बढी भाडा लिने सवारीसाधन कार्वाहीमा

तनहु । पृथ्वीराजमार्ग अन्तरगत चल्ने विभिन्न सवारीसाधनहरुले मनोमानी ढंगबाट यात्रुसंग चर्को भाडा लिने गरेको गुनासो आएपछी त्यस्ता सवारीसाधन माथी कार्वाही सुरू गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलको विशेष टोलि पृथ्वी राजमार्ग अन्तरगतको माथिल्लो गुणादी भन्नेस्थानमा चेकजाँच गर्ने क्रममा ७ सवारीसाधन कार्वाहीमा परेका छन्। कार्वाहीमा पर्नेहरुमा लामो दुरीका पर्यकटक बोक्ने गाडीहरु रहेका छन्।

यस्तै मिनीबस,माईक्रो बस,कार,जिप,ट्याक्सीहरुले अत्यधिक मनोमानी दंगले यात्रुहरुसग भाडा लिन थाले पछि उक्त सवारीसाधन चालकहरुलाई कार्वाही गर्न नियन्त्रणमा लिएकाे प्रहरी प्रमुख पौडेलले बताए । टुरिष्ट बसमा सवार केही सवारीसाधनहरुले ७ सय रुपैयाँ लाग्नेमा ११ सय लिँदा यात्रु मारमा परेको बताउदै तेस्ता केही मनोमानी ढंगले चलेका सवारीसाधनहरुलाई नियन्त्रणमा लिई जरिवाना सहित कार्वाही गरेका उनले जानकारी दिए ।

कोरोना संक्रकण बढेसगै प्रहरीले सवारी चालक मापदण्ड अनुसार भए, नभएको ,सरकारले तोके अनुरुप भाडा लिए नलिएको चेकजाँच सुरू गरेकाे छ । यात्रु र चालकले माक्स ,सेनिटाइजर लगाएको, नलगाएको अनुगमन र निरीक्षण गरिएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ , पृथ्वीराजमार्ग बस संचाल समिति र जिल्ला ट्राफिक प्रहरीका प्रहरी प्रमुख रेशमबहादुर रानाभाटको उपस्थितिमा सवारीसाधन र यात्रुहरूको निरीक्षण तथा अनुगमन गरिएको थियोे ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघनमा सत्तापक्ष अगाडि