धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा पुजापाठ गरेर हरिपुर्वा–३ धनकौलस्थित रहेको महरानी स्थान मन्दिरको प्रांगनमा स्थानीय ७० वर्षिय वृद्ध महिन्द्र रायले छातीमा जमरा उमार्न कलशसहित निर्जल उपवासमा बस्नुभएको छ ।

केही खायो भने दिशा पिसाब लाग्छ, कण्ठ भिजाउने मात्र गरिन्छ, कण्ठ नसुकोस भनेर प्रत्येक दिन कपासले दुई तीन बुन्द दुधले कण्ठ भिजाउने गरिन्छ’

मन्दिर प्रांगनमा राय आफु सुतेर छाती माथी कलश राखेर जमरा उमारेका छन् । छातीमा जमरा उमार्न मन्दिर परिसरमा सुतेका रायलाई हेर्न गाउँलेहरुको भिडनै लाग्ने गरेको छ । उनले पहिलो चोटी छातीमा जमरा उमारेका हुन । छातीमा जमरा राख्नकै निम्ति १० दिनदेखि केही नखाई ब्रत बसेका रायले घटस्थापनादेखि नै निराहार ब्रत बसेको हरिपुर्वा नगरपालिकाका मेयर सियाराम रायले जानकारी दिए ।

‘रायले नौँ दिनसम्म केही नखाने बताए, केही खायो भने दिशा पिसाब लाग्छ’,– उनले भने, ‘कण्ठ भिजाउने मात्र गरिन्छ, कण्ठ नसुकोस भनेर प्रत्येक दिन कपासले दुई तीन बुन्द दुधले कण्ठ भिजाउने गरिन्छ । ’धनकौलको महरानी स्थानको मन्दिरमा घटस्थापनादेखि नै नवाह यज्ञ पनि भइरहेको छ । दशैंको समाप्तिपछि यज्ञको पनि समापन गरिने र रायले ब्रत पनि तोडिने स्थानीयले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित