले बाँडे विपन्न तथा दलितलाई खाद्यान्न

सप्तरी, राजविराज । लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दलितलाई एक वृद्धाले वुधवार राजविराजमा राहत वितरण गरेको छ...

एम्बाप्पेले पीएसजी छोड्ने

पेरिस । विश्व विजेता फ्रान्स तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार फरवार्ड केलियन एम्बाप्पेले यो सिजन सकिएलगत्तै क्लब छाड्ने घोषणा गरेका...

सहयात्रा लघुवित्तको तालिम सम्पन्न

काठमाडौं । मकवानपुरको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीयले प्रदेश नम्बर ४, ५ र ६ का ३६ जना सहायकस्तरका...

गुल्मीका शिक्षकमा कोरोना देखिएपछि अस्पताल सिल

रुपन्देही । उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १...

ललितानिवासमा बनेका भवन तत्काल नभत्कने

काठमाडौं । बालुवाटारको ललिता निवासमा रहेको सरकारी जग्गामा बनेको घर तत्काल नभत्कने भएको छ । अख्तियार दुरुपयोग...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको...

फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने !

लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावना बढेको छ । युरोपेली तथा अमेरिकी नियामक...

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

वाग्मती । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को...

नेकपा कुनै हालतमा फुट्दैनः मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने बताउनुभएको छ...

भर्खरै

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार...

भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा ५८५ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको...

तोलामा ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ...

हुम्लाका शैक्षिक संस्था पुनः बन्द, जिल्ला प्रवेशमा रोक

सिमकोट । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा...

धेरै पढिएका

नेपालमा कोरोना संक्रमित २४ घण्टामा ५ सय २ जनामा सीमित

काठमाडौं । विगत २४ घन्टामा ५०२ संक्रमित थपिएका छन् । ३ हजार १ सय १२ जनाको पीसीआर टेस्ट गर्दा २ सय ४ जना महिला...

काठमाडौं प्रशासनको बन्द सेवा ३ मंसिरबाट खुल्दै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ । काठमाडौं प्रशासनले कोरोना संक्रमणको...

एक वर्षपछिको अन्तर्राष्ट्रिय खेल

काठमाडौं । कोरोना महामारी नभएको भए गत जुनमा नेपालले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेल खेल्ने थियो ।...

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)