Wednesday, November 18, 2020
Home बिचार नेपालमा क्लिनफिड नै किन ?

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा तोकेर ल्याएको साथै विज्ञापन व्यावसायि र टेलिभिजन व्यावसायिहरुले समेत सफल कार्यान्वनमा सहयोग गरेको देखिन्छ साथै पछिल्लो समय मिडिया कभरेज समेत राम्रो पाएको कारण अहिले यो चर्चाको विषय वनेको देखिन्छ ।

के हो क्लिनफिड के होइन
सामान्य मानिसले बुझ्न सक्ने भाषामा भन्दा हामिले दैनिक रुपमा टेलिभिजन हेर्दा देखिने विज्ञापन समावेश नभई टेलिभिजन कार्यक्रम मात्र आउनुलाई क्लनिफिड भनिन्छ ।अर्थात विदेशी टेलिभिजनले विज्ञापन नवजाई कार्यक्रम मात्रै संचालन गर्नुलाई बुझिन्छ ।नेपालमा हाल प्रसारित विदेशी टेलिभिजन च्यानलहरुले ग्राहकबाट टेलिभिजन हेरेवापत रकम पनि असुल्ने अनि विज्ञापन पनि समावेश गर्ने गरेको अवस्था थियो भने अव कार्तिक ७ उप्रान्त विदेशी टेलिभिजन च्यानलहरुले कार्यक्रम वाहेक कुनै पनि प्रकारको विज्ञापन,लोगो,प्रोमो वा प्रमोशनहरु प्रसारण गर्न पाउने छैनन ।विज्ञापन (नियमन गर्ने) ऐन,२०७६ को दफा ६ को उपदफा (१) मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ ।

विदेशी च्यानल सम्बन्धमा साविक व्यवस्था
साविकमा नेपाल सरकारले नै २०७५ साउन १ गतेबाट लागुहुने गरी राजपत्रमा नै सूचना प्रकाशित गरी नेपालमा डाउनलिंक हुने विदेशी टेलिभिजन च्यानलहरुलाई ४ किसिमले वर्गीकरण अनुमतिपत्र प्रदान गर्दै आएको थियो ।जसमा विज्ञापन समावेश नभएका च्यानलहरु डाउनलिंक गरी प्रसारण गर्न प्रति च्यानल एक लाख रुपैया,विज्ञापन समावेश भएका निशुल्क च्यालनको हकमा प्रति च्यानल ५ लाख,विज्ञापन समावेश भएका सशुल्क च्यानलको हकमा प्रति च्यानल ३ लाख रुपैया र विज्ञापन समावेश भएका सशुल्क च्यानलको हकमा प्रति च्यानल ७ लाख साथै नेपालमा डाउनलिंक गर्ने यन्त्र उपकरण आयात र विक्रि वितरण गर्नेको हकमा विक्रि वितरणको लाइसेन्स लिने भने पचास हजार रुपैया र विदेशी च्यानलहरुको नेपालमा आधिकारिक विक्रेता भई आफुले डाउनलिंक गरेका च्यानलहरु MSO र डिजिटल केवलहरुलाई वितरण गर्नेको हकमा प्रति च्यानल पचास हजार रुपैया दाखिल गरी अनुमतिपत्र लिनुपर्ने यसरी लिएको अनुमतिपत्र हरेक वर्ष नवीकरण गर्नुप्रर्ने र नवीकरणको हकमा अनुमतिपत्र जारी दस्तुरको १० प्रतिशत शुल्क लाग्ने व्यवस्था रहेको छ ।

क्लिनफिडको आवश्यकता किन त
नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले दोहोरो रकम असुलीरहेको अवस्था विदितै थियो ।एकातिर नेपालस्थित विदेशी टेलिभिजनका आधिकारिक विक्रेता र सम्पर्क व्यक्ति तथा संस्थाहरुले MSO र डिजिटल केवलहरुवाट टेलिभिजन प्रसारण गरेवापत मोटो रकम असुल्ने साथै हरेक वर्ष टेलिभिजन प्रसारणको शुल्क वढाउदै लैजाने र नेपालबाट करोडौ रकम विदेश लैजाने गरेका थिए भने अर्कोतिर उनीहरुले आफ्ना च्यानलमा विदेशी विज्ञापन वजाउदै आएका थिए ।यसरी नेपाली माटोमा टेलिभिजन प्रसारण गर्ने अनि ग्राहकबाट रकम पनि असुल गर्ने तर नेपाली भेषभुषा र संस्कृतिलाई संरक्षण त परको कुरा अवमुल्यन गर्दै विदेशी संस्कृति र परम्परा भित्राउदै नेपाली संस्कृति मास्न जातजाति र भाषाभाषिको साम्प्रदायिक एकतामा समेत खलल पुर्याउने कार्य गर्दै आएका थिए ।

नेपालमा प्रसारणको अनुमति लिएका विदेशी टेलिभिजनहरुले अव उप्रान्त डविङ गरेर समेत विज्ञापन समावेश गर्न पाउने छैनन ।यसले नेपालको विज्ञापन वजारलाई विस्तार गर्न मदत पुर्याउने निश्चित छ । विदेशी विज्ञापनहरु एजेन्सीहरु नेपालमा नै विज्ञापन खिच्न आउनुपर्ने,नेपाली कलाकार र मोडले स्थान पाउने,नेपाली उत्पादनहरु व्राण्डिङ गर्न मदत पुग्ने देखिन्छ ।विज्ञापन व्यवयासिहरुका अनुसार हाल नेपालमा २२ अर्वको विज्ञापन वजार रहेकोमा क्लिन फिड पश्चात सो करिव १० अर्व वढेर ३२ अर्व पुग्न सक्छ ।क्लिनफिड पश्चात नेपाली टेलिभिजन च्यानलहरुले प्रसारण गरीरहेका कार्यक्रमहरुले विज्ञापन पाउने हुदा टेलिभिजनहरुको आम्दानी बढ्ने पत्रकार र कर्मचारीले न्युनतम पारिश्रमिक पाउने साथै गुणस्तरिय टेलिभिजन कार्यक्रमहरु निर्माण र प्रसारण हुने देखिन्छ ।

भेदभावपुर्ण टेलिभिजन वर्गीकरण
वर्तमान राष्ट्रिय प्रसारण ऐन २०४९ र नियमावलीले स्वदेशी र विदेशी गरी टेलिभिजनहरु च्यानलहरुलाई विभेद गर्दै सो विभेदपुर्ण भेदभावका आधारमा नै सेवा सुविधा प्रदान गर्दै आएको छ । ऐनले विदेशी च्यानलहरुले नेपालमा डाउनलिंक गर्नुपर्ने भनी स्पष्ट व्यवस्था गरेको भए पनि आधिकारिक रुपमा नेपालमा विक्रेता राखी सिग्नल वितरण गर्नपर्ने नपर्ने सम्बन्धमा केही नवोलेको हुदा केही च्यानलहरु सिग्नल वितरकको लाइसेन्स लिएर संचालन भएका छन जसले कर रोयल्टी सवै तिर्छन भने केही च्यानलहरु सिधै भारतवाट संचालित भएको र आफ्नै भारतिय प्रान्त जस्तो सुविधामा संचालित छन ।

क्लिनफिड र विज्ञापन वोर्ड
क्लिनफिड कार्यान्वयन प्रभावकारी बनाउन र नेपालमा एकद्वार प्रणालीबाट विज्ञापन वितरण गर्ने अवधारणा स्वरुप विज्ञापन वोर्डको गठन गर्न लागिएको देखिन्छ । विज्ञापन नियमन गर्ने ऐन,२०७६ को परिच्छेद ३ को दफा १४ मा नेपालमा विज्ञापन नियमनको लागि एक विज्ञापन वोर्ड गठन गरिने उल्लेख गरिएको छ ।सोहि ऐनको दफा १५ मा विज्ञापन वोर्डको काम उल्लेख गरिएको छ । विज्ञापन सम्बन्धि राष्ट्रिय निति तय गरी मन्त्रालयमा सिफारिस गर्ने,प्रसारण हुने विज्ञापनहरुको मापदण्ड परिक्षण गर्ने,विज्ञापन सम्बन्धमा आचारसंहिता तया गर्ने,प्रचलित कानुन विपरितका विज्ञापनहरु प्रसारण गर्न रोक लगाउने र विदेशी च्यानलहरूबाट प्रसारण हुने विज्ञापनहरू मापदण्ड विपरीत प्रसारण भएमा त्यसको अनुगमन गरी कारबाहीको लागि मन्त्रालयमा सिफारिस गर्ने लगायतका रहेका छन ।

संघिय सरकारका विभिन्न मन्त्रालय र निकायहरुले आफुखुसी वितरण गर्दै विज्ञापनहरु अव विज्ञापन वोर्ड मार्फत मात्रै वितरण गर्ने। अव वोर्ड गठन पश्चात सवै संघिय सरकार अन्तर्गतका निकायहरुले विज्ञापनहरु विज्ञापन वोर्डलाई दिन पर्ने र सो विज्ञापनलाई वोर्डले एकद्वार प्रणाली मार्फत वितरण गरी विज्ञापन प्रकाशन तथा प्रसारण गरे वापत रकम भुक्तानी दिने गर्छ ।

क्लिनफिडमा व्यावसायिको फरक माग
पछिल्लो समय व्यावसायीहरुले क्लिनफिड आमसंचार माध्यममा मात्रै सरकार केन्द्रित भएको तर दूरसंचार माध्ययमा ध्यान नदिएको भन्दै आमसंचारका साथसाथै दूरसंचारका माध्यमबाट प्रसारण हुने सामाग्रीहरु समेत क्लिनफिडमा संचालन हुनुपर्ने माग गरेका छन ।

क्लिनफिड कार्यान्वयन हुनपर्छ भनेर लगभग सबै सहमत भए पनि पछिल्लो समय टेलिभिजन र केबल व्यवसायीहरुले केही समसमायिक मागहरु राखेका समाचारहरु वाहिर आएका छन ।नेपाल सरकारले ऐन तयार गर्दा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनहरु क्लिनफिडमा संचालन हुनुपर्छ भनेर उल्लेख गरेको तर नेपालमा OTT (Overt the Top) अर्थात मोवाइल एप्स जस्तै नेपाल टेलिकमको Waotime, prabhu, nettv लगायतबाट प्रसारण हुने त्यही च्यानलमा विज्ञापन समावेश हुने तर केबुल र डिश मिडिया वा स्याटेलाइवाट प्रसारण हुने टेलिभिजनहरुमा चाहि क्लिनफिड हुदा व्यावसायिहरुमा मर्का पर्न जाने देखिन्छ ।

यसका साथै अनलाइन टेलिभिजन र वेभसाइटहरुबाट स्ट्रीम हुने टेलिभिजनहरु र कार्यक्रम साथै युट्युवमा चाहि क्लिनफिड सम्बन्धमा सरकारले ध्यान नदिने तर खालि केबुल र डिश मिडियालाई मात्रै फोकस गर्ने गरेको अवस्था देखियो भनी व्यवसायिहरुले सरकारलाई ध्यानाकर्षण गराइसकेको देखिन्छ ।एकहदसम्म व्यावसायिहरुको यो माग सहि पनि देखिन्छ ।

क्लिनफिडका समस्याहरु
पछिल्लो समय नेपालमा क्लिनफिड कार्यान्वनमा आए दक्षिण एशियामा नै पहिलो हुने भनेर समेत प्रचारवाजि गरिएको अवस्थामा नेपालले पनि साविकमा वंगालादेशले क्लिनफिड कार्यान्वयन गरी पछि पछाडि हट्न वाध्य भएको उदाहरणलाई विर्सन हुदैन ।कुनै देश विसेषको कला र संस्कृतिले अतिक्रमण गर्यो भनेर मात्रै राष्ट्रियतामा वहेर राष्ट्रवाद उलारेर मात्रै क्लिनफिड सफल हुदैन ।क्लिनफिड कार्यान्वनमा भएमा हाल हेरीरहेका भन्दा विदेशी च्यानलहरु कम्तिमा ६० प्रतिशत कम आउने साथै हालको भन्दा च्यानलको मुल्यवृद्वि अस्वभाविक रुपमा वढ्ने हुदा नेपालीहरुले धान्न सक्छन कि सक्दैनन र अर्को कुरा क्लिनफिड कार्यान्वयन गर्न सक्ने जनशक्ति र स्रोत साधनको अवस्था के कस्तो छ सो पनि विचार गर्नुपर्ने देखिन्छ ।यसरी च्यानलको अस्वभाविक मुल्य बढ्ने साथै आमसंचार माध्यममा मात्रै क्लिनफिड हुने व्यवस्था गर्दा यसले दूरसंचार माध्यम इन्टरनेट र ओटिटिमार्फत रकम विदेशीने जुन हुण्डी र दराज जस्ता अनलाईनले सहयोग गर्ने दखिन्छ ।सरकारले वेलैमा यसतर्फ ध्यान दिनु जरुरी छ ।
कौसिक संचार तथा सूचना प्रविधि मन्त्रालयका हुन् ।

(Visited 258 times, 1 visits today)
Loading comments...

आजको समाचार

चित्रगुप्तको हातमा राखिएको कलम ८५ हजारमा लिलामी

राजविराज । चित्रगुप्त भगवानको हातमा राखिएको कलम ८५ हजार ५ सय ५५ रुँपैयामा लिलामी भएको छ । उक्त कलम यसपल्ट राजविराज–८ की रश्मि दत्तले...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

बारामा २० केजी अवैध गाँजा बरामद

बारा । बारामा २० केजी अवैध गाँजा बरामद भएको छ । सिम्रौनगढ नगरपालिाका वडा नम्वर १ स्थित मसानघाट निर बुधबार बिहानको समयमा सो गाँजा...

दाङका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका...

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

जलेश्वर । पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा...

साताका लोकप्रिय समाचार

बंगलदेशसँग पाँच वर्षपछि हार

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग हार बेहोरेको छ । नेपाली टोली बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको हो...

एक वर्षपछिको अन्तर्राष्ट्रिय खेल

काठमाडौं । कोरोना महामारी नभएको भए गत जुनमा नेपालले कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेल खेल्ने थियो ।...

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । भाइटीकाको...

शनिबार थप १९४६ मा संक्रमण पुष्टि, १३ को मृत्यु

काठमाडौँ । शनिबार नेपाल थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न ल्याबमा गरिएको ८ हजार ७५३...

अनियन्त्रित कार नालामा खस्दा एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाममा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मा बा २० प ६८३१ नम्बरको कार...

ट्रेन्डिङ

गोप्य सूचना प्रवाह गरेको आरोपमा १० वर्ष जेल

बेइजिङ । एउटा चिनियाँ अदालतले पुस्तक विक्रेता रहेका स्वीडेनका नागरिक गुवे मिनहाइलाई ‘विदेशीलाई गैर कानुनी रूपमा गोप्यसूचना प्रवाह’ गरेको भन्दै दश वर्षको...

माक्सवाद नबुझ्नेहरु कम्युनिष्टको विरोध गर्छन् : प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले...

भारतबाट फर्किएका सुर्खेतका युवकको मृत्यु

सुर्खेत । भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल...

खोलामा डुबेर सर्लाहीमा एक वृद्धको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा लखनदेही खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं. ३ मोहनपुर बस्ने...

संविधान संशोधनको पक्षमा राजपाले मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । शनिबार बसेको राजपा नेपाल संसदीय...

स्कुटर दुर्घटनामा युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर घर भई हाल पोखरा रानीपौवा बस्दै आएका...

गीतबाटै स्वास्थ्य सञ्चारकर्मीलाई सलाम

काठमाडौं । गायक राज सागर र गायिका जीना रसाइलीले कोरोना संक्रमण र लकडाउनमा मैदानमा खट्ने विभिन्न पेसाकर्मीलाई गीतबाटै सलाम गरेका छन् । यी गायक...

प्रवासी नेपालीद्वारा रु पाँच लाख सहयोग

तनहुँ । करेन्ट लागेर घाइते हुनुभएका तनहुँको भिमाद नगरपालिका–३ बगुवाका २८ वर्षीय शिव थापामगरको उपचारका लागि तनहुँ समाज युकेले रु पाँच लाखभन्दा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...

भोजपुरमा कोरोनाबाट पहिलो पटक युवतीको मृत्यु

भोजपुर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । शीर्ष नेताबीच उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । यसअघि...

दाङका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका...

भर्खरै

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ...

भोजपुरमा कोरोनाबाट पहिलो पटक युवतीको मृत्यु

भोजपुर । कोरोना संक्रमणबाट भोजपुरमा पहिलो पटक एक युवतीको मृत्यु भएको छ । संक्रमणबाट षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको...

धेरै पढिएका

युवतीलाई विदेश पठाउने आश्वासन दिएर होटलमा बन्धक बनाएपछि…

पोखरा । बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई प्रलोभनमा पार्ने तीन...

१९१३ जना कोरोना संक्रमित थपिए, २३४९ जना संक्रमणमुक्त

काठमाडौँ । देशभरमा आज १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नै २ हजार ३४९ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा...

उर्मिलाको ताजा जवानी

काठमाडौं । लोकप्रिय गायक यम बराल र गायिका उर्मिला लाम्गादेको युगल गायनमा रहेको 'जवानी ताजा ताजा छ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको...

माइकलको निर्देशनमा सरोज–आश्माको छमछमी

काठमाडौं । प्रताप दास र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘आऊ माया साथैमा...’को भिडियो रिलिज भएको छ । डान्सिङ शैलीमा तयार भएको यो गीतमा गंगा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)